• होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • काेसी
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Facebook X (Twitter) Instagram
Aayo Raibar
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • काेसी
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Aayo Raibar
Home » स्थानीय तह र प्रशासनको द्वन्द्वले कर्णालीको शैक्षिक सत्र अन्याैलमा
कर्णाली

स्थानीय तह र प्रशासनको द्वन्द्वले कर्णालीको शैक्षिक सत्र अन्याैलमा

आयो रैबार संवाददाताBy आयो रैबार संवाददाता६ मंसिर २०७७, शनिबार १४:३७
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
प्रतिकात्मक तस्वीर ।
Share
Facebook Twitter LinkedIn Pinterest Email

सुर्खेत । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ का कारण गएको करिब आठ महिनादेखि देशैभरिका विद्यालयमा पठनपाठन ठप्प छ । सुगम क्षेत्रका कतिपय विद्यालयले अनलाइन कक्षामार्फत् पठनपाठन गरिरहेको भए पनि यस्तो सीमित अवसर पनि कर्णालीका बालबालिकाले भने पाएका छैनन् । यो अवधिमा अनलाइन कक्षामा कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरका केही प्रतिशत बालबालिका सहभागी भए तर अधिकांश बालबालिका यो वैकल्पिक शिक्षण सिकाइबाट वञ्चित नै छन् ।
खासगरी अनलाइन कक्षाले पनि बालबालिकाको पठनपाठनमा विभेद् जन्माएको छ । शहर बजारमा बस्ने बालबालिकाले इन्टरनेटबाट कक्षा लिइरहँदा यहाँका बहुसङ्ख्यक बालबालिका भने सूचना र प्रविधिबाट वञ्चित नै छन् । यहाँका अधिकांश बालबालिका आधुनिक प्रविधिको पहुँचमा नै छैनन् । अनलाइन कक्षामार्फत् आफ्नै सहपाठीहरुले अध्ययन गरिरहँदा प्रविधिको पहुँचविहीन हिमाली जिल्लाका बालबालिका शून्य पठनपाठनमा छन् । यसरी यो महामारीले एउटै कक्षाको सहपाठी ल्यापटपबाट अनलाइन कक्षा लिएको छ भने त्यही कक्षाको अर्को सहपाठी भने गोठाला जानुपर्ने बाध्यता उत्पन्न गराइदिएको छ । यसले एउटै कक्षाको परीक्षा कसरी व्यवस्थापन गर्ने भन्ने चुनौती पनि सिर्जना भएको श्री संस्कृत तथा साधारण मावि सुर्खेतका प्रधानाध्यापक यामलाल घिमिरे बताउँछन् ।
‘समान परीक्षाले बढीजसो बालबालिका मर्कामा छन् । यसका लागि पढाइ छुटेकालाई विशेष अभिमुखीकरण गर्छौँ,’ प्रधानाध्यापक घिमिरेले भने, ‘हाम्रै विद्यालयमा अनलाइन कक्षामा २५–३० प्रतिशत बालबालिका पहुँचमा रहे भने बाँकी बालबालिकाले भने पूरै आठ महिनादेखि पढ्न पाएका छैनन् ।’ समान परीक्षाले वैकल्पिक शिक्षण सिकाइ प्राप्त गरेका परिवारका बालबालिकालाई हित गरेपनि पढ्नै नपाएका बालबालिकालाई अन्याय भएको उनको भनाइ छ । यसको प्रमुख कारण कोरोनाको डरलाग्दो असर त छँदैछ, कर्णालीलगायत मुलुकका सबै ठाउँमा सञ्चारको समान विकास नहुनु पनि हो । त्यसमा समाजको अशिक्षा र आर्थिक असमानता पनि कारक बन्न पुगेका छन् ।
अर्को मूल कारण साविकको कर्णाली अहिलेसम्म राष्ट्रिय प्रसारण लाइन (नेसनल ग्रीड)मा नजोडिनु पनि हो । यहाँका सबै जिल्ला जोडिने गरी न सडक पूर्वाधार जोडिएको छ नत राष्ट्रिय प्रसारणलाइन नै । मूलतः यी दुवै पूर्वाधारहरुको अपेक्षित विकास हुन नसक्नु नै प्रविधियुक्त शिक्षा र स्वास्थ्य सेवा प्राप्तिको बाधक हो भन्ने बुझाइ यहाँका नागरिकहरुको छ । भौगोलिक विकटता, सडक तथा सञ्चार असुविधाले होला नेपाल सरकारको वैकल्पिक शिक्षण सिकाइसमेत हिमाली क्षेत्रका बालबालिकाको पहुँचमा हुन सकेन ।
