सुर्खेत । सुर्खेत जिल्लाको एकमात्र ऐतिहासिक एवंम् धार्मिक महत्व बोकेको वीरेन्द्रनगर–९ ,लाटिकोइली स्थित शिव मन्दिरमा ५१ फिट अग्लो ‘अर्ध नारेश्वर’को मुर्ति स्थापना गरिएको छ ।
मन्दिरमा भेटिएको शिलालेख अनुसार साके संवत १५०४ र इस्वी संवत् १६३९ मा स्थापना भएको शिव मन्दिरमा स्थापना गएिको उक्त मुर्तिका लागि २६ लाख रुपैयाँ लागेको, वीरेन्द्रनगर– ९ का वडा अध्यक्ष सुरेश मानन्धरले जानकारी दिए।
‘कर्णालीकै सबैभन्दा पुरानो इतिहाँसको रुपमा रहेको शिव मन्दिर भग्नावशेष रुपमा रहेको थियो, विभिन्न सहयोगी दाताहरुबाट दान मागी हामीले मन्दिरलाई पुनर्निामाण गरेका हौं ।’ वडा अध्यक्ष मानन्धरले भने, मन्दिरको व्यवस्थापनका लागि २०७५ साल साउनमा शिवपुराण महायज्ञको आयोजना गरिएको थियो । महापुराणबाट १ करोड ७ लाख २९ हजार ९०० रुपैयाँ संकलन गरेका थियौ ।
वीरेन्द्रनगर नगरपालिका वडा न.९ मा स्थापनका गरिएको अर्धनारेश्वरको शिबपार्वतीको मुर्ति, नेपाल मै अग्लो र पहिलोपटक स्थापना गरिएको हो । एउटै ढुंगाबाट शिव र पार्वतिको आधा–आधा शरीर जोडिएर बनेको ‘अर्धनारेश्वर’ मुर्तिले समाजमा सकरात्मक सन्देश पु¥याउने भएकोले यस्तो निर्णय गरिएको स्थानीयबासी बाबुकृष्ण श्रेष्ठबताउँछन् । प्रदेश र केन्द्र सरकारले पनि यसलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न बजेट छुट्याउनुपर्ने श्रेषठकाे भनाइ छ।
यस बर्षको बिजय दशमीको शुरुको दिन अर्थात् कात्तिक १ गते घटस्थापनको अवसर पारी मुर्तिको स्थापना गरिएको हो ।२१ फिटको मुर्ति र ३० फिट अग्लो मुर्ति राख्ने ठाँउ गरि ५१ फिटमा राखिएको मुर्ति ८९ लाखको लागतमा निर्माण कार्य सम्पन्न हुने वीरेन्द्रनगर ९ वडाका वडा अध्यक्ष सुरेश मानन्धरले जानकारी दिए ।