Close Menu
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • काेसी
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Facebook X (Twitter) Instagram
Aayo Raibar
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • काेसी
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Aayo Raibar
कर्णाली

महिना दिन बित्दासम्म सञ्चालन हुनसकेन जाजरकोटको टेलिफोन सेवा

By आयो रैबार संवाददाता२३ आश्विन २०७७, शुक्रबार ०५:५०
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email


जाजरकोट । स्थानीय तहका प्रमुखदेखि मन्त्रीसम्मले टेलिफोन सेवा सुधार गर्न निरन्तर आग्रह गरिरहेका छन्, तर जाजरकोटको टेलिफोन सेवा बन्द भएको महिना दिन बित्दासम्म सञ्चालन हुनसकेको छैन ।

जिल्ला समन्वय समिति जाजरकोटले सातै स्थानीय तह, प्रदेश र सङ्घीय सरकारका मताहातमा रहेका कार्यालयको प्रगति समीक्षामा समेत टेलिफोन सेवाकै मुद्दा प्रमुख बनाएर कुरा उठ्यो । समीक्षा कार्यक्रमबाटै वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत तथा अन्य सांसदले समेत फोनमा आएको समस्याका विषयमा टेलिकमको सबै तहका प्रमुखलाई फोन गरेर तत्काल समस्या समाधान गर्न आग्रह गरे ।

आग्रह गरेको हप्ता दिन बितिसक्दासम्म महिना दिनअघि अवरुद्ध भएको फोन सेवा अझै सञ्चालन हुनसकेको छैन । पूर्वी जाजरकोटका नलगाड नगरपालिका, रुकुमपश्चिमको आठबीसकोट नगरपालिकालाई लक्ष्य गरी घेत्ममा रहेको स्काइ प्राविधिको टावरले काम नगरेको महिना दिन बित्यो । त्यस्तै बारेकोट गाउँपालिकालाई लक्ष्य गरी रतनकोटमा रहेको टेलिफोन टावर पनि बन्द भएको महिना दिन बित्यो । पश्चिम जाजरकोटको कुशे गाउँपालिका लताचुलीको टावर बन्द भएको दुई महिनाभन्दा बढी भयो । ‘दैनिक नेटवर्क आयो कि भनी मोबाइल फोन हेर्नमै दिन बितेको धेरै भयो’, कुशे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले गुनासो गरे । ‘कि सेवा देऊ कि टावर अन्यत्र सार ?’ अधिकृत गिरीले भने, ‘नेटवर्क नदिने टावर राखेर के काम ? टावर मर्मत गर भनेको कसैले सुन्दैन ।’

त्यस्तै पीडा छ बारेकोट गाउँपालिकामा पनि, त्यहाँ मोबाइलमा टावर नदेखिएको महिना दिन बढी भयो । फोन गर्न गाउँका स्थानीयवासी जन्तेस्थित लेकमा चार घण्टा हिँडेर जाने गरेको वीरेन्द्र ऐश्वर्य माध्यमिक विद्यालयका शिक्षक कालीप्रसाद थापाले बताए । बारेकोटबाट बाहिर सम्पर्क गर्न र गाउँपालिकाभित्रका विभिन्न ठाउँका सम्पर्क गर्न खोजे पनि सम्भव नहुँदा हैरान हुँदै आएको थापाको गुनासो छ ।

इन्टरनेटको माध्यमबाट सामान्य खबर आदानप्रदान भएपनि सर्वसाधारण भारी मारमा परेको गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर शाहले जानकारी दिए । सदरमुकाम र स्थानीय तहको सञ्चार सम्पर्क टुटेको एक महिना बिते पनि तालुकदार कार्यालय, नेपाल टेलिकम कानमा तेल हालेर बसेको स्थानीयवासीले आरोप लगाएका छन् ।

जाजरकोटका स्थानीय तहमा अधिकांश स्काइ प्राविधिका टावर भएका कारण सबैमा एकैपटक खराबी आएको छ । निजी प्रदायक कम्पनी एनसेलले समेत सेवा गाउँमा विस्तार नगरेका कारण सर्वसाधारण सञ्चार सेवाबाट मर्कामा परेका हुन् । जाजरकोटका गाउँगाउँमा निर्माण गर्ने भनिएको सातवटा जिएसएम (नमस्ते) को टावर तीन वर्षदेखि अलपत्र परेका छन् ।