यो विधि कार्यान्वयनमा आउन नसक्दा यसको अधिकतम् मारमा हुम्ला, डोल्पा, मुगु, जुम्ला, जाजरकोट, दैलेखका बालबालिका बढी मात्रामा परेका छन् । शहरको गुणस्तरीय शिक्षा लिने रहर बोकेर आधारभूत, मावि हुँदै उच्च शिक्षाका लागि सुर्खेत, नेपालगञ्ज, बुटवल, चितवन, पोखरा, काठमाडौं, धरानलगायतका सुविधायुक्त ठाउँबाट यता घर फर्केका धेरैले किताबसँग भेट नगरेको धेरै भएको छ । यही अवस्थालाई मध्यनजर गरेर यहाँका केही स्थानीय तहहरुले विद्यालय खोल्ने निर्णय गरेका छन् । चन्दननाथ नगरपालिकाले यही मंसिर ३ गतेबाट विद्यालय खोल्ने निर्णय गरेको छ । बालबालिका जुन स्थानमा छन्, त्यही स्थानबाट पढ्न पाउन् र भौतिक दूरी कायम गरेर पठनपाठन सूचारु गराउने हेतुले विद्यालय खोल्ने निर्णय गरिएको नगरपालिकाका प्रमुख कान्तिका सेजुवालले जानकारी दिइन् ।
‘हामीले नगरपालिकाभित्रका १९ सामुदायिक र छ निजी विद्यालय सञ्चालन गर्ने भनेर भदौ २२ गते नै निर्णय गरेका थियौँ,’ नगरप्रमुख सेजुवालले भनिन्, ‘स्थानीय प्रशासनले बन्द गर्ने निर्देशन दिएपछि विद्यालय सञ्चालनमा आउन सकेनन् ।’ चन्दननाथ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खडानन्द चौलागाईंले सोही बमोजिम नै सञ्चालन गर्न भनेर सबै विद्यालयहरुलाई परिपत्र गरिएको बताए । ‘चन्दननाथ नगरपालिकामा सामुदायिक सरकारी तथा निजी विद्यालयमा पढ्ने बालबालिकाको संख्या पाँच हजार १ सय रहेको छ,’ प्रमुख प्रशासकीय अधिकृत चौलागाईंले भने, ‘नगरपालिकाको शिक्षा समितिको निर्णयअनुसार स्वास्थ्यका मापदण्डहरु अपनाएर पठनपाठन गर्न सबै विद्यालयलाई पत्रमै उल्लेख गरेर पठाएका छौँ ।’
तिला गाउँपालिकाले भने यही कात्तिक २३ गतेबाट विद्यालय सञ्चालन गरिसकेको छ । यतिबेला यहाँका स्थानीय तहरुले शैक्षिक संस्था धमाधम खुल्न थालेका छन् । हुम्ला, डोल्पाका शैक्षिक संस्था पनि खोलिएका छन् । भौगोलिक विकटता, सञ्चार असुविधाले वैकल्पिक शिक्षण सिकाइको पहुँचमासमेत नरहेका दुर्गमका बालबालिका हिमाली जिल्लाको शैक्षिक सत्रको अन्तमा भए पनि पढ्न पाउँदा खुशी भएका छन् । फागुनबाट शैक्षिक सत्र सुरु गरी मंसिरको अन्तिम सातामा परीक्षा दिएर शैक्षिक सत्र सम्पन्न गर्ने साविक कर्णालीलगायतका हिमाली जिल्लाहरु यो सत्रमा अन्तमा भए पनि कक्षा सुरु गर्न थालेका छन् । तिला गाउँपालिका यही कात्तिक २३ गतेबाट यहाँ रहेका २७ सामुदायिक र एक निजी विद्यालयको पठनपाठन सञ्चालनमा ल्याएको छ ।
विद्यालय सञ्चालनमा ल्याउँदा यहाँका करिब पाँच हजार बालबालिका शैक्षिक क्रियाकलापमा जोडिएको तिला गाउपालिकाका शिक्षा शाखाका सह–संयोजक दीपेन्द्र हमालले जानकारी दिए । ‘लामो समयदेखि धुलोमाटो खेल्दै आएका बालबालिका विस्तारै किताबसँग भेटगर्न थालेका छन्,’ सह–संयोजक हमालले भने, ‘गाउपालिकाको शिक्षा समितिले यो निर्णय गरेको हो ।’ कोरोनाका कारण शैक्षिक क्षेत्र धरापमा परेको भन्दै गाउँपालिकाले दुई चरणमा विद्यालयमा पढाई सुरु गरेको उनले बताए । उनका अनुसार विद्यालयमा जतिसक्दो नेपाल सरकारको निर्देशित स्वास्थ्य सुरक्षा मापदण्ड तथा भौतिक दूरी कायम गर्दै पढाई सुरु गरिएको छ ।
