काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग खुमलटारमा छलफल गरेर प्रधानमन्त्री ओली गृहमन्त्री राम बहादुर थापा निवास पुल्चोकमा छलफलमा जुटेका छन् ।
प्रधानमन्त्री ओलीसँग गृहमन्त्री थापा, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल र भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङ छलफलमा बसेका छन् ।
यसअघि ओली प्रचण्डलाई भेट्न उनकै निवास खुमलटार पुगेका थिए । अध्यक्षद्वयको छलफलमा उपाध्यक्ष बामदेव गौतम पनि पुगेका थिए । सत्तारुढ नेकपामा विवाद चर्चिकरहेका बेला सहमतिको प्रयास पनि तीव्र बनेको छ ।
हिजो बेलुका बालुवाटारमा पुगेका प्रचण्डलाई प्रधानमन्त्री ओलीले भोलि खुमलटारमै आएर छलफल गर्छु भनेका थिए । नेकपामा पछिल्लो समय आन्तरिक विवाद चर्किरहेको अवस्थामा प्रधानमन्त्री ओलीले थप ठाउँ दिएका थिए ।
उनले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएर प्रचण्ड र वरिषठ नेता माधव कुमार नेपाल समूहलाई थप चिढ्याएका थिए । यससँगै नेकपामा वारपारको अवस्था आएको राजनीतिक वृत्तमा चर्चा चलेको थियो ।