सुर्खेत । माया नर्सिङ्ग होममा कार्यरत स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएपछि एक सातासम्मका लागि सबै सेवा बन्द गरिएको छ । माया नर्सिङ्ग होमले एक साताका लागि आकस्मिक सेवा बाहेक नर्सिङ्ग होमका सबै सेवा बन्द गरेको हो ।
कर्मचारीमा कोरोना संक्रमण देखिएको र सेवाग्राहीलाई कोरोना संक्रमणबाट बचाउनका लागि एक साताका लागि आकस्मिक बाहेकका अन्य सेवा बन्द गरिएको माया नर्सिङ्ग होमका प्रबन्ध निर्देशक डम्बर खड्काले बताए । ‘नर्सिङ्ग होममा कार्यरत स्वास्थ्यकर्मीमा कोरोना पुष्टी भएपछि उच्च सतर्कता अपनाउनका लागि १ साताकालागि नर्सिङ्ग होम बन्द गरिएको छ ।’ उनले भने,‘एक साता सेवा बन्द भएपनि अर्को साताबाट नियमित संचालनमा आउनेछ ।’