सुर्खेत । नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र सुर्खेतले शनिवार सुर्खेतसहित तीन जिल्लाका विद्युत नौ घण्टा अवरुद्ध हुने जनाएको छ । कोहलपुर–सुर्खेत प्रशारण लाइनको ३३ केभी लाइन नजिकका रुखका हांगाहरु काट्नुपर्ने भन्दै विद्युत सेवा अवरुद्ध हुने भएको हो ।
शनिवार विहान ८ बजेदेखि साँझ ५ बजेसम्म विद्युत अवरुद्ध हुने केन्द्रका प्रमुख टंकाराज गिरीले जानकारी दिए । उनकअनुसार मुख्य लाइन छोइएका रुखका हांगाहरु काट्न नौ घण्टा विद्युत अवरुद्ध हुनेछ ।
यस्तै रामघाट–कल्याणको ११ केभी लाइन निर्माण गर्ने काम पनि सोही समयमा भित्र नै सञ्चालन गरिने गिरीको भनाई छ । कल्याण प्रहरी चौकी नजिकै ३३ केभी लाइन ११ केभीमा परेकाले मर्मत गर्न लागिएको हो । लाइनको को पनि विद्युत अवरुद्ध हुदाँ सुर्खेत, दैलेख र जाजरकोटका लाइन शनिवार दिनभर पूर्ण रुपमा बन्द हुनेछ ।