• होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Facebook Twitter Instagram
Aayo Raibar
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Aayo Raibar
Home » पहिरो पन्छाउदै गाडी गुडाउदै कालिकोटका स्थानीय तह
कर्णाली

पहिरो पन्छाउदै गाडी गुडाउदै कालिकोटका स्थानीय तह

By २९ आश्विन २०७७, बिहीबार ०५:३०
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

कालिकोट । कर्णाली प्रदेशका स्थानीय तहहरुले यो वर्षको वर्षामा गएका पहिरोहरु पन्छाउदै गाउँगाउँमा सडक खुलाएर गाडी पुडाएका छन् ।

यति छिट्टै पहिरो पन्छाएर गाउँमा गाडी पुग्लान भन्ने अनुमानै नगरिएका शुभकालिकाको भर्ता र राराकाटीया तथा नरहरिनाथको कुमालगाउँसम्म गाडी गुडेका हुन् । शुभकालिका गाउँपालिका अध्यक्ष खडानन्द चौलागाईंका अनुसार वर्षात रोकिए सँगै बजेट पछि व्यवस्थापन गर्ने विश्वास दिलाएर हुल्मदेखि भर्ता छेलोहान्ना सम्म सडक सञ्चालन गरि ट्रक समेत त्यहाँ पुगेका छन् भने भर्तागाड देखि राराकाटीया जाने सडक समेत पहिरोहरु पन्छाएर सञ्चालन योग्य भएको छ ।

यस्तैगरी गाउँपालिकाको करिब ९ करोड बराबरको बजेट खर्चमा धौधौ गरी निर्माण भएको लालीघाटदेखि नरहरिनाथ गाउँ पालिका केन्द्र जोड्ने सडकका ठूलठूला पहिरोहरु पन्छाएर गाडी गाउँपालिका केन्द्र पुगिसकेको गाउँपालिका अध्यक्ष धिरबहादुर बिष्टको भनाइ छ । उहाँका अनुसार गाउँपालिकाले खुलालु देखि लालु गाउँ हुँदै अघि बढ्ने सडकलाई पनि निर्माण कार्यमा तिब्रता दिएको छ ।

कालिकोटमा यसैगरी महावै गाउँपालिकाले आफ्नो भूगोलमा पर्ने सडकको मात्रै नभइ दैलेख जिल्ला अन्तर्गतको भूगोलको सडकका पहिरोहरु समेत पन्छाएर गाउँमा गाडी पुर्याएको वडा नं – ४ का अध्यक्ष विबिखण शाहीले जानकारी गराउनुभयो । कठिन भूगोलका कारण सो गाउँपालिकाको रक्साड खण्डको चट्टानमा सडकको ट्याक खुल्न नसकेपनि यो वर्ष ट्याक खुलेजतिका ठाउँमा निरन्तर गाडी सञ्चालन गररिहने र बाँकी ठाउँका ट्याक खुलाएर गाउँ पालिका केन्द्रसम्म सडक सञ्चालन गर्ने गाउँपालिका अध्यक्ष नन्द बहादुर सिंहको दाबी छ । 

 यसैगरी जिल्लाको राष्कोट न गरपालिकाले असोज पहिलो हप्तामै अन्तर पालिका जोड्ने सडक बाहेकका पहिरो पन्छाएर गाउँगाउँमा गाडी पुर्याउन सफल भैसकेको छ । नगर उपप्रमुख मिमसरा शाही(वम) का अनुसार पहिरोले सडकको नाम निसाना समेत मेटाएर ठूलो क्षति पुर्याएको रास्कोट नगरपालिका देखि सान्नी त्रिवेणी गाउँपालिका जोड्ने क्युरी देखि मुम्रा खण्ड बाहेक अन्य सडकका ट्याक खुलाएर  र गाउँगाउँमा गाडी सञ्चालन भैसकेका छन् । यसअघि र्याप थ्रि र स्थानीय तह समेतको सहयोगमा निर्मित सडकखण्ड अब कैयौं बजेटले पनि निर्माण गर्न नसकिने देखिएपछि नयाँ ट्याक खुलाउने काम सुरु भइरहेको उप प्रमुख वमको भनाइ छ । स्थानीयहरु भने सरकारको बजेटलाई वर्षेनि पहिरो पन्छाउने काममै सिमित नगरी ट्याक खुलेका सडकमा ग्राभेल गर्ने र पर्खालहरु बनाउने काम गर्दै हिउँद/वर्षा नियमित यातायात सञ्चालन हुने कुरामा ध्यान दिनपर्ने बताउँछन् । कालिकोटकै तिलागुफा नगरपालिकाले भैंसीगौंडामा पक्की पुल निर्माणमा भएको ढिलासुस्तीको पीडा सामना गरिरहेको छ ।

