काठमाण्डौं । नेपालमा आज काठमाडौं उपत्यकाका १५९९ जनासहित देशैभरी २२५३ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा १३७३, ललितपुरमा १८७ र भक्तपुरमा ३९ जना संक्रमित थपिएका हुन् ।
मन्त्रालयका अनुसार आज प्रदेश १ को उदयपुरमा २, खोटाङमा ३, झापामा १६, मोरङमा ८१, संखुवासभामा १ र सुनसरीमा ८ जना संक्रमित थपिएका हुन् ।
प्रदेश २ को धनुषामा ९, पर्सामा ८, बारामा ७, महोत्तरीमा १, रौतहटमा ५, सप्तरीमा ३, सर्लाहीमा ६ र सिराहामा ७ जना संक्रमित थपिएका छन् ।
बागमती प्रदेशको काठमाडौंमा १३७३, काभ्रेपलान्चोकमा १०, चितवनमा ५२, दोलखामा २, धादिङमा ८, नुवाकोटमा १४, भक्तपुरमा ३९, मकवानपुरमा २२, रसुवामा २, रामेछापमा २, ललितपुरमा १८७ र सिन्धुपाल्चोकमा ८, जनामा संक्रमण देखिएको छ ।
गण्डकी प्रदेशको कास्कीमा ४, तनहुँमा १९, नवलपरासीपूर्वमा ४०, लमजुङमा ७, बाग्लुङमा ३ र स्याङजामा ४ जना संक्रमित थपिएका छन् ।
त्यस्तै प्रदेश नं ५ को कपिलवस्तुमा ४, गुल्मीमा ४, दाङमा ९, नवलपरासीमा १, पाल्पामा १५, प्युठानमा ५, बर्दियामा १३, बाँकेमा ५० र रुपन्देहीमा ५२ जनामा संक्रमण पुष्टि भएको छ ।
कर्णाली प्रदेशको कालिकोटमा १, दैलेखमा ८, रुकुम पश्चिममा २, सल्यानमा २ र सुर्खेतमा ५४, जना संक्रमित थपिएका हुन् ।
सुदूरपश्चिम प्रदेशको कन्चनपुरमा २१, कैलालीमा ५५ र डडेल्धुरा, बझाङ र बैतडीमा १\१ जना संक्रमित थपिएसँगै आज देशैभरी २२५३ जना संक्रमित थपिएका छन् । जसमा महिला ८३० र पुरुष १४२३ जना रहेका छन् ।
आज थपिएका २२५३ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या ८६ हजार ८२३ पुगेको छ ।