सुर्खेत । कालिकोटको नरहरिनाथ गाउँपालिका–३ गोठीमा स्याउला लिन जंगल गएकी एक महिलाको भीरबाट लडेर मृत्यु भएको छ । नरहरिनाथ गाउँपालिका–३ गोठीका जन बुढाका ३६ वर्षीया श्रीमति गोरीकला बुढाको स्याउल लिन जंगल गएको बेला भीरबाट मृत्यु भएको हो ।
शुक्रबार दिउँसो जंगलमा स्याउला लिन जाँदा भीरबाट लडेर खोलाको पानीमा डुबेर मृत्यु भएको बुढाको जेठाजु वीरेन्द्रबहादुर बुढाले जानकारी दिए ।
बिहान स्याउला लिन जंगल गएकी भाईबुहारी फिर्ता नभएपछि भीरबाट लडेर खोलाको पानीमा डुबेको अवस्थामा गोरीकला भेटाएको जेठाजु बुढाले बताए ।
इलाका प्रहरी कार्यालय कुमालगाउँका अनुसार भीरबाट लडेर बुढाको घटनास्थलमा नै मृत्यु भएको जनाएको छ ।