• होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Facebook Twitter Instagram
Aayo Raibar
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Aayo Raibar
Home » विकासमा बदलिएका जाजरकोटका प्राथमिकता
कर्णाली

विकासमा बदलिएका जाजरकोटका प्राथमिकता

आयो रैबार डेस्कBy आयो रैबार डेस्क२१ आश्विन २०७७, बुधबार ११:१५
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

जाजरकोट । शुरुका वर्षमा सडकलाई प्राथमिकता दिएका स्थानीय सरकारले पछिल्लो समय आफ्ना प्राथमिकता बदलेका छन् ।

स्थानीयवासीलाई रोजगारीदेखि स्वास्थ्य सेवा सुधारलाई प्राथमिकता राखेर पछिल्ला वर्षमा स्थानीय तहले आफ्ना नीति तथा कार्यक्रम अगाडि बढाएको देखिएको छ । पशु, कृषि, स्वास्थ्य, खानेपानी, रोजगारी तथा सिँचाइलाई मुख्य प्राथमिकता राखेर काम गरेको समेत पाइएको छ । स्थापनाको वर्षमा ‘ट्रयाकओपन’ भएका स्थानीय सडक अहिले स्तरोन्नतिका लागि समेत काम भएको स्थानीय तहका प्रमुखहरुले बताएका छन् ।

सुरक्षित सुत्केरी, गर्भवतीलाई पोषण तथा शिक्षा क्षेत्रको सुधारका लागि पूर्वाधारका कार्यक्रमसमेत प्राथमिकतामा राखेर काम गरेको बताएका छन् । छोरी सुरक्षा जीवनभरिको कार्यक्रमलाई मुख्य प्राथमिकता दिएर काम गरेको पाइएको छ । जिल्ला समन्वय समिति जाजरकोटले गरेको समीक्षा गोष्ठीमा स्थानीय सरकारले प्रस्तुत गरेका विवरणमा यस्ता कुरा उल्लेख गरिएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम र मुख्यमन्त्री रोजगार कार्यक्रममार्फत बेरोजगार जनशक्तिलाई रोजगारी दिएकोसमेत स्थानीय सरकारले जानकारी दिएका छन् ।

कृषिलाई प्राथमिकता दिएको नलगाड नगरपालिकाले ३५ टन लसुन उत्पादन गरी काठमाडौंमा लगेर बिक्री भएको नगरप्रमुख टेकबहादुर रावलले बताए । आर्थिक वर्ष २०७६÷७७ मा ४५५ गर्भवतीको घरमा झण्डा गाडेर कुखुरा वितरणदेखि अन्य आधारभूत सामग्रीसमेत उपलब्ध गराएको नगरप्रमुख रावलले बताए ।

त्यस्तै ४०७ जना संस्थागत सुत्केरी भएका नलगाड नगरपालिकामा २९ प्रतिशत अघिल्लो आर्थिक वर्षमा गर्भ जाँच गराएकामा यस आवमा ६२ प्रतिशत बढेको तथ्याङ्कमा उल्लेख छ । आव २०७६÷७७ मा १९ किलोमिटर सडक निर्माण तथा ४८ किलोमिटर मर्मत तथा स्तरोन्नति भएको उल्लेख छ । त्यस्तै ६४ किलोमिटर घोडेटो बाटो निर्माण गरिएको नगरपालिकाले जनाएको छ ।

दुईवटा स्वास्थ्य संस्थाका भवन निर्माण गरिनुका साथै सात निर्माणाधीन अवस्थामा रहेको बताएको छ । चार सामुदायिक विद्यालय भवन निर्माण सम्पन्न भएको र सात निर्माणाधीन अवस्थामा रहेको नगरपालिकाले जनाएको छ । छवटा सामुदायिक विद्यालयमा पक्की शौचालय निर्माण, ५ः६० किलोमिटर विद्युत्लाइन विस्तार भएको नगरपालिकाको दाबी छ । ५९७ घरधुरीमा सौर्यऊर्जा वितरण गरिएको छ ।

२८० घरधुरीलाई धुवाँरहित चुलो वितरण गरिएको जनाएको छ । पाँच मन्दिर, पाँच काठेपुल, दुई खोप भवन निर्माण, सात विद्यालय भवन मर्मत, नौ विद्यालयमा घेराबार, १४६ कृषक समूह गठन भएका छन् । वडा नं १, २ र ४ मा मौरीपालन, वडा नं ३ मा सुन्तला तथा अलैँची पकेट, वडा नं ९, १० र ११ मा लसुन पकेट क्षेत्र, वडा नं ७ र ८ मा धानको पकेट क्षेत्रकारूपमा विकास गरिएको छ ।

त्यस्तै वडा नं ५ मकैको पकेट, वडा ३ र ६ लाई आलु, वडा नं ५ कागती, वडा नं १३ फलफूल, वडा नं २, ४, ५, ७ र ८ लाई तरकारी पकेट क्षेत्र घोषणा गरी कृषकले आम्दानी लिएको नलगाड नगरपालिकाले जनाएको छ । नलगाडमै चार हजार दाँतेओखरका बिरुवा लगाएको छ । स्वास्थ्य क्षेत्रमा समेत ८० प्रतिशतभन्दा माथि प्रगति भएको नगरपालिकाले जनाएको छ ।

आव २०७६÷७७ मा भेरी नगरपालिकाले १८ खानेपानीका योजना निर्माण सम्पन्न गरेको जनाएको छ । ३३ वटा आन्तरिक सडक निर्माण, नौ सिँचाइ योजना, २७ वटा भवन र एक पूल निर्माण गरेको नगरप्रमुख चन्द्रप्रकाश घर्तीले बताए । ३१ किलोमिटर सडकको ‘ट्रयाकओपन’, १८ किलोमिटर कच्ची सडक मर्मत, सात स्वास्थ्य संस्था निर्माणाधीन अवस्थामा रहेको उनले बताए ।

