सुर्खेत। सुर्खेतमा ७२ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।
भेरीगंगा नगरपालिका–६ का ७२ वर्षीया महिलाको न्युमोनिया र मष्तिकघातको बिरामी भएका कारणले प्रदेश अस्पतालको सघन कक्षमा उपचाररत रहेको थिइन् ।
न्युमोनिया र मष्तिकघातको बिरामी भएपछि शुक्रबार प्रदेश अस्पतालमा भर्ना गरिएको र सघन कक्षमा उपचार गरिएको उनको कोरोना संक्रमणको पुष्टि भएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कंडेलले जानकारी दिए ।
सघन कक्षमा उपचाररत महिलाको शनिबार बिहान ९ बजे स्वाव संकलन गरिएको दिउँसो १ बजे महिलाको मृत्यु भएको बेलुका ६ बजे मात्र कोरोना परीक्षणको रिर्पोट पोजेटिभ आएको स्वास्थ्य शिक्षा अधिकृत कंडेलले बताए ।
कोरोना संक्रमणबाट मृत्यु भएकी महिलाको नेपाली शव व्यवस्थापन गर्ने तयारी भएको कंडेलले जानकारी दिए ।
योसँगै कर्णालीमा कोरोनाका कारणले मृत्यु हुनेको संख्या ९ पुगेको छ ।