• होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Facebook Twitter Instagram
Aayo Raibar
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Aayo Raibar
Home » अनसनरत डा. केसीकाे स्वास्थ्य अवस्था झन् गम्भीर बन्दै, उपचार सेवा लिन अस्वीकार
कर्णाली

अनसनरत डा. केसीकाे स्वास्थ्य अवस्था झन् गम्भीर बन्दै, उपचार सेवा लिन अस्वीकार

आयो रैबार डेस्कBy आयो रैबार डेस्क४ आश्विन २०७७, आईतवार ०९:५९
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

सुर्खेत । चिकित्सा शिक्षा सुधारको माग राख्दै पटक पटक अनसन बस्दै आएका डा. गोविन्द केसी विगत केही महिना यता जुम्लामा छन् । दुर्गमका नागरिकको उपचार गर्दै हिडिरहेका डा. केसी आफ्नै स्वास्थ्य चेकजाँचका लागि अस्पलात जान खोज्दा केही हप्ताअघि जिल्ला प्रहरी कार्यालय जुम्लाले उनलाई बाटौमै रोक्यो । माथिको आदेश भन्दै डा. केसीलाई प्रहरीले केही दिन होटल बाहिर पनि निस्कन दिएन ।

अन्तत : आफ्नो मागप्रति अडित डा. केसीले प्रहरीको आँखा छल्दै १९ औं पटक मष्टो देवताको मन्दिरमा अनसन थाले । अनसनपछि दिनप्रतिदिन उनको स्वास्थ्य अवस्था बिग्रदै गएको थियो । डा. केसीको स्वास्थ्य अवस्था निगरानी गर्न भन्दै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले चार जना चिकित्सकको टोली खटाएको छ । तर गएराती अनसनरत डा. केसीलाई प्रहरीले अपहरण शैलीमा जबरजस्ती अस्पताल पु¥र्याएपछि उनको स्वास्थ्य अवस्था झन् चिन्ताजनक बनेको छ ।

शनिबारसम्म दिनमा ३ पटक सामान्य स्वास्थ्य जाँच गरिरहेका डा. केसीले प्रहरीले आफुलाई अपहरण शैलीमा अस्पताल पु¥र्याएको भन्दै कुनै पनि स्वास्थ्य जाँच लिन मानेका छैनन् । कुनै पनि स्वास्थ्य जाँच नलिदाँ रगतमा चिनीको मात्रा न्य्रन भई प्रमुख अंगहरुमा जटिल समस्या देखिनसक्ने उनको चेकजाँचमा खटिएका चिकित्सकको भनाइ छ ।

डाक्टरद्धोय प्रविणकुमार गिरी, धिरज गुरुङ, अनुपमंगल समाल र सविना थापाद्धारा हस्ताक्षरीत डा. केसीको स्वास्थ्य अवस्थाबारे जानकारी पत्रमा रोग प्रतिरोधात्मक क्षमता कम हुदाँ संक्रमणको खतरा बढ्नसक्ने उल्लेख छ ।

डा. केसीलाई शनिबार राती प्रहरीले जबरजस्ती उठाएर अस्पताल लगेको हो । करिब पौने एघार बजे प्रहरीले उनलाई उपचारका लागि भन्दै जवरजस्ती कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगेको डा. केसीका सहयोगी स्थानीय युवा महेन्द्र कार्कीले बताए । ‘राती म घर गएको थिएँ । प्रहरी आएर जबरजस्ती लगेछन’ उनले भने ।

उनका अनुसार डा. केसीको नियमित स्वास्थ्य निगरानी गरिरहेका चिकित्सकले शनिबार दिउँसो अस्पताल लैजानुपर्ने सुझाव दिएका थिए । तर उनले अस्पताल जान मानेका थिएनन् ।\

