सुर्खेत । कर्णालीमा शुक्रबार थप ८६ जनामा कोरोना पुष्टि भएको छ । प्रदेश अस्पताल÷पशुपंन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा थप ८६ जनामा कारोना संक्रमण देखिएको हो ।
शुक्रबार थपिएका कोरोना संक्रमितमध्ये सुर्खेतका ५३ जना, जुम्लाका ७ जना, कालिकोट ४ जना, दैलेखका ६ जना, जाजरकोटका २ जना र अन्य प्रदेशका १४ जना रहेको सामाजिक विकास मन्त्रालयअन्र्तगत स्वास्थ्य सेवा महाशाखाका प्रमुख वृषबहादुर शाहीले बताए ।
कर्णालीमा योसँगै कोरोना संक्रमित हुनेको संख्या ३७२९ पुगेका छ ।
शुक्रबार ३ जनाले कोरोना संक्रमण निको भएर डिस्चार्ज भएको, डिस्चार्ज हुनेको संख्या ३०४५ पुगेको र हाल कोरोनाका संक्रमित संक्रमितको संख्या ४९२ जना रहेको महाशाखाका प्रमुख शाहीले जानकारी दिए ।
कर्णालीमा कर्णालीमा कोरोना संक्रमणका कारणले ८ जनाको मृत्यु भइसकेको महाशााखाले जनाएको छ ।