काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई निषेध नभएर नियन्त्रण गरेको बताएका छन् । शुक्रबार पेरिशडाडाँमा प्रचण्ड–नेपाल समूहको प्रदेश १ स्तरीय भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।
उनले प्रधामन्त्री ओली पार्टी निर्णयभन्दा बाहिर गएकाले नियन्त्रण गर्नुपर्ने अवस्था आएको बताउँदै ओलीलाई पार्टीका निर्यण मान्न आग्रह समेत गरको छन् ।
‘अध्यक्ष ओलीलाई निषेध होइन नियन्त्रण गर्न खोजेका हौँ,’ उनकाे भनाइ थियाे । अध्यक्ष प्रचण्डले आफूहरुले ल्याएको प्रतिवेदनमा पार्टीभित्र देखिएका समस्या, तिनको निराकरणका बारेमा प्रतिवेदन ल्याएको भन्दै अध्यक्ष ओलीको प्रतिवेदन भने व्यक्तिगत गालीगलौज भएको बताएका छन् । बैठकलाई सम्बोधन गर्दै नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले ओलीले आफुहरुलाई धोका दिएको बताएका थिए ।