सुर्खेत । मदन भण्डारी स्पोर्टस एकेडेमी सुर्खेतले शनिबार वीरेन्द्रनगरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । रक्तदान कार्यक्रममा ३३ पटक रक्तदान गर्ने युवा पत्रकार प्रवाश कुमार शाक्य र वर्ल्ड लिफ्टिङ च्याम्पियनसिप २०२० मा गोल्ड मेडलिस्ट श्रुति कार्कीलाई सम्मानित गरिएको हाे ।
अध्यक्ष अध्यक्ष टेकेन्द्रकुमार बस्नेतकाअनुसार रक्तदान गर्नेहरुमा निकुञ्ज पाण्डे, योगेश खड्का, सुरज थापा, पुर्णबहादुर शाही, श्याम ढकाल, नरेन कठायत, सचिन तिमिल्सेना, गंगाराम सुनार, धुपेन्द्र शाही, सरोज न्यौपाने, रामप्रसाद सिंह, नरेश राना, धर्म शाही गोपाल घिमिरे, महेश कुमार थापा, कमल भट्टराई, भुपेन्द्रजंग शाही, गोपाल बहादुर शाही, दिनेश बहादुर शाही, नविन रिजाल, विक्रम थापा, धनबहादुर घर्ती, मिसन थापामगर, सिद्धार्थ गुरुंग, प्रभात पोखरेल र टेकराज आचार्य रहेका छन् ।
अध्यक्ष बस्नेतले आफूहरुको काम रचनात्मक कार्य गर्ने रहेको बताए । ‘जनताको बहुदलीय जनवादलाई आम नागरिक सम्म लैजाने, प्रचार प्रसार गर्ने काम त छदैंछ,’ उनले भने, ‘त्यसका अलावा खेलकुद प्रतियोगिताहरु आयोजना गर्ने, रक्तदान गर्ने, समाजसेवा गर्ने कामहरु गर्दै आइरहेका छौं ।’ कार्यक्रममा नेकपा निकट नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।