सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले ओली पक्षका दुई मन्त्रीलाई बर्खास्त गर्ने तयारी थालेका छन् ।
कर्णाली प्रदेशमा ओली पक्षका सामाजिक विकासमन्त्री दल रावल र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढा रहेका छन् ।
मुख्यमन्त्रीलगाएतका अन्य नेताहरु अहिले प्रधानमन्त्री ओलीले संसद विघटनको बिरुद्धमा आन्दोलनका क्रममा जिल्लामा गएको मुख्यमन्त्रीलगाएतका अन्य शिर्ष नेताहरु सुर्खेत आए लगत्तै ओली पक्षका मन्त्रीहरुलाई बर्खास्त हुने प्रचण्ड–नेपाल पक्षका एक प्रदेशसभा सांसदले बताए । ‘मुख्यमन्त्री अहिले कालिकोटमा हुनुहुन्छ ।’ ती सांसदले भने,‘मुख्यमन्त्री सुर्खेत आउँदा साथ एउटा निर्णय हुन्छ ।’
मुख्यमन्त्री शाही बिरुद्ध अविश्वासको प्रस्ताव आउँदा नेपाल पक्षका दुई जना मन्त्री थप्ने सहमतिका साथ मुख्यमन्त्री शाहीको पद जोगिएको थियो ।
नेपाल पक्षसँग भएको सहमतिको पालना लागि पनि ओली पक्षका दुई मन्त्री हटाएर त्यसको ठाउँमा नेपाल पक्षका दुई मन्त्री थप्ने तयारीमा मुख्यमन्त्री शाही लागेको ती सांसदले बताए । ‘मुख्यमन्त्रीले ओली पक्षका दुई मन्त्री हटाएर नेपाल पक्षका दुई मन्त्री नियुक्त गर्नुहुन्छ ।’ उनले भने,‘नयाँ मन्त्री को–को बनाउने त्यसको आन्तरिक तयारी पनि थालिएको छ ।’