तिला गाउँपालिका अन्तर्गतको सरस्वती माध्यामिक विद्यालय कुडारी जुम्लाका निमित्त प्रधानाध्यापक मानबहादुर सिंहले बिहान ९ बजेदेखि दिउसो १ बजेसम्म आधारभूत तह, १ बजेदेखि अपरान्ह ४ बजेसम्म ९ देखि १२ कक्षाका विद्यार्थी पढाउने निर्णय गरिएको जानकारी दिए । तिहारपछि समूह बनाएर पढाई सुचारु हुने निमित्त प्रधानाध्यापक सिंहले बताए । यता तिला गाउँपालिकाका अध्यक्ष रतननाथ योगीले तिलाका अधिकांश विद्यालयहरुमा एकै गाउँका बालबालिका अध्ययन गर्ने भएकोले त्यति असहज नहुने आँकलन गर्दै यहाँको वस्तुस्थितिलाई अध्ययन गरेर विद्यालय खोलिएको बताए ।
‘अहिले पूर्वदेखि पश्चिमका मानिस भ्रमण गरिरहेका छन् । बिहेबारी, मेलापैठ लगाएकै छन्,’ अध्यक्ष योगीले भने, ‘यद्यपि हामीले कोरोना प्रभाव नपरोस् र बालबालिकालाई जतिसक्दो न्याय दिउँ भनेर स्वास्थ्यका आवश्यक मापदण्ड अपनाउन सबै विद्यालयलाई निर्देशन दिँदै विद्यालय सञ्चालन गर्न अनुमति दिएका छौँ ।’ जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले गृह मन्त्रालयले तत्कालै विद्यालय नखोल्न दिएको निर्देशन बमोजिम स्थानीय तहहरुलाई जानकारी दिइएको बताए । ‘हामीले स्थानीय सरकारहरुलाई विद्यालय सञ्चालनको अनुमति या सहमति केही पनि दिएका छैनौँ,’ प्रजिअ थापाले भने, ‘स्थानीय तहले आफ्नै तरिकाले विद्यालय सञ्चालन गर्छन् भने हाम्रो रोकछेक केही हुनेछैन । यदि भोलि संक्रमण फैलिए त्यसको जिम्मेवारी सम्बन्धित सरकारहरुले नै लिनुपर्ने छ ।’
यहाँका जिल्लाका प्रजिअहरुले कोरोनाको महामारी नियन्त्रणमा नआइसकेकोले विद्यालय खुलाउने विषयमा स्थानीय सरकारहरु आफैँ सचेत हुनुपर्ने भन्दै बालबालिकामा संक्रमण फैलिए त्यसको जिम्मेवारी सम्बन्धित निकायहरुले लिनुपर्ने चेतावनी दिँदै आएका छन् । स्थानीय सरकारका प्रमुखहरु बन्दाबन्दी खुला भई नागरिकहरुको सर्वत्र चहलपहल भइरहँदा विद्यालय बन्द राखिनु बालबालिकामाथिको अन्याय हुने धारण व्यक्त गर्दछन् । तिला गाउँपालिका– ४ जुम्लाका स्थानीय महिला रन्नसरा सुनारले गाउँमा दिउसै जम्मा भएर जुवातास खेल्न, भोजभतेर, बिहेबारी, पर्व, मेलापात गर्न तथा अनावश्यक भीडभाड गर्न मिल्ने तर यही गाउँका बालबालिकालाई पढाउन नमिल्ने भन्ने नीति बाहना बाहेक अरु केही नभएको तर्क गरिन् ।
‘हाम्रा बालबालिकाले आठ महिनादेखि धुलोमाटोमा छन्, उनीहरुले अहिलेसम्म पढेको पनि सबै खाइसके,’ सुनारले भनिन्, ‘शिक्षकहरु घरको काम गरेरै तलब खाइरहेका छन् अनि हाम्रा बालबालिका भने गोठालो जाँदैछन् ।’ मूलतः कोरोना महामारीको चपेटामा कर्णाली जस्ता भौगोलिक विकट क्षेत्रका जिल्लाका बालबालिका परेका छन् । मंसिरमा वार्षिक परीक्षा दिएर शैक्षिक सत्र सम्पन्न गर्ने बेला पठनपाठन हुने नहुने भन्ने नै दुविधा छ । यस प्रदेशका स्थानीय प्रशासनहरु विद्यालय सञ्चालनबाट आइपर्ने जोखिम कम गराउन अहिले नै पठनपाठन नगर्न समन्वयात्मक निर्देशन दिँदै आएका छन् । स्थानीय तहहरु कोरोनाको कहरभित्र भएपनि पठनपाठन अघि बढाउने र उच्च सावधानी अपनाएर शिक्षण क्रियाकलाप गर्ने ध्याउन्नमा छन् ।
यद्यपि पुस र माघ महिनामा अत्यधिक जाडो हुने भएकाले शैक्षिक सत्र अन्त्यको महिना भनेर हालसम्म कायम भएको मंसिरमा भर्खरै पठनपाठन सुरु हुँदैछ । तर यतिबेला हिमाली जिल्लाहरुको शैक्षिक सत्र के हुने भन्ने अन्यौल छ । चन्दननाथ नगरपालिकाले यो वर्षको शैक्षिक सत्र चैतमा सम्पन्न गर्ने लक्ष्य राखेको छ । तथापि हिमाली, पहाडी र भित्री मधेशले बनेको कर्णाली प्रदेशका ७९ स्थानीय तह सबैले विद्यालय सञ्चालन गर्न सकेका छैनन् । यसको मारमा यहाँका ५० प्रतिशतभन्दा बढी बालबालिका पर्ने देखिन्छ ।

