• होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Facebook Twitter Instagram
Aayo Raibar
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Aayo Raibar
Home » शेरी- पान्तडी सडक १९ करोडकाे खोजीमा
कर्णाली

शेरी- पान्तडी सडक १९ करोडकाे खोजीमा

By २३ आश्विन २०७७, शुक्रबार १२:०८
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

कालिकोट।जम्मा ४७ करोड बजेटले ट्याक खुलाउन सकिने लक्ष्य राखिएको शेरी पान्तडी सडक खण्ड अब १९ करोड बजेटको खोजीमा रहेको छ ।

सुरुदेखि अन्तिमसम्म २५ किलोमिटर सडक निर्माणका लागि हालसम्म २७ करोड बजेट व्यवस्था भइ टेण्डर मार्फत काम भएकोमा अब १९ करोड बजेट अपुग हुने देखिएको हो ।

सुर्खेत – जुम्ला सडक खण्डको दुरी छोटो बनाउने शेरी – पान्तडी सडक खण्डमा १० मीटर चौडाइको सडक निर्माण यतिबेला धमाधम निर्माण भइरहेको छ । कालिकोटको हुल्म र पान्तडी बजारदेखि दोहोरो रुपमा निर्माण कार्य सुरु गरिएको सो सडक निर्माणमा कर्णाली प्रदेश सरकारको उच्च चासो रहेको प्रदेश सभा सदस्य कुर्मराज शाहीले बताए ।

सुपर स्टार निर्माण सेवा मार्फत ८ करोड र मजदुर निर्माण सेवा मार्फत ४ करोड बजेटमा टेण्डर मार्फत निर्माण कार्य जारी रहेकोमा यस वर्षको रातो किताबमा प्रदेश सरकारले १५ करोड बजेट बिनियोजन गरेकोले अब १९ करोड बजेट व्यवस्थासहित सडकको ट्याक खुलाउन पहल गरिरहेको उहाँको दाबी छ । कालिकोट जिल्ला प्रदेशसभा (क) अन्तर्गतका हजारौं नागरिकका साथै जुम्ला र मुगु समेतले लाभ लिने शेरी पान्तडी सडक निर्माणका लागि स्थानीयहरु बिना मुआब्जा सडक खण्डका घरहरु भत्काउन थालेका छन् ।

घर जग्गामा विवाद गरेर समस्या ल्याउछन् कि भन्ने चिन्ता लागिरहेकोमा स्थानीयहरुले सडकका लागि आफ्नो ठूलो लगानीमा बनाएका घरहरुमा समेत डोजर लगाउन तयार भएर साथ सहयोग गरिरहेको सडक खण्डमा पर्ने शुभकालिका गाउँपालिका अध्यक्ष खडानन्द चौलागाईंले बताए। सडकखण्डको विशेषगरी शुभकालिका ७ र ८ मा पर्ने चौकी बजार लगाएतका स्थानमा घर टहरा सडकका कारण भत्काउनुपर्ने अवस्था आएकोमा केही दिन अघि प्रदेश सभा सदस्य कुर्मराज शाही,नेकपा नेता चित्रसिंह गाउँले र आफुसहितको टोली ति बजार क्षेत्रमा पुग्दा स्थानीयहरुले सडक निर्माणमा जस्तोसुकै सहयोग गर्न तत्पर रहेको भनेर उत्साह थपेको अध्यक्ष चौलागाईंको भनाइ छ ।

संघीय व्यवस्था पूर्व राज्यको तर्फबाट उचित बजेट व्यवस्था र निर्माणमा कम चासोले गर्दा निर्माणमा ढिलाइ भएको शेरी पान्तडी खण्ड द्वन्द्वका कारण बाटो बदलेर निर्माण हुनुपर्ने स्थान बिराएर अर्को तिर मोडिन पुगेको थियोे । यसअघि शेरी पान्तडीबाट नभइ मान्म भएर सुर्खेत – जुम्ला सडक निर्माण गरिएपनि अब थप बजेटको तत्कालै व्यवस्थापन गरी शेरी पान्तडीमा गाडी गुड्नुपर्ने कालिकोट प्रदेश (क) क्षेत्रबासीको माग रहेको छ ।

