वीरेन्द्रनगर । कर्णालीमा कोभिड–१९ (कोरोना भाइरस) का कारण थप एकजनाको मृत्यु भएको छ । बुधबार गुर्भाकोट नगरपालिका–८ का ७४ वर्षीया बृद्धाको मृत्यु भएको हो ।
पुस १२ गते ज्वरो आउने बिरामी भएपछि उनलाई कर्णाली प्रदेश अस्पताल कालागाँउमा पु¥याइए, सोही दिन कोरोना भाइरस परीक्षण गर्दा उनीमा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको र त्यसयता अस्पतालको आइसोलेसनमा राखी उपचार भएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
उपचारकै क्रममा उनको बुधबार दिउँसो मृत्यु भएको स्वास्थ्य सेवा महाशाखाका शिक्षा स्वास्थ्य अधिकृत नवराज कँडेलले जानकारी दिए । कर्णालीमा योसँगै कोरोना संक्रमणबाट मृतक हुनेको संख्या २८ पुगेको छ ।