• होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Facebook Twitter Instagram
Aayo Raibar
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Aayo Raibar
Home » नेकपा स्थायी कमिटी सदस्य भन्छन् : ओली छलफलबाट भाग्न पाउनुहुन्न
प्रदेश मुख्य समाचार

नेकपा स्थायी कमिटी सदस्य भन्छन् : ओली छलफलबाट भाग्न पाउनुहुन्न

आयो रैबार डेस्कBy आयो रैबार डेस्क२ पुष २०७७, बिहीबार १३:३७
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

काठमाडाैं ।नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्यले आगामी स्थायी कमिटी बैठकबाट नेकपाभित्रको विवाद समाधान हुने विश्वास व्यक्त गरेका छन् । पार्टीको विवाद सचिवालयमा समाधान हुन नसकी स्थायी कमिटीमा आएको भन्दै स्थायी कमिटी सदस्यको जोड पार्टी एकतालाई जोगाइ विधि, पद्धति र प्रणालीमा लैजाने रहेको बताएका छन् ।

नेकपा स्थायी कमिटी बैठक चलिरहँदा प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएसँगै नेकपाभित्रको विवाद अझ उत्कर्षमा पुगेको छ  । नेकपा स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले बुधबारको स्थायी कमिटी बैठकमा पनि पार्टी एकतालाई फुटबाट जोगाउँदै एकताबद्ध बनाएर लैजाने मत नै प्रमुख रूपमा आएकको बताए ।

‘सबैले पार्टी एकता जोगिनुपर्छ, पार्टीलाई विधि, पद्धति र प्रणालीमा लैजानुपर्छ । लोकतान्त्रिक मूल्य मान्यताअनुरूप संविधानमा व्यक्त भएका प्रणालीलाई संस्थागत गरिनुपर्छ । तिनलाई कमजोर हुन दिनुहुँदैन । हामीले लेखेको संविधानलाई कहीँ कसैले कतै दुरुपयोग गर्नु हुँदैन । लोकतान्त्रिक प्रणालीलाई पार्टीभित्र र बाहिर, आम राज्यमा ढिक ढंगले लागू गर्नुपर्छ भन्ने कुरा ठीक ढंगले उठ्यो’, उनले भने ।

आगामी स्थायी कमिटी बैठकमा दुवै अध्यक्षले प्रस्तुत गरेका प्रतिवेदनलाई छलफल गरी आन्तरिक समस्या हल गर्दै पार्टी र सरकारको कामलाई प्रभावकारी बनाउनुपर्नेमा केन्द्रित हुनुपर्ने उनको जोड  छ । ‘अध्यक्षद्वयले संस्थागत रूपमा ल्याएको डकुमेन्ट भएकोले त्यही रूपमा ग्रहण गर्ने र त्यसलाई औपचारिक रूपमा छलफल गरी दुवैलाई सम्पत्तिका रूपमा ग्रहण गर्दै तेस्रो विकल्पमा पनि जान सक्छौँ । छलफल चाहिँ टुंगो लगाइने गरी हुनुपर्छ र हुन्छ ।’

स्थायी कमिटीले विवाद समाधानमा पहलकदमी लिनेतर्फ अघि बढेको उनको भनाइ छ । ‘सचिवालयमा समाधान हुन नसकेको विषय स्थायी कमिटीमा आएपछि हल हुने दिशातिर गयो । स्थायी कमिटी सदस्यले मेहनत गर्नुभयो । एकतालाई जोगाउनुपर्छ भनेर पहल गरेको हुँदाखेरी परिस्थिति प्रतिकूल हुनबाट रोकिएर हल हुने दिशातिर गएका छन्’, नेता पौडेल भने ।

स्थायी कमिटी सदस्य गणेश शाहले पार्टीको जारी विवादलाई अध्यक्षद्वयले मात्रै समाधान गर्न नसक्ने भन्दै स्थायी कमिटी बैठक लामो समयसम्म राखेर भए पनि समस्या समाधान गरेरै छाड्नुपर्ने बताए । फुटपरस्त गतिविधिलाई निरुत्साहित गर्नुपर्ने उनको भनाइ छ ।

‘पार्टीलाई सुदृढ बनाउनको निम्ति अध्यक्षद्वय, सचिवालय, स्थायी कमिटीका सदस्यले भूमिका खेल्नुपर्छ । यो पक्ष र त्यो पक्षमा पार्टीलाई विघटन गर्ने, फुट ल्याउने कुनै पनि गतिविधिलाई हामीले परास्त गर्नुपर्छ’ नेता शाहले भने, ‘पार्टी भित्रको समस्यालाई वार्ता संवादबाट समाधान गर्नुपर्छ । दुई अध्यक्षले मात्रै समस्याको समाधान गर्न सक्दैनन् । त्यसैले बैठकबाटै सबै समस्याको समाधान निकाल्नुपर्छ ।’