जाजरकोट बहुप्राविधिक शिक्षालय स्थापना, सात वडामा आधारभूत स्वास्थ्य संस्था सञ्चालन, कुदु र पुन्मामा ल्याब सेवा सञ्चालनमा ल्याइएको छ । ३८ शिक्षकका दरबन्दी स्वीकृत गरिएको छ । भेरी नपा–१ कालेगाउँमा गहुँको बीउ उत्पादन गरी बीउमा आत्मनिर्भरता ल्याइएको छ । वडा नं ७ को रुपाकोटमा मकैको बीउ उत्पादन गरी बीउ आयातमा न्यूनीकरण गरिएको छ । वडा नं ६ मा आलुको मूल बीउ उत्पादन र वडा नं २ को तिलिङ्गेमा सिमीको बीउ उत्पादन गरिएको नगरपालिकाले जनाएको छ ।

त्यस्तै शिवालय गाउँपालिकाले कृषि क्षेत्रका साथै सबै वडामा सडक निर्माण गरेका जनाएको छ । सवै वडा कार्यालयको भवन निर्माण अन्तिम चरणमा पुगेको बताएको छ । गाउँपालिकाभरि शुद्ध पिउनेपानी उपलब्ध गराउनका लागि ८० प्रतिशत काम भएको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार शाहीले जानकारी दिए । प्रधानमन्त्री रोजगार र मुख्यमन्त्री रोजगार कार्यक्रममार्फत बेरोजगार जनशक्तिलाई रोजगारी दिएको समेत बताएको छ ।

कुशे, छेडागाड, बारेकोट जुनिचाँदे गाउँपालिकाले समेत अन्य स्थानीय तहजस्तै विकास निर्माणका काममा प्राथमिकता दिएको पाइएको छ । जुनिचाँदेले सुत्केरीसँग उपाध्यक्ष कार्यक्रम सञ्चालन गरी सुत्केरीको जीवन सुरक्षालाई ध्यान दिएको छ । बारेकोट गाउँपालिकाले शतप्रतिशत सुत्केरी सेवा दिएको बताएको छ ।

सङ्घीय र प्रदेशका कार्यालयले सडक निर्माण, विद्यालय भवन निर्माण गरेको प्रगति विवरण सार्वजानिक गरेका छन् । कृषि विकास कार्यालयले स्थानीय उत्पादनलाई जोड दिएको छ । डिभिजन वन कार्यालयले स्थानीय जडीबुटी, वन संरक्षण तथा पर्यटकीयस्थलको संरक्षणमा जोड दिएर काम गरेको जनाएको छ ।

वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले जिल्लाको विकास निर्माणको काम अन्तिम चरणमा पुगेको बताए । सडक, टेलिफोन, सिँचाइ र खोपानीका काम अब अर्को चुनावमा प्राथमिकताका योजनामा नपर्ने समेत मन्त्री बस्नेतले बताए । समयअनुसार मानिसका प्राथमिकता बदलिँदै जाने उनको दाबी छ । रासस

Author

  • Avatar photo
    आयो रैबार डेस्क

    View all posts

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित समाचार

कर्णाली सहित ४ प्रदेशका पहाडी भू-भागमा आंशिक बदलीहुने, बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने

२१ माघ २०७९, शनिबार ०४:५६

ठुला दलले देशलाई निकास दिन सक्दैनन् : प्रभु साह

२१ माघ २०७९, शनिबार ०४:५३

‘कृषि तथा वन पैदावरमा आधारित मझौला उद्योगहरुलाई प्रदेश सरकारले पहिलो प्राथमिकतामा राखेर विकास गर्ने’

२१ माघ २०७९, शनिबार ०४:४१

Leave A Reply Cancel Reply

aayo raibar

निशान्त मिडिया प्रा. लि.

सुचना विभाग दर्ता नं.२२११/०७७/०७८
वीरेन्द्रनगर-३, सुर्खेत
अध्यक्ष/ प्रधान सम्पादक जीवन शाही
सम्पादक: शकुन्तला शाही
कार्यकारी निर्देशकः मञ्जु शाही

लेख, रचना तथा समाचारका लागि:
इमेलः newsaayoraibar@gmail.com

विज्ञापनका लागि

हामीसँग विज्ञापन गर्न इच्छुक हुनुहुन्छ भने यसका लागि हामीसँग विभिन्न प्याकेजहरु छन् । हामीलाई निम्न नम्बर र इमेलमा सम्पर्क गरेर यसबारे थप जानकारी लिन सक्नुहुन्छ ।

इमेलः advertising@aayoraibar.com,
मोबाइल नम्बरः ९८५८०३९९९७

हामीसँग काम गर्नुहाेस्

आयो रैबारले सुरुवातदेखि नै लेख्न चाहने र समाचारप्रति भोक भएकाहरुलाई विशेष प्राथमिकता दिँदै आएको छ । तपाईंलाई पनि टिममा रहेर काम गर्न मन छ भने हामीलाई इमेल गर्न सक्नुहुनेछ। इमेलमा तपाईं किन समाचारमा काम गर्न चाहनुहुन्छ भन्ने पनि खुलाउन नर्बिसिनुहोला ।

ईमेलः aayoraibar@gmail.com

© 2022 Nishant Media Pvt. Ltd. | Developed by Webpal

हाम्रो बारेमा / हाम्रो टीम / प्रयोग नीति / गोपनियताको नीति