• होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Facebook Twitter Instagram
Aayo Raibar
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Aayo Raibar
Home » कर्णालीमा नेकपाका तीनवटै गुट पार्टी एकताका पक्षमा
कर्णाली

कर्णालीमा नेकपाका तीनवटै गुट पार्टी एकताका पक्षमा

By १९ कार्तिक २०७७, बुधबार ०८:२६
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

सुर्खेत : कर्णालीमा नेकपाका प्रदेशसभा सदस्यहरूले मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव ल्याएपछि नेकपाको केन्द्रमा पनि हलचल भइरहेको बेला कर्णालीका सांसदहरूले भने पार्टी फुट्न नहुनेमा जोड दिएका छन्। 

पार्टीका केन्द्रीय गुटलाई समाएर प्रदेशमा राजनीति गरिरहेका प्रदेश सांसदहरूले यतिबेला भने पार्टी एकता आवश्यक रहेकोमा जोड दिएका हुन्। साथै. उनीहरूले ​पद्दति र विधिमा पार्टी चल्नुपर्नेमा पनि जोड दिएका छन्।

यहाँका सांसद एवम्‌ नेकपाका नेताहरूले पार्टीलाई सङ्गठनात्मक सिद्धान्तका आधारमा चलाउनुपर्ने बताएका छन्। संस्थागत तथा विधिसम्मत रूपमा पार्टी चल्नुपर्नेमा पनि जोड दिएका छन्।

प्रचण्ड, ओली तथा नेपाल समूहका भनेर चिनिने नेकपाका केन्द्रीय सदस्य तथा प्रदेशसभा सदस्य समेत रहेका तिन जना नेताले पार्टी एकतामा जोड दिएपनि कर्णाली प्रदेशको राजनीतिक समस्या समाधानबारे भने केही फरक मत राखेका छन्। तीनवटै गुटका नेताहरूले कर्णाली प्रदेश सरकारको पुनर्गठनलाई यो या त्यो रूपमा उठाएका छन्। 

सबैले पालो पाउनु पर्छ : चन्द्रबहादुर शाही (केन्द्रीय सदस्य तथा प्रदेश सभा सदस्य )

कर्णालीमा नेपाल समूहका भनेर चिनिने नेकपाका केन्द्रीय सदस्य समेत रहेका प्रदेश सभा सदस्य चन्द्रबहादुर शाहीले पार्टी फुट्न नहुने बताएका छन्। पार्टीमा नमिलेका कुरा मिलाउनुपर्ने र विधिसम्मत रूपमा चलाउनु पर्ने शाहीले बताए। 

‘पार्टीमा नमिलेका कुरा मिलाउनुपर्छ, पार्टीलाई विधि अनुसार चलाउनु पर्छ,’ शाहीले भने, ‘पार्टीलाई आ-आफ्नो ढंगले मनोमानी चलाउनु भएन, सामुहिक रूपमा पार्टी संचालन गर्नुपर्छ।’ 

कर्णालीको समस्या समाधानका लागि भने पार्टी केन्द्रमा पुगिसकेकाले केन्द्रले नै सहजीकरण गर्नेमा शाही आशावादी देखिएका छन्‌। शाहीले देश संघीय संरचनामा गइसकेकोले सोही मर्मअनुसारको अधिकार प्रदेशलाई दिनुपर्नेमा जोड दिए। ‘प्रदेशको समस्या केन्द्रमा पुगेकोले केन्द्रले नै हल गर्ला, तर संघीय संरचनाअनुसार केन्द्रले प्रदेशलाई पनि अधिकार छ, प्रदेशले पनि निर्णय गर्ने अधिकार पाउनुपर्छ ,’ उनले भने।

पार्टीको जिम्मेवारीमा सबैले पालो पाउनुपर्ने र एउटैले पाउने कुरा राम्रो नभएको शाहीको भनाई छ। ‘सधैँ एउटैले पालो नै पाउने कुरा ठीक होइन, अरुलाई पनि पालो दिनुपर्छ। तर, पार्टीमा कुनै समूहलाई सधैँ पेलेरै जाने, किनारा नै लगाउने हिसाबले जानुहुँदैन, त्यो पार्टीको हितमा पनि हुँदैन,’ शाहीले भने। 

कर्णालीमा मुख्य एजेण्डा मन्त्रिमण्डल पुर्नगठन हो : विन्दमान विष्ट (नेकपा केन्द्रीय सदस्य तथा प्रदेशसभा सदस्य)

प्रचण्ड समूहका नेकपाका केन्द्रीय सदस्य तथा प्रदेशसभा सदस्य विन्दमान विष्टले पार्टी संस्थागत रूपमा चल्नुपर्नेमा जोड दिए। ‘कम्युनिष्ट पार्टीको सङ्गठनात्मक सिद्धान्तका आधारमा पार्टी संचालन हुनुपर्छ,’ उनले भने, ‘पार्टी कमिटीको मातहतमा व्यक्ति हुन्छ, व्यक्तिले पार्टीको निर्णय मान्नुपर्छ।’ 

