सुर्खेत । कर्णाली प्रदेशमा मंगलबार थप ७९ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेश अस्पताल÷पशुपंन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा थप ७९ जनामा कोरोना संक्रमण देखिएको हो ।
सुर्खेतका ५२ जना, दैलेखका ५ जना, कालिकोटका ४ जना, सल्यान ३ जना, जाजरकोटका ३ जना, जुम्ला, हुम्ला, रुकुमपश्चिममा १÷१ र अन्य प्रदेशका ६ जनामा कोरोना संक्रमण देखिएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका स्वास्थ्य सेवा महाशाखाका प्रमुख वृषबहादुर शाहीले बताए ।
योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमित हुनेको संख्या ३९३८ पुगेको छ ।
कर्णालीका बिभिन्न अस्पताल र आइसोलेसनबाट ३९ जना कोरोना संक्रमण निको भएर डिस्चार्ज भएको महाशाखा प्रमुख वृषबहादुर शाहीले जानकारी दिए ।
योसँगै कर्णालीमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ३१८५ पुगेको छ ।
हाल कर्णालीका कोरोना संक्रिय संक्रमितको संख्या ७५१ जना रहेको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
कोरोनाका कारणले कर्णालीमा १० जना यस अघि नै ज्यान गएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ ।