काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेल पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग असन्तुष्ट बनेका छन् । ओली-प्रचण्डसँग असन्तुष्टि स्वरुप पौडेलले आफ्नो कारण देखाएर शनिबारको सचिवालय बैठक स्थगित गरिदिएका थिए ।
प्रदेश ५ को राजधानी भालुवाङ सार्ने विषयमा नेकपा अध्यक्षद्वय ओली-प्रचण्डले आफूसँग परामर्स नगरेको भन्दै उनले असन्तुष्टि जनाएका स्रोतको भनाइ छ । आज दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने तय भएको बैठक पनि अनिश्चित बनेको छ ।
एक सचिवालय सदस्यसँग महासचिवले भने,’पार्टीमा पर्याप्त छलफल हुनुपर्ने विषयमा अध्यक्षद्वयले कमजोरी गर्नुभयो । साविकको माओवादीको एजेण्डालाई प्रधानमन्त्रीज्यूले समर्थन गर्नुभयो । पूर्वएमालेको पकड लुम्बिनी क्षेत्रमाथि अन्याय भएको छ । म टेन्सनमा छु । त्यसैले आज शनिबारको बैठक बस्न सकिएन ।’
प्रधानमन्त्री ओलीले पार्टीसँग परामर्स नगरेरै विभिन्न देशमा राजदूत नियुक्ति गरेपछि अर्का अध्यक्ष प्रचण्डको जोडबलमा सचिवालय बैठक बोलाइएको थियो । ओली पनि बैठक राख्ने पक्षमा थिएनन् । अर्कोतर्फ हिजो ओलीका सल्लाहकार र सचिवालयमा कार्यरतमा कोरोना देखिएपछि आजको बैठक अनिश्चित बनेको छ