सर्खेत । प्रदेश ५ को प्रदेश सभा बैठक जारी छ।
संसद बैठक १२ बजे सुरू हुने बताए पनि दलहरू आन्तरिक छलफलमा जुटेकाले बैठक ढिलागरी सुरू भएको हो। अहिले मुख्यमन्त्री शंकर पोखरेलले सम्बोधन गरिरहेका छन्।
यसअघि कांग्रेस सांसद वीरेन्द्र कुमार कनोडिया बोलेका थिए। कनौडियाले विस्तृत छलफल गरेर प्रदेशको राजधानी तोकेको भए दाङ पनि स्वीकार्य हुन सक्ने बताएका थिए।
तर सत्तापक्ष नेपाल कम्युनिष्ट पार्टी नेकपाले छलफलबिना ‘छापामार शैली’मा प्रदेशको स्थायी राजधानी दाङ र नाम लुम्बिनी प्रस्ताव दर्ता गरेको उनले बताएका थिए।
आजको बैठकमा प्रदेश ५ को राजधानी र नामबारे मतदान हुने कार्यसूची छ।