यी हुन केसीका ६ बुँदे माग
१. कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल पूर्वाधार र जनशक्ति पुर्याएर एमबीबीएस लगायतका कार्यक्रमहरु संचालन गरियोस्। गेटा मेडिकल कलेज र राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शीघ्र पूर्वाधार र जनशक्ति पुर्याएर पठनपाठन शुरू गरियोस्। प्रदेश नं दुई र गण्डकी प्रदेश तथा डोटी वा डडेल्धुरा, उदयपुर र इलाम वा पाँचथरमा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया अघि बढाइयोस् ।
२. मास्कको प्रयोग र सामाजिक दुरीलाई अनिवार्य गर्दै पीसीआर परीक्षण व्यापक बनाएर लकडाउन र निषेधाज्ञा अन्त गरियोस्। कोभिड तथा अन्य रोगका सबै बिरामीहरुका लागि समेत उचित उपचारको व्यवस्था गरियोस्।
३. हामीसँग २०७५ साउन १० गते भएको सम्झौताअनुसार चिकित्सा शिक्षा ऐनमा संशोधन गरियोस्।
४. त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानमा वरिष्ठता मिचेर भएका नियुक्तिहरु सच्याउँदै सबै पदमा वरिष्ठताका आधारमा नियुक्ति गरियोस्। विश्वबिद्यालय, काउंसिल र प्रतिस्ठानहरुमा पदाधिकारी नियुक्तिका लागि पदाधिकारी मापदण्ड निर्धारण समितिले दिएको सुझाब अनुरूप निष्पक्ष र पारदर्शि ढङ्गले पदाधिकारी नियुक्त गर्ने कानूनी व्यवस्था गरियोस्।
५. बयलपाटा अस्पताललाई नियमित आवश्यक बजेटको व्यवस्था गरी दिगो निशुल्क सेवा सुनिस्चित गरियोस्।

६. राज्य लक्ष्मी गोल्छा घुस काण्ड, आयल निगम जग्गा खरीद काण्ड, वाइड बडी काण्ड, सेक्युरिटी प्रेस खरीद काण्ड, दरबारमार्गको जग्गा काण्ड, ओम्नी समुहको औषधि खरीद काण्ड लगायत सबै ठूला भ्रष्टाचार काण्डका दोषीहरुलाई कानुन बमोजिम छानविन र कारवाही गरियोस्। बालुवाटार जग्गा काण्डमा आपराधिक लाभ लिने सत्तारुढ दलका नेतामाथि छानविन र कारवाही चलाइयोस्। यी सबै प्रकरणका दोषीहरुलाई कारवाही नगरेर सत्ताको इशारामा उन्मुक्ति दिएमा अख्तियारका बहालवाला तथा सेवा निवृत्त आयुक्तहरुमाथि पनि कानुन बमोजिम छानविन र महाभियोगलगायतका कारवाही गरियोस्। अख्तियारका आयुक्त लगायत सबै दोषी व्यक्तिहरुमाथि सम्पत्ति शुद्धीकरणको मुद्दा चलाइयोस्।

Author

  • Avatar photo
    आयो रैबार डेस्क

    View all posts

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित समाचार

 मन्त्रिपरिषद् विस्तार गर्न केन्द्रमा ‘डेलिगेशन’

८ माघ २०७९, आईतवार १८:०६

बुद्धलाई चिन्न सकेनौं-मन्त्री सुदन किराती

८ माघ २०७९, आईतवार १७:५०

प्रधानमन्त्री प्रचण्डकाे नेतृत्वमा नयाँ अनुहार समेटिएको नयाँ मन्त्रिपरिषद् 

३ माघ २०७९, मंगलवार १३:४२

Leave A Reply Cancel Reply

aayo raibar

निशान्त मिडिया प्रा. लि.

सुचना विभाग दर्ता नं.२२११/०७७/०७८
वीरेन्द्रनगर-३, सुर्खेत
अध्यक्ष/ प्रधान सम्पादक जीवन शाही
सम्पादक: शकुन्तला शाही
कार्यकारी निर्देशकः मञ्जु शाही

लेख, रचना तथा समाचारका लागि:
इमेलः newsaayoraibar@gmail.com

विज्ञापनका लागि

हामीसँग विज्ञापन गर्न इच्छुक हुनुहुन्छ भने यसका लागि हामीसँग विभिन्न प्याकेजहरु छन् । हामीलाई निम्न नम्बर र इमेलमा सम्पर्क गरेर यसबारे थप जानकारी लिन सक्नुहुन्छ ।

इमेलः advertising@aayoraibar.com,
मोबाइल नम्बरः ९८५८०३९९९७

हामीसँग काम गर्नुहाेस्

आयो रैबारले सुरुवातदेखि नै लेख्न चाहने र समाचारप्रति भोक भएकाहरुलाई विशेष प्राथमिकता दिँदै आएको छ । तपाईंलाई पनि टिममा रहेर काम गर्न मन छ भने हामीलाई इमेल गर्न सक्नुहुनेछ। इमेलमा तपाईं किन समाचारमा काम गर्न चाहनुहुन्छ भन्ने पनि खुलाउन नर्बिसिनुहोला ।

ईमेलः aayoraibar@gmail.com

© 2022 Nishant Media Pvt. Ltd. | Developed by Webpal

हाम्रो बारेमा / हाम्रो टीम / प्रयोग नीति / गोपनियताको नीति