सुर्खेत, ३ असाेज । समाजवादी व्यवस्था निर्माणमा प्रदेश सरकार प्रतिवद्ध रहेको कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बताएका छन् । संविधान दिवसको अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै संविधानको भावना बमोजिम विकास र समृद्धिको अभियानलाई तीव्रताका साथ कार्यान्वयन गर्दै सामाजिक न्याय सहितको समाजवादी व्यवस्था निर्माणमा प्रदेश सरकार प्रतिवद्ध रहेको बताएका हुन् ।
मुख्यमन्त्री शाहीले विश्व समुदायका अगाडि नयाँ चुनौतीका रुपमा आइपुगेको कोरोना भाइरस (कोभिड– १९) का कारण लामो समय देखि विकास, निर्माण तथा आर्थिक गतिविधि प्रभावित हुन पुगेको बताए ।
कोभिडको जोखिम न्यूनिकरणका लागि आवश्यक सतर्कता एवं सावधानी सहित जनजीवनलाई सामान्य बनाउदै विकास निर्माणको कामलाई अगाडि बढाउने दिशामा सरकार लागिरहेको छ ।
कोभिडले श्रृजना गरेको संकटपूर्ण अवस्था अन्त्य गर्न नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहले गरेका प्रयासलाई आ–आफ्नो तर्फबाट सहयोग गर्न, भौतिक दूरी कायम गर्न र स्वास्थ्य सावधानीका उपाय अवलम्वन गर्नुहुन पनि अनुरोध गर्दछु उनले भनेका छन् ।
नेपाली जनताले दशकौं लामो समयदेखि सशस्त्र तथा निशस्त्र रुपमा संचालन गरेका वलिदानीपूर्ण संघर्षहरुको ऐतिहासिक उपलब्धिस्वरुप २०७२ साल आजकै दिन संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको भन्दै उनले आजको दिन ऐतिहासिक भएको बताएका छन् ।
यो विशेष अवसरमा म संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान प्राप्तिका लागि आफनो ज्यानको आहुति दिने महान शहीदप्रति उच्च सम्मानसहित भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् ।
मुख्यमन्त्री शाहीले संविधानसभाबाट संविधान प्राप्तिका लागि भएका गौरवपूर्ण ऐतिहासिक जनयुद्ध, जनआन्दोलन, प्रदेश प्राप्तिको आन्दोलन लगायत सबैखाले आन्दोलन तथा जनसंघर्षका क्रममा वेपत्ता, घाइते तथा अपाङ्गगता भएका योद्धाहरूप्रति उच्च सम्मान गर्दै जन क्रान्ति तथा जनआन्दोलनमा सहभागी आम जनसमुदायप्रति हार्दिक आभार प्रकट गरे ।
मुख्यमन्त्री शाहीले कोभिढ १९ का कारण सार्वजनिक समारोहको आयोजना गरी संविधान दिवस मनाउन नपाइएको बताउँदै आम प्रदेशवासीलाई घर घरमा दिपावली गरी भव्यताका साथ संविधान दिवस मनाउन अपिल समेत गरेका छन् ।
आजको दिनले संविधानको कार्यान्वयन गर्दै राष्ट्रिय एकताको सुदृढीकरण, जनताको सार्वभौमिकताको रक्षा, समानुपातिक र समावेशी विकास सहित समाजवादी राज्य निर्माणका लागि प्रेरणा पैदा गर्ने विश्वास उनले व्यक्त गरेका छन् ।
बक्तव्यकाे पूर्ण पाठः
