काठमाडौँ। नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ३ सय ६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९८ हजार ६ सय १७ पुगेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार इलामका १२, उदयपुरका ३२, ओखलढुंगाका ४, खोटाङका ४, झापाका ५५, ताप्लेजुङका ६, तेह्रथुमका ३, धनकुटाका ३, पाँचथरका २, भोजपुरका ४, मोरङका २४९, संखुवासभाका ३, सुनसरीका २१४, सोलुखुम्बका २ जनामा कोरोना संक्रमण भएको छ।
यस्तै धनुषाका २८, पर्साका ११, बाराका १४, महोत्तरीका ७, रौतहटका १८, सप्तरीका २५, सर्लाहीका १४, सिरहाका ४८, काठमाडौँका २०८५, काभ्रेका २९, चितवनका ६९, दोलखाका १, धादिङका ७१, नुवाकोटका ३, भक्तपुरका १३५, मकवानपुरका १०५, रामेछापका ५, ललितपुरका ३२०, सिन्धुपाल्चोकका १३ र सिन्धुलीका ३ जनामा कोरोना पुष्टि भएको छ।
यस्तै कास्कीका १९, गोरखाका ११, तनहुँका १०, नवलपरासीपूर्वका २८, पर्वतका १, लमजुङका ३, बागलुङका १२, स्याङ्जाका १३, अर्घाखाँचीका २७, कपिलवस्तुका ७, गुल्मीका १८, दाङका ५५, नवलपरासीका २१, पाल्पाका २१, प्यूठानका १, बर्दियाका १०, बाँकेका ५७, रुपन्देहीका १९९, रोल्पाका १, कालिकोटका ६, जुम्लाका ६, डोल्पाका ३, दैलेखका ४, रुकुमपश्चिमका ५, सल्यानका ४, सुर्खेतका १०६, हुम्लाका ३, अछामका १०, कञ्चनपुरका २१, कैलालीका ७५, डडेल्धुराका १, डोटीका ७, बझाङका १ तथा बैतडीका १ जनामा संक्रमण पुष्टि भएको हो।
२४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै २ हजार ५ सय ४० जना संक्रमित थपिएका छन्।
नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार मृत्यु हुनेमा चार महिला र आठ पुरुष छन्।
सुनसरीका ३९ वर्षीय पुरुष, धनुषाका ७० वर्षीय पुरुष, काठमाडौँका ५८ र ९१ वर्षीय पुरुष तथा ७९ वर्षीया महिला, ललितपुरकी ७३ वर्षीया महिला, भक्तपुरकी ८२ वर्षीया महिला, चितवनका ८१, ९१ र ८१ वर्षीय तीन पुरुष, कास्कीका ८३ वर्षीय पुरुष र सुर्खेतकी ८२ वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५९० पुगेको छ।
मन्त्रालयका अनुसार बुधबार २ हजार ६ सय ७५ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ७१ हजार ३ सय ४३ पुगेको छ।
पछिल्लो २४ घण्टामा १८ हजार ४ सय ७३ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल देशभर संक्रिय संक्रमितको संख्या २६ हजार ६ सय ८४ रहेको छ भने ४ हजार ४ सय ६० जना क्वारेन्टिनमा छन्।
स्वास्थ्य मन्त्रालयका अनुसार देशभर २ सय ३५ जनाको आईसीयुमा र ४२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।
मन्त्रालयका अनुसार मनाङ र मुस्ताङ जिल्ला कोरोना भाइरस संक्रमणमुक्त रहेका छन् भने मोरङ, सुनसरी, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन र रुपन्देही, सुर्खेतमा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन्।