सुर्खेत । दैलेखमा एक ४९ वर्षीया कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
दैलेखको नारायण नगरपालिका–८ तर्ताङ्गका ४९ वर्षीय एक पुरुषको उपचारको क्रममा गए राति नेपालगंज मेडिकल कलेजमा मृत्य भएको हो । घरको काम गरिरहेको बेला आकस्मात पेट दुखेर जिल्ला अस्पताल उपचारका लागि आएका र शनिबार नै दैलेखमा उपचार हुन नसकेपछि प्रदेश अस्पताल सुर्खेतमा आएको आन्द्रा फुटेको पत्ता लागे थप उपचारका लागि नेपालगंज मेडिकल कलेजमा पठाएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको स्वास्थ्य शिक्षा अधिकृत नवराज कंडेलले जानकारी दिए ।
‘नेपालगंजमा उपचार गर्दागर्दै उनको मृत्यु भएको छ ।’ उनले भने,‘दैलेख जिल्ला अस्पतालमा गरिएको स्वाव परीक्षणमा उनमा कोरोना पोजेटिभ देखिएको थियो ।’ कर्णालीमा योसँगै कोरोनाका कारणले मृत्युको संख्या १० पुगेको छ ।