• होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Facebook Twitter Instagram
Aayo Raibar
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Aayo Raibar
Home » शिक्षक विद्यार्थीमा कोरोना संक्रमण देखिएपछि विद्यालय बन्द
कर्णाली

शिक्षक विद्यार्थीमा कोरोना संक्रमण देखिएपछि विद्यालय बन्द

आयो रैबार डेस्कBy आयो रैबार डेस्क२९ मंसिर २०७७, सोमबार ०५:३०
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
प्रतिकात्मक तस्वीर ।
Share
Facebook Twitter LinkedIn Pinterest Email

सुर्खेत। नेपाल सरकारले विद्यालय खोल्न अनुमति दिएसँगै कर्णालीमा पनि धमाधम विद्यालय खोलिए । नौ महिनापछि खोलिएका विद्यालय तीन सातासम्म राम्रैसँग सञ्चालनमा आए । विद्यालय खोलिएको एक महिना नपुग्दै विद्यालयमा कोरोना संक्रमण देखिएपछि पुनः बन्द हुन थालेका छन् ।

कर्णाली प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा १७ शिक्षकमा सोमबार कोरोना संक्रमण पुष्टि भएपछि विद्यालय बन्द हुने अवस्था आएको हो । कोरोनाको पिसिआर रिपोर्टअनुसार सोमबार एक विद्यालयका ११ सहित सुर्खेतमा १७ शिक्षकमा कोरोना संक्रमण देखिँदा विद्यालय बन्द हुने क्रममा गएको जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख चेतननिधि वाग्लेले जानकारी दिए ।

उनका अनुसार सोमबार आएको रिपोर्टमा जिल्लास्थित १७ शिक्षकलाई लक्षणसहितको संक्रमण देखिएको छ । उनीहरु होम आइसोलेसनमा छन् र अवस्था सामान्य नै छ । चार विद्यार्थीमा समेत कोरोना संक्रमण पुष्टि भएको उनले बताए । कोरोना संक्रमण पुष्टि भएका शिक्षकमध्ये सुर्खेत पञ्चपुरी नगरपालिकाको सूर्यप्रकाश माध्यमिक विद्यालय पलैटेका ११ शिक्षक रहेको उक्त नगरपालिकाका नगर स्वास्थ्य शाखा प्रमुख गङ्गादेव पुरीले बताए । त्यस्तै सोही नगरपालिकाको विद्याज्योति माध्यमिक विद्यालय बाबियाचौरका दुई शिक्षकलाई पनि संक्रमण देखिएको छ ।

दुई विद्यालयका ३९ शिक्षकको पिसीआर परीक्षण गर्दा १३ शिक्षकको रिपोर्ट पोजेटिभ आएको उनले जनाए । उनका अनुसार कोरोना संक्रमण देखिएका शिक्षकको लक्षण कोरोनासँग मिल्दोजुल्दो देखिएपछि उनीहरुको पिसिआर परीक्षण गरिएको थियो । त्यसैगरी गुर्भाकोट नगरपालिका सुर्खेतको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका दुई र जनसेवा आधारभूत विद्यालयका एक शिक्षकमा पनि कोरोना संक्रमण देखिएको नगरपालिकाका नगर शिक्षा प्रमुख पदम विकले जनाए । शिक्षकमा कोरोना देखिएकाले विद्यालय बन्द गरिएको नगर शिक्षा प्रमुख विकले बताए ।

पञ्चपुरी नगरपालिकाले शिक्षकमा कोरोना संक्रमण नेगेटिभ नआउञ्जेलसम्मका लागि एकसाता बन्द विद्यालय बन्द हुने बताएको छ । संक्रमित शिक्षकको कन्ट्याक्ट ट्रेसिङ गरेर रिपोर्ट आएपछि विद्यालय खोल्ने वा नखोल्ने पछि निर्णय गरिने कोरोना प्रभावित नगरपालिकाले जानकारी दिएका छन् ।

एक महिनाअघि हुम्ला नाम्खा र ताजाकोट गाउँपालिकाका विद्यालयमा शिक्षक तथा विद्यार्थीमा कोरोना संक्रमण देखिँदा अहिले हुम्लाका विद्यालय बन्द भएको र माघ १५ पछि मात्र खोल्ने शिक्षा विकास तथा समन्वय एकाइ हुम्लाका प्रमुख विष्णुबहादुर शाहीले जानकारी दिए । यता सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य शिक्षा शाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले सोमबार १७ शिक्षक, पाँच स्वास्थ्यकर्मी र चार विद्यार्थीसहित ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए । ४४ जना थपिएसँगै कर्णालीमा कोरोना संक्रमितको सङ्ख्या सात हजार १ सय ६ पुगेको स्वास्थ्य शिक्षा अधिकृत कँडेलले जनाए ।

उनका अनुसार आजै २५ जना कोरोना संक्रमण जितेर घर फर्केका छन् । यससँगै कोरोना जितेर घर फर्कनेको सङ्ख्या कर्णालीमा छ हजार ६ सय ३२ पुगेको छ । तीन सय १३ संक्रमित आइसोलेसनमा रहेको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । रासस

Author

  • Avatar photo
    आयो रैबार डेस्क

    View all posts

काेभिड-१९
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित समाचार

कर्णाली सहित ४ प्रदेशका पहाडी भू-भागमा आंशिक बदलीहुने, बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने

२१ माघ २०७९, शनिबार ०४:५६

ठुला दलले देशलाई निकास दिन सक्दैनन् : प्रभु साह

२१ माघ २०७९, शनिबार ०४:५३

‘कृषि तथा वन पैदावरमा आधारित मझौला उद्योगहरुलाई प्रदेश सरकारले पहिलो प्राथमिकतामा राखेर विकास गर्ने’

२१ माघ २०७९, शनिबार ०४:४१

Leave A Reply Cancel Reply

aayo raibar

निशान्त मिडिया प्रा. लि.

सुचना विभाग दर्ता नं.२२११/०७७/०७८
वीरेन्द्रनगर-३, सुर्खेत
अध्यक्ष/ प्रधान सम्पादक जीवन शाही
सम्पादक: शकुन्तला शाही
कार्यकारी निर्देशकः मञ्जु शाही

लेख, रचना तथा समाचारका लागि:
इमेलः newsaayoraibar@gmail.com

विज्ञापनका लागि

हामीसँग विज्ञापन गर्न इच्छुक हुनुहुन्छ भने यसका लागि हामीसँग विभिन्न प्याकेजहरु छन् । हामीलाई निम्न नम्बर र इमेलमा सम्पर्क गरेर यसबारे थप जानकारी लिन सक्नुहुन्छ ।

इमेलः advertising@aayoraibar.com,
मोबाइल नम्बरः ९८५८०३९९९७

हामीसँग काम गर्नुहाेस्

आयो रैबारले सुरुवातदेखि नै लेख्न चाहने र समाचारप्रति भोक भएकाहरुलाई विशेष प्राथमिकता दिँदै आएको छ । तपाईंलाई पनि टिममा रहेर काम गर्न मन छ भने हामीलाई इमेल गर्न सक्नुहुनेछ। इमेलमा तपाईं किन समाचारमा काम गर्न चाहनुहुन्छ भन्ने पनि खुलाउन नर्बिसिनुहोला ।

ईमेलः aayoraibar@gmail.com

© 2022 Nishant Media Pvt. Ltd. | Developed by Webpal

हाम्रो बारेमा / हाम्रो टीम / प्रयोग नीति / गोपनियताको नीति