सुर्खेत । कोरोना भाईरस (कोभिड–१९)संक्रमणबाट कर्णाली प्रदेश अस्पतालमा कार्यरत डाक्टर हरी सापकोटाको मृत्यु भएको छ । अस्पतालका चिफ कन्सल्टेन्ट अर्थोपेडिक सर्जन डा. सापकोटाको उपचारको क्रममा नेपालगञ्जमा बिहीबार दिउँसो मृत्यु भएको हो ।
गत भदौ ३० गते प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा डा. सापाकोटालाई कोरोना पोजेटिभ भएको थियो ।
भदौ ३१ गतेदेखि कोभिड अस्पताल कालागाउँ बसेका सापकोटालाई थप उपचारको लागि यही असोज २ गते भेरी अञ्चल अस्पताल नेपालगञ्ज लगिएको थियो ।
भदौ ३१ गतेदेखि कोभिड अस्पताल कालागाउँ बसेका सापकोटालाई थप उपचारको लागि यही असोज २ गते भेरी अञ्चल अस्पताल नेपालगञ्ज लगिएको थियो । उनको उपचारको क्रममा दिउँसो ३ बजेतिर मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
१४ वर्षदेखि अस्पतालमा कार्यरत सापकाेटाकाे निधनले अस्पताल परिवार स्तव्ध भएकाे कर्णाली प्रदेश अस्पतालका निर्देशक प्रा.डा. डम्बर खड्काले बताए । ५९ वर्षीय सापकाेटाले नै तत्कालिन क्षेत्रीय अस्पतालहुँदा अर्थाेपेडी सेवा शुरु गरेकाे खड्काले जानकारी दिए । ‘उहाँ निमित्त मेसुकाे रुपमा कार्यअनुभव बटल्नु भएकाे थियाे,’याे क्षेत्रकाे स्वास्थ्यकाे विकासका लागि उहाँकाे याेगदान अतुलनिय रहेकाे छ ।’
डा. सापकोटाको निधनप्रति दुःख व्यक्त गर्दै स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतका निर्देशक डा. रविन खड्काले कोभिडको संक्रमणबाट हामीले हाम्रा अभिभावक गुमाएकाे सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् । उनले यो घटनाले देशकै लागि अपूरणिय क्षती भएको उल्लेख गर्दै कोरानालाई हल्का रुपमा नलिन आग्रह गरेका छन् ।