काठमाडौं । पछिल्लो २४ घन्टामा १ हजार ३ सय ८० जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टामा १ हजार ३ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको र थप १९ जनाको मृत्यु भएको जनाएको छ । पछिल्लो २४ घन्टामा ५ सय १५ जना कोरोना मुक्त भएका छन् ।
नेपालमा अहिलेसम्म २ लाख ३० हजार ७ सय २३ जनामा संक्रमण पुष्टि भइसकेको छ भने २ लाख ११ हजार १ सय ८६ जनालाई कोरोना संक्रमण निको भइसकेको छ। कोरोनाबाट १ हजार ४ सय ५४ जनाले ज्यान गुमाएका छन्।