Author

  • Avatar photo
    आयो रैबार संवाददाता

    View all posts

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित समाचार

अमेरिकाका पूर्वविदेशमन्त्री हेनरी किसिन्जरको निधन

१४ मंसिर २०८०, बिहीबार ०७:०६

कर्णाली प्रदेश पछि परेको होइन, पछि पारिएको प्रदेश भएकाले विशेष अधिकार पाउनुपर्छ: मुख्यमन्त्री

१४ मंसिर २०८०, बिहीबार ०२:४३

‘कर्णाली उज्यालो पार्ने अभियानमा जुट्याे प्राधिकरण’ 

१४ मंसिर २०८०, बिहीबार ०२:२६

Leave A Reply Cancel Reply

aayo raibar

निशान्त मिडिया प्रा. लि.

सुचना विभाग दर्ता नं.२२११/०७७/०७८
वीरेन्द्रनगर-३, सुर्खेत

अध्यक्ष/ प्रधान सम्पादक जीवन शाही
सम्पादक: शकुन्तला शाही
कार्यकारी निर्देशकः मञ्जु शाही

लेख, रचना तथा समाचारका लागि:
इमेलः newsaayoraibar@gmail.com

विज्ञापनका लागि

हामीसँग विज्ञापन गर्न इच्छुक हुनुहुन्छ भने यसका लागि हामीसँग विभिन्न प्याकेजहरु छन् । हामीलाई निम्न नम्बर र इमेलमा सम्पर्क गरेर यसबारे थप जानकारी लिन सक्नुहुन्छ ।

इमेलः advertising@aayoraibar.com,
मोबाइल नम्बरः ९८५८०३७७९७

हामीसँग काम गर्नुहाेस्

आयो रैबारले सुरुवातदेखि नै लेख्न चाहने र समाचारप्रति भोक भएकाहरुलाई विशेष प्राथमिकता दिँदै आएको छ । तपाईंलाई पनि टिममा रहेर काम गर्न मन छ भने हामीलाई इमेल गर्न सक्नुहुनेछ। इमेलमा तपाईं किन समाचारमा काम गर्न चाहनुहुन्छ भन्ने पनि खुलाउन नर्बिसिनुहोला ।

ईमेलः aayoraibar@gmail.com

© 2022 Nishant Media Pvt. Ltd. | Developed by Webpal

हाम्रो बारेमा / हाम्रो टीम / प्रयोग नीति / गोपनियताको नीति