कैलाली । कैलालीमा आफ्नै बुवाबाट छोरी बलात्कृत भएको घटना सार्वजनिक भएको छ । ११ वर्षीया बालिकालाई उनकै बुवाले बलात्कार गरेको घटना बाहिरिएको हो ।
कैलालीको गोदावरी नगरपालिका(११ मा ४५ वर्षीय बुवाले छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीमा उजुरी दर्ता भएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बुवाले छोरीमाथि जबर्जस्ती करणी गरेको दाबीसहित जाहेरी दर्ता भएको जानकारी दिए ।
गएको शनिबार राति छोरीमाथि आरोपीले जबर्जस्ती करणी गरेको उजुरीमा उल्लेख गरिएको जनाउँदै उनले आइतबारदेखि नै उनी फरार रहेकाले खोजीकार्य भइरहेको बताए ।