सो पुल नबन्दा साविक चिलखाया गाविस पुरै यातायातबाट बञ्चित छ भने महावै गाउँपालिका केन्द्र पादमघाटतर्फ जाने सडक समेत प्रभावित छ । यता साविक छाप्रे,जुबिथा,फोइमहादेवका कच्ची सडकहरु सञ्चालनमा आएको नगर प्रमुख रतनबहादुर शाहीको भनाइ छ । जिल्लाको सान्नी त्रिवेणी गाउँपालिकाले यसवर्ष पहिरोको फेरि ठूलो पीडा सामना गरेको छ ।

सान्निगाड खोलाका साथै अन्य सानातिना खोलाखोल्सामा गएको पहिरोले कटान गरेको सडक निर्माण गरेर गाउँगाउँमा सडक पुर्याउने अभियानमा गाउँ पालिका सरकारलाई समस्या भैरहेको सान्नीत्रिवेणी गाउँपालिकाले जनाएको छ ।

 यस्तैगरी सडका ट्याक खुलाउन मात्रै नभइ कर्णाली नदिमा बिना पुल ड्रमेपुल बिछ्याएर गाडी तारेको पलाता गाउँपालिकाले पनि डोजर लगाउदै गाउँगाउँमा गाडी पुर्याउदै गर्ने काममा तिब्रता दिएको छ । जिल्लाको खाँडाचक्र नगरपालिका र पचालझरना गाउँपालिकाले भने निर्माणाधीन सडकका ट्याक खुलाउने काममै सक्रियता देखाइरहेका छन् । खाँडाचक्र नगरपालिकाले मान्मदेखि बरातुहुँदै कर्णाली नदिको रेंगिलमा पक्की पुल बनाएर सडक सञ्चालन गर्ने कार्यक्रममा विशेष ध्यान दिएर अघि बढेको नगरपालिकाले जनाएको छ ।

Author

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित समाचार

कर्णाली सहित ४ प्रदेशका पहाडी भू-भागमा आंशिक बदलीहुने, बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने

२१ माघ २०७९, शनिबार ०४:५६

ठुला दलले देशलाई निकास दिन सक्दैनन् : प्रभु साह

२१ माघ २०७९, शनिबार ०४:५३

‘कृषि तथा वन पैदावरमा आधारित मझौला उद्योगहरुलाई प्रदेश सरकारले पहिलो प्राथमिकतामा राखेर विकास गर्ने’

२१ माघ २०७९, शनिबार ०४:४१

Leave A Reply Cancel Reply

aayo raibar

निशान्त मिडिया प्रा. लि.

सुचना विभाग दर्ता नं.२२११/०७७/०७८
वीरेन्द्रनगर-३, सुर्खेत
अध्यक्ष/ प्रधान सम्पादक जीवन शाही
सम्पादक: शकुन्तला शाही
कार्यकारी निर्देशकः मञ्जु शाही

लेख, रचना तथा समाचारका लागि:
इमेलः newsaayoraibar@gmail.com

विज्ञापनका लागि

हामीसँग विज्ञापन गर्न इच्छुक हुनुहुन्छ भने यसका लागि हामीसँग विभिन्न प्याकेजहरु छन् । हामीलाई निम्न नम्बर र इमेलमा सम्पर्क गरेर यसबारे थप जानकारी लिन सक्नुहुन्छ ।

इमेलः advertising@aayoraibar.com,
मोबाइल नम्बरः ९८५८०३९९९७

हामीसँग काम गर्नुहाेस्

आयो रैबारले सुरुवातदेखि नै लेख्न चाहने र समाचारप्रति भोक भएकाहरुलाई विशेष प्राथमिकता दिँदै आएको छ । तपाईंलाई पनि टिममा रहेर काम गर्न मन छ भने हामीलाई इमेल गर्न सक्नुहुनेछ। इमेलमा तपाईं किन समाचारमा काम गर्न चाहनुहुन्छ भन्ने पनि खुलाउन नर्बिसिनुहोला ।

ईमेलः aayoraibar@gmail.com

© 2022 Nishant Media Pvt. Ltd. | Developed by Webpal

हाम्रो बारेमा / हाम्रो टीम / प्रयोग नीति / गोपनियताको नीति