रूकुम पश्चिम । वन मुद्दामा फरार एक जनालाइ रूकुम पश्चिम प्रहरीले पक्राउ गरेकाे छ । आठबिसकोट नगरपालिका-३ खदी बस्ने ४९ वर्षीय सेते ऐरीले जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिममा आत्मसमपर्ण गरेका थिए । प्रहरी कार्यालयमा पुगेका उनलाइ रुकुम पश्चिम जिल्ला अदालत पठाइएकाे छ ।
अदालतले उनलाइ वन मुद्दाको लगत न. ११८८ मा एक लाख जरिवाना तोकेकाे थियाे । फैसला लगतै उनी फरार थिए ।