एकता भएदेखि अहिलेसम्म आउँदा पार्टीले गरेका निर्णय नमान्ने कार्यान्वयन नगर्ने, उल्लङ्घन गर्ने प्रवृत्ति खासगरी प्रधानमन्त्री ओलीमा देखिएको विष्टको आरोप छ। विष्टले प्रधानमन्त्री तथा पार्टी अध्यक्षको समूहले पार्टीले गरेका निर्णयको कार्यान्वयन गर्नुको साटो उल्लङ्घन गर्ने काममा हतारो गरेको आरोप लगाए। तर अहिलेको अवस्थामा पार्टी फुट्न नहुने विष्टको भनाई छ।

‘पार्टी फुट्नुपर्छ भन्ने होइन, पार्टीमा सुधारको पनि उत्तिकै खाँचो छ,’ कर्णालीमा देखिएको समस्या एक हिसाबले हल भएको दावी गर्दै विष्टले थपे, ‘जुन अविश्वासको प्रस्ताव आएको थियो, त्यो कुरा हल भएको छ। अहिलेको मुख्य एजेण्डा भनेको कर्णालीमा प्रदेश सरकारको पुनर्गठन हो।’

पार्टीसँग परामर्श गरेर प्रदेश सरकार पुनर्गठन गरिनुपर्ने र कार्यसम्पादनको हिसाबले जिम्मा दिनुपर्ने उनको भनाइ छ। ‘अहिले कर्णालीमा म यो गुट र उ गुट भन्ने पक्षमा छैन,’ उनले भने।

प्रदेशभन्दा माथि केन्द्र छ भन्ने बुझ्नु पर्छ :गुलाबजंग शाह (नेकपा केन्द्रीय सदस्य तथा निवर्तमान प्रमुख सचेतक नेकपा संसदीय दल, कर्णाली प्रदेश) 

ओली समूहका भनेर चिनिएका नेकपाका केन्द्रीय सदस्य तथा निवर्तमान नेकपा कर्णालीका संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाहले पार्टी नफुट्ने बताए।

उनले भने, ‘मलाई लाग्छ, पार्टी विभाजन हुँदैन होला।’ उनले कर्णालीको समस्या केन्द्रमा पुगेकाले नेकपाका दुई अध्यक्षले नै मिलाउने बताए। ‘कुरा दशै अध्यक्ष सम्म पुगेको छ, संयुक्त रूपमा प्रतिउत्तर आएको छैन, त्यो आएमा कर्णालीमा देखिएको समस्या समाधान होला।’ 

कर्णालीका आफूहरू एक्लैका कारण केही नहुने र माथि केन्द्र पनि भएकाले प्रदेशतिर हतारमा निर्णय लिन नहुने उनको तर्क छ। याे समाचार थाहाखबरमा प्रकाशित छ ।

Author

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित समाचार

 मन्त्रिपरिषद् विस्तार गर्न केन्द्रमा ‘डेलिगेशन’

८ माघ २०७९, आईतवार १८:०६

बुद्धलाई चिन्न सकेनौं-मन्त्री सुदन किराती

८ माघ २०७९, आईतवार १७:५०

प्रधानमन्त्री प्रचण्डकाे नेतृत्वमा नयाँ अनुहार समेटिएको नयाँ मन्त्रिपरिषद् 

३ माघ २०७९, मंगलवार १३:४२

Leave A Reply Cancel Reply

aayo raibar

निशान्त मिडिया प्रा. लि.

सुचना विभाग दर्ता नं.२२११/०७७/०७८
वीरेन्द्रनगर-३, सुर्खेत
अध्यक्ष/ प्रधान सम्पादक जीवन शाही
सम्पादक: शकुन्तला शाही
कार्यकारी निर्देशकः मञ्जु शाही

लेख, रचना तथा समाचारका लागि:
इमेलः newsaayoraibar@gmail.com

विज्ञापनका लागि

हामीसँग विज्ञापन गर्न इच्छुक हुनुहुन्छ भने यसका लागि हामीसँग विभिन्न प्याकेजहरु छन् । हामीलाई निम्न नम्बर र इमेलमा सम्पर्क गरेर यसबारे थप जानकारी लिन सक्नुहुन्छ ।

इमेलः advertising@aayoraibar.com,
मोबाइल नम्बरः ९८५८०३९९९७

हामीसँग काम गर्नुहाेस्

आयो रैबारले सुरुवातदेखि नै लेख्न चाहने र समाचारप्रति भोक भएकाहरुलाई विशेष प्राथमिकता दिँदै आएको छ । तपाईंलाई पनि टिममा रहेर काम गर्न मन छ भने हामीलाई इमेल गर्न सक्नुहुनेछ। इमेलमा तपाईं किन समाचारमा काम गर्न चाहनुहुन्छ भन्ने पनि खुलाउन नर्बिसिनुहोला ।

ईमेलः aayoraibar@gmail.com

© 2022 Nishant Media Pvt. Ltd. | Developed by Webpal

हाम्रो बारेमा / हाम्रो टीम / प्रयोग नीति / गोपनियताको नीति