काठमाडौँ। नेपालमा कोरोना संक्रमितको कुल संख्या ८९ हजार २ सय ६३ पुगेको छ भने मृत्यु हुनेको संख्या ५५४ पुगेको छ।
यस्तै सोमबार कोरोना भाइरसबाट निको भएर घर फर्किनेको संख्या १ हजार १ सय ३३ जना रहेका छन्। योसँगै हाल कोरोनाबाट डिस्चार्ज हुनेको संख्या ६५ हजार २ सय २ जना पुगेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार इलामका १, उदयपुरका ५, ओखलढुंगाका ३, खोटाङका ३, झापाका ८, तेह्रथुमका १, धनकुटाका १, मोरङका ५५, संखुवासभाका १, सुनसरीका १२२ जनामा कोरोना संक्रमण भएका छन।
यस्तै धनुषाका १, पर्साका ८, बाराका ८, महोत्तरीका २, रौतहटका ८४, सप्तरीका ५, सर्लाहीका ९, सिरहाका ६, काठमाडौँका ११७८, काभ्रेका ३६, चितवनका १०३, दोलखाका १, धादिङका १२, नुवाकोटका १०, भक्तपुरका १०३, मकवानपुरका १५, रामेछापका १२, ललितपुरका २५०, सिन्धुपाल्चोकका ५, र सिन्धुलीका २ जनामा कोरोना पुष्टि भएको छ।
यस्तै कास्कीका ३६, गोर्खाका १७, तनहुँका १०, नवलपरासीपूर्वका ६६, पर्वतका ३, लमजुङका २, बागलुङका १८, स्याङ्जाका ४, अर्घाखाँचीका १३, कपिलवस्तुका ८, गुल्मीका १७, दाङका ६, नवलपरासीका ५, पाल्पाका ६, प्यूठानका ५, बर्दियाका ८, बाँकेका २२, रुपन्देहीका ५८, कालिकोटका १, दैलेखका ३, रुकुमपश्चिमका १, सल्यानका १, सुर्खेतका ३०, अछामका १, कञ्चनपुरका ६, कैलालीका ३३, डडेल्धुराका २, डोटीका २, दार्चुलाका २, बझाङका १, बाजुराका १ तथा बैतडीका २ जनामा संक्रमण पुष्टि भएको हो।
यस्तै नेपालमा थप २ हजार ४ सय ४० जनामा कोरोना देखिएको छ । १३ हजार ७ सय ८१ पीसीआर परीक्षण भएकोमा ९ सय ३७ महिला र १५ सय ३ जना पुरुषमा संक्रमण देखिएको हो। काठमाडौंमा ११ सय ७८, ललितपुरमा २ सय ५० र भक्तपुरमा १ सय ३ जनामा संक्रमण देखिएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ८९ हजार २ सय ६३ पुगेको छ।
देशभरी सक्रिय संक्रमितको संख्या २३ हजार ५ सय ७ पुगेको छ। सोमबार संस्थागत आइसोलेसनमा प्रदेश नम्बर १ मा ३ सय ५, प्रदेश नम्बर २ मा ६ सय ४२, बागमती प्रदेशमा ८ हजार २ सय ९६ र गण्डकी प्रदेशमा ५ सय ६ जना रहेका छन्।
यस्तै प्रदेश नम्बर ५ मा ८ सय ६३, कर्णाली प्रदेशमा ३ सय ६८ र सुदूरपश्चिम प्रदेशमा २ सय ११ गरी देशभरी ११ हजार ९ सय ९१ जना रहेका छन्। यसैगरी होम आइसोलेसनमा प्रदेश नम्बर १ मा १ हजार ७ सय ५१, प्रदेश नम्बर २ मा ४ सय ७६, बागमती प्रदेशमा ७ हजार ५ सय ३२ र गण्डकी प्रदेशमा ५ सय ६५ जनामा संक्रमण देखिएको छ।
यस्तै प्रदेश नम्बर ५ मा १ हजार २ सय ९६, कर्णाली प्रदेशमा २ सय ७५ र सुदूरपश्चिम प्रदेशमा४ सय २१ गरी देशभरी १२ हजार ३ सय १६ जना संक्रमित होम आइसोलेसनमा रहेका छन्। आइसियुमा २ सय ३३ र भेन्टिलेटरमा ४३ जना संक्रमित उपचाररत छन्।