यता नेपाल टेलिकमले भने सबै स्काइका टावरहरु सञ्चालनमा रहेको भन्दै गफ दिइरहेको छ । आफ्ना प्राविधिक गएर टावर मर्मत गरेर सञ्चालनमा आएको भनी झुटको खेती गरिरहेको जुनिचाँदेका रेशम खड्काले जानकारी दिए । जाजरकोट टेलिकम कार्यालयले आफूहरुबाट भन्दा क्षेत्रबाट प्राविधिक आएर टावरमा आएको समस्या समाधान गर्ने बताउँदै आएको छ ।

बुधबार जाजरकोटको जुनिचाँदे गाउँपालिका–१ ओलमा जिप दुर्घटना भए पनि सो ठाउँमा सञ्चार सेवा उपलब्ध नहुँदा अहिले सम्पर्क गर्न गाह्रो भएको जुनिचाँदे गाउँपालिकाकी कावाध्यक्ष शिवा आचार्यले जानकारी दिए । अहिले अग्ला डाँडामा उकालो चढेर फोन सम्पर्क गर्न बाध्य भएको आचार्यको भनाइ छ । ‘दुर्घटनास्थल आए फोन अफ गर्नुपर्ने, डाँडामा गए मात्र फोन हुन्छ’, उनले भने ।

सदरमुकाम खलङ्गामा समेत सबै ठाउँमा फोनले काम नगर्दा हैरान भएको स्थानीयवासीको गुनासो छ । इन्टरनेटमा समेत सोही समस्या रहेको सर्वसाधारण पीडा पोख्छन् । गाउँमा बिरामी हुँदा होस् वा अन्य कुरा गर्नसमेत महिना दिनदेखि बन्द भएपछि सर्वसाधारण आक्रोशित भएका छन् । रासस

Author

  • आयो रैबार संवाददाता

    View all posts

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित समाचार

राष्ट्रियसभा बैठक बस्दै

१ जेष्ठ २०८२, बुधबार ०१:३६

कर्णाली प्रदेश सरकारकाे ‘बैङ्क खाता छोरीको, सुरक्षा जीवनभरिको’ कार्यक्रम अलपत्र

१ जेष्ठ २०८२, बुधबार ०१:२१

स्मार्ट कार्डको विकल्पमा रसिदमै फोटो र क्युआर

१ जेष्ठ २०८२, बुधबार ०१:१२
aayo raibar

निशान्त मिडिया प्रा. लि.

सुचना विभाग दर्ता नं.२२११/०७७/०७८
वीरेन्द्रनगर-३, सुर्खेत

अध्यक्ष/ प्रधान सम्पादक जीवन शाही
सम्पादक: शकुन्तला शाही
कार्यकारी निर्देशकः मञ्जु शाही

लेख, रचना तथा समाचारका लागि:
इमेलः newsaayoraibar@gmail.com

विज्ञापनका लागि

हामीसँग विज्ञापन गर्न इच्छुक हुनुहुन्छ भने यसका लागि हामीसँग विभिन्न प्याकेजहरु छन् । हामीलाई निम्न नम्बर र इमेलमा सम्पर्क गरेर यसबारे थप जानकारी लिन सक्नुहुन्छ ।

इमेलः advertising@aayoraibar.com,
मोबाइल नम्बरः ९८५८०३७७९७

हामीसँग काम गर्नुहाेस्

आयो रैबारले सुरुवातदेखि नै लेख्न चाहने र समाचारप्रति भोक भएकाहरुलाई विशेष प्राथमिकता दिँदै आएको छ । तपाईंलाई पनि टिममा रहेर काम गर्न मन छ भने हामीलाई इमेल गर्न सक्नुहुनेछ। इमेलमा तपाईं किन समाचारमा काम गर्न चाहनुहुन्छ भन्ने पनि खुलाउन नर्बिसिनुहोला ।

ईमेलः aayoraibar@gmail.com

© 2022 Nishant Media Pvt. Ltd. | Developed by Webpal

हाम्रो बारेमा / हाम्रो टीम / प्रयोग नीति / गोपनियताको नीति