काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ५ सय ५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९० हजार ८ सय १४ पुगेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार इलामका २, उदयपुरका ३, खोटाङका १, झापाका ४, ताप्लेजुङका १, धनकुटाका २, मोरङका २७, सुनसरीका १९ जनामा कोरोना संक्रमण भएको छ।
यस्तै धनुषाका १२, पर्साका २, बाराका २, महोत्तरीका १५, रौतहटका ६, सप्तरीका २, सर्लाहीका ७, सिरहाका १०, काठमाडौँका ७८३, काभ्रेका २४, चितवनका ८१, दोलखाका १, धादिङका ५, नुवाकोटका ५, भक्तपुरका ११६, मकवानपुरका ६, रामेछापका २, ललितपुरका ११८, सिन्धुपाल्चोकका ३ र सिन्धुलीका २ जनामा कोरोना पुष्टि भएको छ।
यस्तै कास्कीका २, गोर्खाका २०, तनहुँका २, नवलपरासीपूर्वका १३, म्याग्दीका १, लमजुङका १, बागलुङका १, स्याङ्जाका ५, अर्घाखाँचीका २, कपिलवस्तुका २, गुल्मीका २, दाङका ३४, नवलपरासीका ९, पाल्पाका ४, प्यूठानका ६, बर्दियाका १, बाँकेका ३४, रुपन्देहीका ९६, रोल्पाका १, कालिकोटका १०, दैलेखका ७, कालिकोटका १०, दैलेखका १०, रुकुमपश्चिमका ४,सुर्खेतका १, कञ्चनपुरका ४, कैलालीका २०, डडेल्धुराका १, डोटीका १, बझाङका १, तथा बैतडीका ५ जनामा संक्रमण पुष्टि भएको हो।
नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसकाे संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार मृत्यु हुनेमा चार महिला र पाँच पुरुष छन्।
तेह्रथुमका ३१ वर्षीय पुरुष, सुनसरीका ६४ वर्षीय पुरुष, काठमाडौँका ५९ र ६० वर्षीया महिला, ललितपुरकी ६७ वर्षीया महिला तथा ६१ र ७७ वर्षीय पुरुष, चितवनका ७७ वर्षीय पुरुष र नवलपरासीपूर्वका ७७ वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५ सय ६३ पुगेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार २ हजार ३ सय ४० जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ६७ हजार ५ सय ४२ पुगेको छ।
पछिल्लो २४ घण्टामा ११ हजार ४७ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल देशभर २२ हजार ७ सय ९ जना सक्रिय संक्रमित रहेका छन् भने ४ हजार २ सय २१ जना क्वारेन्टिनमा छन्।
स्वास्थ्य मन्त्रालयका अनुसार देशभर २४३ जनाको आईसीयुमा र ४० जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।
मन्त्रालयका अनुसार मनाङ, मुस्ताङ, सोलुखुम्बु, रुकुमपूर्व र डोल्पा जिल्ला कोरोना भाइरस संक्रमणमुक्त रहेका छन् भने मोरङ, सुनसरी, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन र रुपन्देहीमा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन्।