प्रदेश भौतिक पूर्वाधार मन्त्रालयका सचिव धर्मेन्द्र झा ले सडक निर्माण स्थलमै पुगेर स्थानीय नागरिकहरुलाई बर्षदिनभित्रै सडकको ट्याक खुलाउने प्रतिबद्धता गरिसकेका कारण बजेटमा समस्या होला भन्ने चिन्तानै नरहेको महावै गाउँपालिका उपाध्यक्ष मनराज शाहीले बताए । उपाध्यक्ष शाहीका अनुसार सचिव झा ले बजेटको समस्या रत्तिभर नमानी राम्रोसँग काम गर्नु गराउनु होला भनेर सुझाव दिइ फर्केका छन् । कर्णाली प्रदेश सरकारको नेतृत्वपङ्ति समेतलाई सो सडकखण्डको महत्त्व बारे राम्रोसँग जानकारी भइ राखेको कारण अब प्रयाप्त बजेटसहित सडक निर्माणले तिब्रता लिइ कालिकोटको विकासले फड्को मार्ने पत्रकार महासंघ कालिकोटका सचिव खडानन्द अधिकारीको भनाइ छ ।

प्रदेश सरकारबाटै शेरी – पान्तडी सडक खण्डको पान्तडीमा पक्की पुल लगाउने भनिएकोमा केन्द्र सरकारले सो स्थानमा पक्की पुल टेण्डर गरिसकेका कारण प्रदेशको सबै बजेट सडक निर्माणमै केन्द्रित गर्नुपर्ने भएको छ । संघीय सरकारले यसअघि पनि पुल निर्माणको टेण्डर गरि काम अघि बढाएकोमा गलत डिजाइन र कम बजेटका कारण पुल निर्माण अलपत्र भएको कारण संघीय सरकारले चाडैं पुल निर्माण गर्ला भन्ने आफुमा खासै विश्वास नलागेको महावै गाउँपालिका अध्यक्ष नन्दबहादुर सिंहले बताए। उनका अनुसार संघीय सरकारले पुल निर्माण अलपत्र पारेपछि छिटो पुल निर्माण गर्न सघाउने उद्देश्यले महावै गाउँपालिकाको करिब १ करोड बजेटपनि पुल निर्माणमै खेर गएको छ भने पुल निर्माण हुनै नसकेर संघ सरकारले फेरि अर्को स्थानमा नयाँ डिजाइनमा पुल निर्माण गर्नुपर्ने भएको छ ।

Author

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित समाचार

कर्णाली समृद्धिको अभियानमा जुहारी नखेली सबै दल मिलेर अघि बढाैं – मुख्यमन्त्री शर्मा

२१ माघ २०७९, शनिबार १०:३७

कर्णाली बनाउने अभियान हामी सबैको साझा अभियान हो- कँडेल

२१ माघ २०७९, शनिबार ०९:५७

कर्णाली प्रदेशको विकासका लागि गुरुयोजना बनाएर अघि बढ्छाैं-मन्त्री शाही

२१ माघ २०७९, शनिबार ०९:५१

Leave A Reply Cancel Reply

aayo raibar

निशान्त मिडिया प्रा. लि.

सुचना विभाग दर्ता नं.२२११/०७७/०७८
वीरेन्द्रनगर-३, सुर्खेत
अध्यक्ष/ प्रधान सम्पादक जीवन शाही
सम्पादक: शकुन्तला शाही
कार्यकारी निर्देशकः मञ्जु शाही

लेख, रचना तथा समाचारका लागि:
इमेलः newsaayoraibar@gmail.com

विज्ञापनका लागि

हामीसँग विज्ञापन गर्न इच्छुक हुनुहुन्छ भने यसका लागि हामीसँग विभिन्न प्याकेजहरु छन् । हामीलाई निम्न नम्बर र इमेलमा सम्पर्क गरेर यसबारे थप जानकारी लिन सक्नुहुन्छ ।

इमेलः advertising@aayoraibar.com,
मोबाइल नम्बरः ९८५८०३९९९७

हामीसँग काम गर्नुहाेस्

आयो रैबारले सुरुवातदेखि नै लेख्न चाहने र समाचारप्रति भोक भएकाहरुलाई विशेष प्राथमिकता दिँदै आएको छ । तपाईंलाई पनि टिममा रहेर काम गर्न मन छ भने हामीलाई इमेल गर्न सक्नुहुनेछ। इमेलमा तपाईं किन समाचारमा काम गर्न चाहनुहुन्छ भन्ने पनि खुलाउन नर्बिसिनुहोला ।

ईमेलः aayoraibar@gmail.com

© 2022 Nishant Media Pvt. Ltd. | Developed by Webpal

हाम्रो बारेमा / हाम्रो टीम / प्रयोग नीति / गोपनियताको नीति