सुर्खेत । कर्णाली प्रदेशमा शनिबार थप ५१ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेश अस्पताल÷पशुपंन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र दैलेख अस्पताल दैलेखमा गरिएको परीक्षणमा थप ५१ जनामा कोरोना संक्रमण देखिएको हो ।
शनिबार सुर्खेतका ३७ जना, दैलेखका १० जना र कालिकोटका १ जना र अन्य प्रदेशका ३ जनामा कोरोना संक्रमण देखिएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कंडेलले जानकारी दिए
योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमित हुनेको संख्या ३७९० पुगेको छ ।
शनिबार कर्णालीका बिभिन्न अस्पताल र आइसोलेसनबाट ४५ जना कोरोना संक्रमण निको भएर डिस्चार्ज भएको स्वास्थ्य शिक्षा अधिकृत कंडेलले जानकारी दिए ।
योसँगै कर्णालीमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ३०९० पुगेको छ ।
हाल कर्णालीका कोरोना संक्रिय संक्रमितको संख्या ६०५ जना रहेको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ ।