• होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Facebook Twitter Instagram
Aayo Raibar
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Aayo Raibar
Home » नेकपाका जिल्ला अध्यक्ष र सचिव को कता ? (सूचिसहित)
प्रदेश मुख्य समाचार

नेकपाका जिल्ला अध्यक्ष र सचिव को कता ? (सूचिसहित)

आयो रैबार डेस्कBy आयो रैबार डेस्क१६ पुष २०७७, बिहीबार १५:१२
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनपछि वैधानिकताको दाबी दुवै समूहले गरिरहेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली समूहले पार्टीको नाम र निर्वाचन चिन्ह आफूले पाउने दाबी गरेको छ । अर्को पक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले पनि आफूहरुसँग केन्द्रीय कमिटी सदस्यहरुको बहुमत भएकाले पार्टी नाम र निर्वाचन चिन्ह सूर्य आफूहरुले पाउने दाबी गरेको छ ।

प्रचण्ड–माधव समूहले पार्टी विभाजन अगाडि कायम ४३७ सदस्यीय केन्द्रीय कमिटीका २९७ सदस्यहरुको हस्ताक्षर निर्वाचन आयोगमा बुझाएको छ । तर, बहुमत देखाउने प्रयासकै लागि ओली समूहले प्रचण्ड र माधव समूहका नेताहरुसहित समेटेर केन्द्रीय कमिटी संख्या ११९९ पुर्‍याएको छ ।

साविकको कमिटीभन्दा झण्डै तीन गुणा बढाएर निर्वाचन आयोगमा बुझाएका ओलीले बुधबार भने साविकको केन्द्रीय कमिटीमा प्रचण्ड र माधव समूहको बहुमत रहेको स्वीकार गरेका थिए ।

३३ जिल्लामा ओली समूह पदाधिकारीविहीन

संसदीय दल र केन्द्रीय कमिटीमा अल्पमतमा रहेको ओली समूह जिल्ला नेतृत्वमा पनि प्रष्ट अल्पमतमा छ । ७७ जिल्लाका १५४ जना अध्यक्ष र सचिवमध्ये ओली समूहमा ४३ जना मात्रै लागेका छन् । एमाले र माओवादी एकीकरण भएर बनेको नेकपाको जिल्ला नेतृत्वमा अध्यक्ष र सचिवसमेत दुईजना मात्रै पदाधिकारी थिए । जिल्ला कमिटीहरुको एकीकरण प्रक्रिया सकिएकै थिएन ।

जिल्ला कमिटीका अध्यक्ष र सचिवमध्ये ओली समूहतर्फ २९ जिल्ला अध्यक्ष र १४ जना सचिव मात्रै उभिएका छन् । बाँकी ४७ जिल्ला अध्यक्ष प्रचण्ड र माधव समूहमा लागेका छन् ।

प्यूठानका अध्यक्ष तुलसीराम शर्मा वामदेव गौतम नखुलेसम्म कुनै समूहमा नखुल्ने अडानमा छन् । ६३ जिल्ला सचिवहरु प्रचण्ड र माधव समुहमा उभिएका छन् । ३३ जिल्लामा त ओली समूह पदाधिकारीविहीन बनेको छ ।

ओली समूह प्रदेश २ मा सबैभन्दा बढी कमजोर देखिएको छ । आठ जिल्ला रहेको यो प्रदेशमा तीनजना जिल्ला पदाधिकारी मात्रै ओली समूहमा लागेका छन् ।

यसपछि प्रधानमन्त्रीकै गृह प्रदेश रहेको प्रदेश १ मा ओली समूह कमजोर छ । यो प्रदेशका २८ पदाधिकारीमध्ये ८ जिल्लामा ओली समूह पदाधिकारी विहीन बनेको छ । ६ जना जिल्ला अध्यक्ष ओली समूहमा छन् । यो प्रदेशका कुनै पनि जिल्ला सचिव ओली समूहमा छैनन् ।

पार्टी एकताका बेला एमाले र माओवादीले जिल्ला अध्यक्ष र सचिवको भाग लगाएकाले प्रचण्ड–माधव नेपाल समूहका ७६ जिल्लामा पदाधिकारी छन् । बाजुराका दुवै पदाधिकारी ओली समूहमा लागेकाले प्रचण्ड र माधव समूह यहाँ पदाधिकारीविहीन हुन पुगेको छ ।

तर, सबै प्रदेशमा प्रचण्ड र माधव समूह प्रष्ट बहुमतमा छन् । सबैतिर कमजोर रहेको ओली समूह गण्डकी प्रदेशमा भने तुलनात्मक राम्रो अवस्थामा छ । ११ जिल्ला रहेको यो प्रदेशमा ओली समूहतर्फ ९ जना छन् । यसपछि १२ जिल्ला रहेको लुम्बिनीमा ओली समूहतर्फ ८ जना पदाधिकारी देखिएका छन् ।

प्रदेश १ : गृह प्रदेशमै ओली कमजोर

प्रदेश १ मा ८ जिल्लामा अध्यक्ष र ६ जिल्लामा ओली समूहका अध्यक्ष छन् । प्रदेश १ ओलीकै गृह प्रदेश हो । तर, जिल्ला पदाधिकारीहरुमा यो प्रदेश ओली सबै प्रदेशभन्दा कमजोर छ । अध्यक्ष र सचिव गरी २६ पदाधिकारी मध्ये ओली समूहका ६ जना मात्रै छन् । आठ जिल्लामा त ओली समूह पदाधिकारीविहीन बनेको छ ।

धनकुटा, ताप्लेजुङ, सुनसरी, खोटाङ, सोलुखम्बु, ओखलढुङ्गा, उदयपुर, तेह्रथुम र संखुवासभामा प्रचण्ड र माधव समूहका मात्रै पदाधिकारी छन् । त्यसैले यो प्रदेशमा ओलीले साविकको समूह परिवर्तन गराउने प्रयास गरिरहेका छन् । तर, विभाजनको अन्तिममा मात्रै त्यो भने टुंगो लाग्नेछ ।

क्र.स.जिल्लानामपदसमूह
१धनकुटाराजेन्द्र राईअध्यक्षप्रचण्ड-माधव
ऋषिराम ढुंगानासचिवप्रचण्ड-माधव
२ताप्लेजुङबिजय बनेमअध्यक्षप्रचण्ड-माधव
बलबहादुर साम्सोहाङसचिवप्रचण्ड-माधव
३सुनसरीयोगेन्द्र मण्डलअध्यक्षप्रचण्ड-माधव
रमेश वस्नेतसचिवप्रचण्ड-माधव
४खोटाङदेवान चाम्लिङअध्यक्षप्रचण्ड-माधव
राम दंगालसचिवप्रचण्ड-माधव
५ओखलढुंगामोहनकुमार खड्काअध्यक्षप्रचण्ड-माधव
मोहन श्रेष्ठसचिवप्रचण्ड-माधव
६उदयपुरविनोद कटवालअध्यक्षप्रचण्ड-माधव
इश्वरमणि राउतसचिवप्रचण्ड-माधव
७तेह्रथुमलक्ष्मण तिवारीअध्यक्षप्रचण्ड-माधव
इन्द्रबहादुर इम्सुङसचिवप्रचण्ड-माधव
८संखुवासभाहेमराज घिमिरेअध्यक्षप्रचण्ड-माधव
कृष्ण याख्यासचिवप्रचण्ड-माधव
९इलामराम रानाअध्यक्षओली
सोममाया राईसचिवप्रचण्ड-माधव
१०पाँचथरराजकुमार भण्डारीअध्यक्षओली
होम जबेगुसचिवप्रचण्ड-माधव
११झापाचिन्तन पाठकअध्यक्षओली
मणिकुमार साम्पाङसचिवप्रचण्ड-माधव
१२मोरङऋषिकेश पोखरेलअध्यक्षओली
गणेश उप्रेती सुशिलसचिवप्रचण्ड-माधव
१३भोजपुरप्रेमकुमार राईअध्यक्षओली
बिमल खड्कासचिवप्रचण्ड-माधव
१४सोलुखम्बुमानबीर राईअध्यक्षओली
गोम्बु शेर्पासचिवप्रचण्ड-माधव

प्रदेश २ : प्रचण्ड–माधवको प्रष्ट बर्चश्व

प्रदेश २ का आठ जिल्लाका १६ पदाधिकारीमध्ये ओली समूहतर्फ तीनजना मात्रै छन् । धनुषाका जिल्ला अध्यक्ष राजकिशोर यादव, महोत्तरीका सचिव शोकिलाल यादव र पर्साका अध्यक्ष प्रभु हजारा मात्रै ओली समुहका हुन् ।

बाँकी सवै प्रचण्ड र माधव नेपाल समूहका हुन् । यो प्रदेशका पाँच जिल्लामा ओली समूह पदाधिकारीविहीन बनेको छ ।

क्र.सं.जिल्लानामपदसमूह
१.सप्तरीअशोक मण्डल ‘अमर’अध्यक्षप्रचण्ड-माधव
गोबिन्द बहादर न्यौपानेसचिवप्रचण्ड-माधव
२सिराहारामकुमार यादवअध्यक्षप्रचण्ड-माधव
प्रमोद यादवसचिवप्रचण्ड-माधव
३.धनुषाराजकिशोर यादवअध्यक्षओली समूह
दीपक यादवसचिवप्रचण्ड-माधव
४महोत्तरीराजु खड्काअध्यक्षप्रचण्ड-माधव
शोकीलाल यादवसचिवओली समूह
५सर्लाहीरेवती पन्तअध्यक्षप्रचण्ड-माधव
कमल बूढाथोकीसचिवप्रचण्ड-माधव
६रौतहटकमल रायअध्यक्षप्रचण्ड-माधव
सचिव पद खाली––
७बाराक्षेत्र बहादुर श्रेष्ठ ‘अनिल’अध्यक्षप्रचण्ड-माधव
सुन्दर बहादुर विकसचिवप्रचण्ड-माधव
८पर्साप्रभु हजाराअध्यक्षओली
विजय महतोसचिवप्रचण्ड-माधव

बागमती : ६ जिल्लामा ओली समूह पदाधिकारीविहीन

बागमतीका ६ जिल्लामा ओली समूह पदाधिकारीविहीन बनेको छ । रामेछाप, काभ्रे, मकवानपुर, चितवन, नुकवाकोट र रसुवाका जिल्ला अध्यक्ष र सचिव नै प्रचण्ड र माधव समूहका छन् ।

१३ जिल्लाको २६ पदाधिकारीमध्ये सात पदाधिकारी मात्रै ओलीतर्फका हुन् । ओलीतर्फका धादिङ जिल्ला अध्यक्ष नेत्र पौडेलले केही दिन अगाडि राजनीति नै छोडेको घोषणा गरेका छन् ।

क्र.स.जिल्लानामपदसमूह
१रामेछापमैनकुमार मोक्तानअध्यक्षप्रचण्ड-माधव
शान्ति पौडेलसचिवप्रचण्ड-माधव
२दोलखाईश्वरचन्द्र पौडेलअध्यक्षओली
गोपाल पाण्डेसचिवप्रचण्ड-माधव
३सिन्धुपाल्चोकझम्क नेपालअध्यक्षप्रचण्ड-माधव
दावा लामासचिवओली
४काभ्रेरुकु चौलागाइँअध्यक्षप्रचण्ड-माधव
टोकबहादुर वाइबासचिवप्रचण्ड-माधव
५सिन्धुलीराजन दाहालअध्यक्षप्रचण्ड-माधव
प्रदीप कट्वालसचिवओली
६ललितपुरहरिकृष्ण बेञ्जनकारअध्यक्षओली
राजकाजी महर्जनसचिवप्रचण्ड-माधव
७काठमाडौंकृष्ण राईअध्यक्षओली
हिमाल शर्मासचिवप्रचण्ड-माधव
८भक्तपुरबचन देउजाअध्यक्षओली
डीपी ढकालसचिवप्रचण्ड-माधव
९मकवानपुरमुनु सिग्देलअध्यक्षप्रचण्ड-माधव
कुमारी मोक्तानसचिवप्रचण्ड-माधव
१०धादिङनेत्र पौडेलअध्यक्षओली
शालिकराम जम्मर कट्टेलसचिवप्रचण्ड-माधव
११चितवनयमबहादुर परियारअध्यक्षप्रचण्ड-माधव
कृष्णभक्त पोखरेलसचिवप्रचण्ड-माधव
१२नुवाकोटहरिनाथ खतिवडाअध्यक्षप्रचण्ड-माधव
नारायण खतिवडासचिवप्रचण्ड-माधव
१३रसुवाकन्र्याल लामाअध्यक्षप्रचण्ड-माधव
इन्द्र गोतामेसचिवप्रचण्ड-माधव

गण्डकी : ओली समूह तुलनात्मक राम्रो अवस्थामा

दुई जिल्लामा ओली समूह पदाधिकारीविहीन छ । म्याग्दी र बाग्लुङमा ओली पदाधिकारीविहीन बनेका हुन् । ११ जिल्ला रहेको यो प्रदेशमा ओली समूहका ९ जना पदाधिकारी छन् ।

पर्वत, मनाङ, तनहुँ, नवलपुर र मुस्ताङका अध्यक्ष ओली समूहका छन् । लमजुङ, कास्की, गोरखा र स्याङ्जाको सचिव ओली समूहमा छन् । बाँकी १३ पदाधिकारी प्रचण्ड र माधव नेपाल समूहमा लागेका छन् ।

क्र.स.जिल्लानामपदसमूह
१म्याग्दीगोविन्द पौडेलअध्यक्षप्रचण्ड-माधव
हरिकृष्ण श्रेष्ठसचिवप्रचण्ड-माधव
२पर्वतपवन गिरीअध्यक्षओली
सुदीप कुँवरसचिवप्रचण्ड-माधव
३बाग्लुङइन्द्रलाल सापकोटाअध्यक्षप्रचण्ड-माधव
ज्ञाननाथ गैरेसचिवप्रचण्ड-माधव
४लमजुङमधुमाया अधिकारीअध्यक्षप्रचण्ड-माधव
धनञ्जय दवाडीसचिवओली
५कास्कीकृष्ण थापाअध्यक्षप्रचण्ड-माधव
बखानसिंह तमुसचिवओली
६मनाङपाल्देन छोपाङ गुरुङअध्यक्षओली
वेदबहादुर गुरुङसचिवप्रचण्ड-माधव
७मुस्ताङचन्द्रमोहन गौचनअध्यक्षओली
सत्यनारायण गौचनसचिवप्रचण्ड-माधव
८गोरखालेखबहादुर थापामगरअध्यक्षप्रचण्ड-माधव
प्रेम गुरुङसचिवओली
९तनहुँकेदार सिग्देलअध्यक्षओली
.राजेन्द्रकेशरी न्यौपानेसचिवप्रचण्ड-माधव
१०नवलपुररोशन गाहा मगरअध्यक्षओली
मित्रशरण शर्मासचिवप्रचण्ड-माधव
११स्याङ्जासूर्यप्रसाद गैरेअध्यक्षप्रचण्ड-माधव
मीनबहादुर गुरुङसचिवओली

लुम्बिनी प्रदेश : वामदेव गौतमका एक अध्यक्ष

लुम्बिनीका तीन जिल्लामा ओली समूह पदाधिकारीविहीन बनेको छ । रोल्पा, दाङ र बाँकेमा ओली समूह पदाधिकारीविहीन बनेको हो । लुम्बिनीका १२ जिल्लाका २४ पदाधिकारीमा ओलीतर्फका पाँच अध्यक्ष र तीन सचिव छन् । बाँकी सबै प्रचण्ड र माधव समूहका हुन् ।

क्र.स.क्र.स.नामपदसमूह
११सुरेन्द्र घर्तीअध्यक्षप्रचण्ड-माधव
हरिबहादुर घर्तीसचिवप्रचण्ड-माधव
२२मेघबहादुर श्रेष्ठअध्यक्षप्रचण्ड-माधव
सतमान पुनसचिवओली
३३भविश्वर तिवारीअध्यक्षप्रचण्ड-माधव
तुल्सी पासीसचिवओली
४४टीकाराम खड्काअध्यक्षप्रचण्ड-माधव
सुबास पुनसचिवप्रचण्ड-माधव
५५आइपी खरेलअध्यक्षप्रचण्ड-माधव
अशोक कोइरालासचिवप्रचण्ड-माधव
६६भवनकुमार थारुअध्यक्षप्रचण्ड-माधव
लालबहादुर श्रेष्ठसचिवओली
७७शिवराज सुवेदीअध्यक्षओली
निर्मल जिसीसचिवप्रचण्ड-माधव
८८शिवराज सुवेदीअध्यक्षओली
रामचन्द्र शाह ठकुरीसचिवप्रचण्ड-माधव
९९चेतनारायण आचार्यअध्यक्षओली
ठाकुर विकसचिवप्रचण्ड-माधव
१०१०मधुकृष्ण पन्तअध्यक्षओली
बीरबहादुर कार्कीसचिवप्रचण्ड-माधव
११११नारायण आचार्यअध्यक्षओली
राजेन्द्र विकसचिवप्रचण्ड-माधव
१२१२तुलसीराम शर्माअध्यक्षवामदेव
कृष्ण अधिकारी प्रकाशसचिवप्रचण्ड-माधव

कर्णाली प्रदेश : ओली समूहका ६ जना मात्रै

कर्णालीका १० जिल्लाका २० पदाधिकारीमध्ये ओली समूहका ६ जना मात्रै छन् । चार जिल्लामा ओली समूह पदाधिकारी विहीन छ । सुर्खेत, जाजरकोट, जुम्ला र रुकुमका अध्यक्ष र सचिव नै प्रचण्ड–माधव समूहका हुन् ।

सुर्खेत, जाजरकोट, कालीकोट, जुम्ला, हुम्ला, मुगु र रुकुम पश्चिममा प्रचण्ड–नेपालका अध्यक्ष छन् भने सल्यान, दैलेख र डोल्पामा केपी ओली समूहका अध्यक्ष छन् । सुर्खेत, जाजरकोट, दैलेख, जुम्ला, डोल्पा, सल्यान र रुकुममा प्रचण्ड नेपाल समूहका सचिव छन् । कालीकोट, हुम्ला र मुगुमा ओली समूहका सचिव छन् ।

क्र.स.जिल्लानामपदसमूह
१सुर्खेतध्रुब शाहीअध्यक्षप्रचण्ड-माधव
कृष्ण जिसीसचिवप्रचण्ड-माधव
२दैलेखरवीन्द्र शर्माअध्यक्षओली
प्रेम कटुवालसचिवप्रचण्ड-माधव
३जाजरकोटढकवीर रानाअध्यक्षप्रचण्ड-माधव
करवीर शाहीसचिवप्रचण्ड-माधव
४कालीकोटधनजीत शाहीअध्यक्षप्रचण्ड-माधव
नागेन्द्र शाहीसचिवओली
५जुम्लावीरबहादुर कुँवरअध्यक्षप्रचण्ड-माधव
तीर्थबहादुर बुढासचिवप्रचण्ड-माधव
६हुम्लालालकेश जैसीअध्यक्षप्रचण्ड-माधव
दल रावलसचिवओली
७मुगुसुरवीर बुढाअध्यक्षप्रचण्ड-माधव
धर्मजित शाहीसचिवओली
८डोल्पादत्तबहादुर रोकायअध्यक्षओली
मालबहादुर रोकायसचिवप्रचण्ड-माधव
९सल्यानगोबिन्द पुनअध्यक्षओली
कर्णबहादुर वुढाथोकीसचिवप्रचण्ड-माधव
१०रूकुम पश्चिमगोपाल शर्माअध्यक्षप्रचण्ड-माधव
बिमल पुनसचिवप्रचण्ड-माधव

सुदूरपश्चिम प्रदेश  : बाजुरामा प्रचण्ड–माधव पदाधिकारीविहीन

सुदूरपश्चिम प्रदेशका ९ जिल्लामध्ये पाँचजना मात्रै पदाधिकारी छन् । चार जिल्ला अध्यक्ष र एक सचिवमात्रै ओली समूहमा लागेका छन् । यो प्रदेशमा पाँच जिल्लामा ओली समूह पदाधिकारीविहीन छ ।

७६ वटै जिल्लामा पदाधिकारी रहेको प्रचण्ड र माधव समूह यो प्रदेशको एउटा जिल्लामा भने पदाधिकारीविहीन छ । बाजुराका अध्यक्ष कालीबहादुर शाही र सचिव भरत बुढा दुबै ओली समूहमा लागेकाले प्रचण्ड र माधव नेपाल समूह यो जिल्लामा पदाधिकारीविहीन बनेको हो ।

क्र.स.जिल्लानामपदसमूह
१कैलालीरतन थापाअध्यक्षओली
लालबहादुर सोडारीसचिवप्रचण्ड-माधव
२कञ्चनपुरवीरबहादुर थापाअध्यक्षओली
तारा लामा तामाङसचिवप्रचण्ड-माधव
३डोटीचक्र मल्लअध्यक्षप्रचण्ड-माधव
जंग विकसचिवप्रचण्ड-माधव
४बझाङमीनबहादुर कुँवरअध्यक्षप्रचण्ड-माधव
दमन भण्डारीसचिवप्रचण्ड-माधव
५डडेलधुरामानसिं मालअध्यक्षप्रचण्ड-माधव
विरेन्द्रकुमार बस्नेतसचिवप्रचण्ड-माधव
६दार्चुलागणेशसिंह खत्रीअध्यक्षप्रचण्ड-माधव
उदय बडालसचिवप्रचण्ड-माधव
७बैतडीसुरेन्द्र पालअध्यक्षओली
प्रेमप्रकाश भट्टसचिवप्रचण्ड-माधव
८अछामशेरबहादुर कुँवरअध्यक्षप्रचण्ड-माधव
झपट साउदसचिवप्रचण्ड-माधव
९बाजुराकालीबहादुर शाहीअध्यक्षओली
भरत बुढासचिवओली
अनलाइनखबरबा६ साभार

Author

  • Avatar photo
    आयो रैबार डेस्क

    View all posts

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित समाचार

 मन्त्रिपरिषद् विस्तार गर्न केन्द्रमा ‘डेलिगेशन’

८ माघ २०७९, आईतवार १८:०६

बुद्धलाई चिन्न सकेनौं-मन्त्री सुदन किराती

८ माघ २०७९, आईतवार १७:५०

प्रधानमन्त्री प्रचण्डकाे नेतृत्वमा नयाँ अनुहार समेटिएको नयाँ मन्त्रिपरिषद् 

३ माघ २०७९, मंगलवार १३:४२

Leave A Reply Cancel Reply

aayo raibar

निशान्त मिडिया प्रा. लि.

सुचना विभाग दर्ता नं.२२११/०७७/०७८
वीरेन्द्रनगर-३, सुर्खेत
अध्यक्ष/ प्रधान सम्पादक जीवन शाही
सम्पादक: शकुन्तला शाही
कार्यकारी निर्देशकः मञ्जु शाही

लेख, रचना तथा समाचारका लागि:
इमेलः newsaayoraibar@gmail.com

विज्ञापनका लागि

हामीसँग विज्ञापन गर्न इच्छुक हुनुहुन्छ भने यसका लागि हामीसँग विभिन्न प्याकेजहरु छन् । हामीलाई निम्न नम्बर र इमेलमा सम्पर्क गरेर यसबारे थप जानकारी लिन सक्नुहुन्छ ।

इमेलः advertising@aayoraibar.com,
मोबाइल नम्बरः ९८५८०३९९९७

हामीसँग काम गर्नुहाेस्

आयो रैबारले सुरुवातदेखि नै लेख्न चाहने र समाचारप्रति भोक भएकाहरुलाई विशेष प्राथमिकता दिँदै आएको छ । तपाईंलाई पनि टिममा रहेर काम गर्न मन छ भने हामीलाई इमेल गर्न सक्नुहुनेछ। इमेलमा तपाईं किन समाचारमा काम गर्न चाहनुहुन्छ भन्ने पनि खुलाउन नर्बिसिनुहोला ।

ईमेलः aayoraibar@gmail.com

© 2022 Nishant Media Pvt. Ltd. | Developed by Webpal

हाम्रो बारेमा / हाम्रो टीम / प्रयोग नीति / गोपनियताको नीति