• होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Facebook Twitter Instagram
Aayo Raibar
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Aayo Raibar
Home » जाजरकाेटमा कोरोना महामारी नियन्त्रणमा छ करोड खर्च
कर्णाली

जाजरकाेटमा कोरोना महामारी नियन्त्रणमा छ करोड खर्च

आयो रैबार डेस्कBy आयो रैबार डेस्क२४ आश्विन २०७७, शनिबार १३:३१
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

जाजरकोट । कोरोना भाइरस महामारी रोगथाम तथा नियन्त्रणका लागि जाजरकोटका सात स्थानीय तहले असार मसान्तसम्म रु साढे छ करोड खर्च गरेको पाइएको छ । गत चैतदेखि असारसम्म क्वारेन्टिन व्यवस्थापन, स्वास्थ्य सामग्री खरिद र राहत वितरणमा जिल्लाका सात स्थानीय सरकारले रु छ करोड ६८ लाख ६६ हजार २ सय ६६ खर्च गरेका हुन् । साउनयताको हिसाब सार्वजनिक हुन बाँकी छ ।

कोभिड–१९ महामारी नियन्त्रण तथा रोकथामका नाममा छेडागाड नगरपालिकाले रु दुई करोड २५ लाख ७२ हजार ४ सय ९५, भेरी नगरपालिकाले रु एक करोड ४४ लाख ८७ हजार ६ सय ९८ र नलगाड नगरपालिकाले रु ५८ लाख १ सय ७३ खर्च गरेका हुन् । त्यस्तै शिवालय गाउँपालिकाले रु ७० लाख, बारेकोट गाउँपालिकाले रु ७५ लाख ६० हजार ९ सय , जुनीचाँदे गाउँपालिकाले रु ५४ लाख ४५ हजार र कुशे गाउँपालिकाले रु ४० लाख खर्च गरेको पालिकाले जनाएका छन् । जिल्ला समन्वय समिति जाजरकोटले आयोजना गरेको गत आर्थिक वर्षको वार्षिक प्रगति समीक्षा कार्यक्रममा पालिकाहरुले उक्त खर्च विवरण पेश गरेका हुन् ।

जाजरकोटका सात पालिकाले अस्तव्यस्त क्वारेन्टिनमा जथाभावी तरिकाले करोडौँ बजेट खर्च गरेको भन्दै स्थानीयवासीले खर्च विवरण पारदर्शी तरिकाले सार्वजनिक गर्न माग गरेका छन् । स्थानीय सरकारले कोरोना भाइरसको नाममा न त स्थायी संरचना निर्माण गरे न त अस्थायी क्वारेन्टिन व्यवस्थित भए तर पनि ठूलो मात्रामा रकम खर्च गरेको पाइएको नागरिक अगुवा राजेन्द्रविक्रम शाहले बताउँछन् । “कोरोना महामारी नियन्त्रण तथा रोकथामको नाममा फजुल खर्च बढी गरिएको, केही सामग्रीको मूल्य तथा परिणामसमेत बढी राखेको पाइएको छ”, नागरिक अगुवा शाहले भने, “जनप्रतिनिधिसँगको मिलेमतोमा केही कर्मचारीका लागि महामारी कमाउने माध्यम भएको छ ।”

पालिकाले महामारी नियन्त्रण तथा रोकथामलगायतका शीर्षकमा विपन्न परिवारलाई खाद्यान्न वितरण, प्रचारप्रसार, साबुन, मास्क, आरडिटी परीक्षण, गर्भवती महिलालाई भिडियो एक्सरे, औषधि खरिद क्वारेन्टिनमा रहेका नागरिकका लागि शय्या, बिस्तरा, लत्ताकपडा, खाना नास्ता, बिरामीलाई राहत वितरण, गाडी भाडालगायतमा खर्च गरेका छन् ।

सबैभन्दा धेरै छेडागाड र भेरी नगरपालिकाले बजेट खर्च गरेका छन् । भारतलगायतका स्थानबाट नागरिक जिल्लामा भित्रिएकाले क्वारेन्टिनमा खाना र अन्य व्यवस्थापनमा ठूलो रकम खर्च भएको जनाएका छन् । जिल्लाका विभिन्न ३७ स्थानमा क्वारेन्टिन बनाइएको थियो । अन्य सबै ठाउँका क्वारेन्टिन हटाइएको भए पनि भेरी नगरपालिकाको त्रिभुवन माविमा रहेको क्वारेन्टिन जिल्ला बाहिरबाट आएकाहरुलाई राख्ने गरिएको छ ।

तेइस जना अहिले पनि क्वारेन्टिनमा बसिरहेका छन् । क्वारेन्टिनमा बस्नेलाई खाना, नास्ता र सरसफाइ सामग्री, ओछ्यानलगायतका वस्तुको व्यवस्थापन गर्ने गरिएको छ । धेरै क्वारेन्टिनमा खानेपानी र शौचालयको अभाव, एउटै कोठामा २५ जनाभन्दा बढी कोचिएर बस्नुपर्ने, छाना चुहिने, लामखुट्टे र उडुस लाग्ने, खानानास्ता गुणस्तरहीन हुने गरेको गुनासो आउने गरेको थियो ।

Author

  • Avatar photo
    आयो रैबार डेस्क

    View all posts

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित समाचार

कर्णाली सहित ४ प्रदेशका पहाडी भू-भागमा आंशिक बदलीहुने, बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने

२१ माघ २०७९, शनिबार ०४:५६

ठुला दलले देशलाई निकास दिन सक्दैनन् : प्रभु साह

२१ माघ २०७९, शनिबार ०४:५३

‘कृषि तथा वन पैदावरमा आधारित मझौला उद्योगहरुलाई प्रदेश सरकारले पहिलो प्राथमिकतामा राखेर विकास गर्ने’

२१ माघ २०७९, शनिबार ०४:४१

Leave A Reply Cancel Reply

aayo raibar

निशान्त मिडिया प्रा. लि.

सुचना विभाग दर्ता नं.२२११/०७७/०७८
वीरेन्द्रनगर-३, सुर्खेत
अध्यक्ष/ प्रधान सम्पादक जीवन शाही
सम्पादक: शकुन्तला शाही
कार्यकारी निर्देशकः मञ्जु शाही

लेख, रचना तथा समाचारका लागि:
इमेलः newsaayoraibar@gmail.com

विज्ञापनका लागि

हामीसँग विज्ञापन गर्न इच्छुक हुनुहुन्छ भने यसका लागि हामीसँग विभिन्न प्याकेजहरु छन् । हामीलाई निम्न नम्बर र इमेलमा सम्पर्क गरेर यसबारे थप जानकारी लिन सक्नुहुन्छ ।

इमेलः advertising@aayoraibar.com,
मोबाइल नम्बरः ९८५८०३९९९७

हामीसँग काम गर्नुहाेस्

आयो रैबारले सुरुवातदेखि नै लेख्न चाहने र समाचारप्रति भोक भएकाहरुलाई विशेष प्राथमिकता दिँदै आएको छ । तपाईंलाई पनि टिममा रहेर काम गर्न मन छ भने हामीलाई इमेल गर्न सक्नुहुनेछ। इमेलमा तपाईं किन समाचारमा काम गर्न चाहनुहुन्छ भन्ने पनि खुलाउन नर्बिसिनुहोला ।

ईमेलः aayoraibar@gmail.com

© 2022 Nishant Media Pvt. Ltd. | Developed by Webpal

हाम्रो बारेमा / हाम्रो टीम / प्रयोग नीति / गोपनियताको नीति