सुर्खेत । युवा नेता तथा समाजसेवी तिर्थ सुनारले नजिकिँदै गरेको दशैं अवसरमा सुनचाँदी व्यवसायीहरुलाई शुभकामना दिँदै सरकारी मापदण्डअनुसार मनाउन सबैमा आग्रह गरेका छन् । कोरोना भाइरसका बेला भिडभाडभन्दा पनि जो जस्तो अवस्थामा छ त्यस्तै अवस्थामा मनाउनु पर्ने उनको भनार्इं छ ।
तडकभडकभन्दा जे छ त्यसैमा दशैं मनाउनु पर्ने उनले बताए । पछिल्लो समय चाडवार्ड खर्चिलो हुँदै गएको भन्दै सुनारले भने, ‘यस्तो अवस्थामा कम खर्चिलो गरेर दशैं मनाउनु पर्छ ।’ उनले भने,‘कोरोना संक्रमणबाट बचे अर्को वर्ष मनाउन सकिन्छ ।’
‘यस वर्ष जहाँ छौं त्यहिँ दशैंतिहार मनाऔं’ उनले भने, ‘आफन्तसहित पारिवारिक खुसी अर्को वर्ष मनाम्ला ।’
कोरोना भाइरस संक्रमणको बेला सुरक्षित ढंगबाट दशैं तिहार मनाउनु पर्ने उनले जनाए ।
अत्यावश्यक कामबाहेक अन्य समयमा घरबाट बाहिर ननिस्कने, निस्कनै परे स्वास्थ्य सुरक्षाका उपाय अपनाउनु पर्ने उनको भनाइ छ ।
दशैंको शुभकामना दिँदै सुनारले भने, ‘यस वर्षको दशैंले सबैको घरमा सुख, शान्तको कामना गर्दछु । साथै एकआपसमा भाइचार, सद्भावको कामना गर्दछु ।’
दशै, तिहार शान्तिको पर्व भएकाले मिलेर बनाउनका लागि आग्रह गरे ।