पार्टीले पहिले गरेका सबै निर्णयको इमान्दारीतापूर्वक कार्यान्वयन र छिट्टै महाधिवेशनमार्फत पार्टी नेतृत्व चयन गर्नु नै निकास रहेको उनको तर्क छ । ‘निकास भनेको हामीले गरेका सहमति, समझदारी र निर्णयको इमान्दारीतापूर्वक कार्यान्वयन नै हो । अन्तर्पार्टी निर्देशनको निर्णय कार्यान्वयन हुन सकेको छैन । एकले मुख्य रूपमा सरकार चलाउने र अर्कोले पार्टी चलाउने साथै महत्त्वपूर्ण निर्णयमा अध्यक्षद्वय र सचिवालय सदस्यलगायत छलफल, सरसल्लाह गर्ने मूल सहमति हो । अब पार्टीको विशेष महाधिवेशन गरेर निर्वाचनमार्फत नै पार्टीको नेतृत्व चयन गर्ने दिशातर्फ अघि बढ्नुपर्छ’, नेता शाहको भनाइ छ ।

नेकपा स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले बुधबारको स्थायी कमिटी बैठकमा पार्टीका अध्यक्षद्वयले प्रस्तुत गरेको प्रतिवेदनमा छलफल गर्ने तयारी रहे पनि अचानक अध्यादेश प्रकरण आएकोले छलफल विषयान्तर भएको बताइन् । प्रतिवेदनमाथि छलफल गरिने र आगामी बैठकपछि निचोड निकाल्ने उनको भनाइ छ ।

प्रधानमन्त्री छलफल र बैठकबाट भागेको भन्दै शाक्यले भनिन्, ‘उहाँले जे-जे भन्नुभएको भए पनि प्रतिवेदनमाथि छलफल चल्नैपर्छ । पार्टी विधि र विचार शून्य भएको छ । निष्कर्षमा पुर्‍याउनुपर्छ । प्रधानमन्त्री ओली छलफलबाट भाग्न पाउनुहुन्न ।’

आगामी स्थायी कमिटी बैठकपछि पार्टी विवाद समाधानको निष्कर्षमा पुग्ने र केन्द्रीय कमिटीमा लैजाने नेता शाक्यको भनाइ छ । नेकपाले स्थायी कमिटी बैठक ५ पौषमा र केन्द्रीय कमिटी बैठक १० पौषमा बोलाएको छ । शिलापत्र

Author

  • Avatar photo
    आयो रैबार डेस्क

    View all posts

नेकपा विवाद
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित समाचार

कर्णाली सहित ४ प्रदेशका पहाडी भू-भागमा आंशिक बदलीहुने, बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने

२१ माघ २०७९, शनिबार ०४:५६

ठुला दलले देशलाई निकास दिन सक्दैनन् : प्रभु साह

२१ माघ २०७९, शनिबार ०४:५३

‘कृषि तथा वन पैदावरमा आधारित मझौला उद्योगहरुलाई प्रदेश सरकारले पहिलो प्राथमिकतामा राखेर विकास गर्ने’

२१ माघ २०७९, शनिबार ०४:४१

Leave A Reply Cancel Reply

aayo raibar

निशान्त मिडिया प्रा. लि.

सुचना विभाग दर्ता नं.२२११/०७७/०७८
वीरेन्द्रनगर-३, सुर्खेत
अध्यक्ष/ प्रधान सम्पादक जीवन शाही
सम्पादक: शकुन्तला शाही
कार्यकारी निर्देशकः मञ्जु शाही

लेख, रचना तथा समाचारका लागि:
इमेलः newsaayoraibar@gmail.com

विज्ञापनका लागि

हामीसँग विज्ञापन गर्न इच्छुक हुनुहुन्छ भने यसका लागि हामीसँग विभिन्न प्याकेजहरु छन् । हामीलाई निम्न नम्बर र इमेलमा सम्पर्क गरेर यसबारे थप जानकारी लिन सक्नुहुन्छ ।

इमेलः advertising@aayoraibar.com,
मोबाइल नम्बरः ९८५८०३९९९७

हामीसँग काम गर्नुहाेस्

आयो रैबारले सुरुवातदेखि नै लेख्न चाहने र समाचारप्रति भोक भएकाहरुलाई विशेष प्राथमिकता दिँदै आएको छ । तपाईंलाई पनि टिममा रहेर काम गर्न मन छ भने हामीलाई इमेल गर्न सक्नुहुनेछ। इमेलमा तपाईं किन समाचारमा काम गर्न चाहनुहुन्छ भन्ने पनि खुलाउन नर्बिसिनुहोला ।

ईमेलः aayoraibar@gmail.com

© 2022 Nishant Media Pvt. Ltd. | Developed by Webpal

हाम्रो बारेमा / हाम्रो टीम / प्रयोग नीति / गोपनियताको नीति