Close Menu
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • काेसी
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Facebook X (Twitter) Instagram
Aayo Raibar
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • काेसी
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Aayo Raibar
कर्णाली

ज्यानको बाजी राखेर हिउँमा निकुञ्जको सुरक्षा

By आयो रैबार संवाददाता६ माघ २०७७, मंगलवार १०:५५
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

ठूलो भूगोल, सीमित जनशक्तिबीचमा डोल्पाको शे फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा दैनिक चोरी, निकासी तथा पैठारी रोक्नु चुनौतीपूर्ण रहँदै आएको छ ।

अहिले चिसो मौसममा अर्कोतिर भारी हिमपातका कारण नियमित गस्ती गर्न मुस्किल त छँदैछ, त्यसमा पनि तोकिएको दरबन्दीभन्दा आधा कम जनशक्तिका कारण निकुञ्जको सुरक्षा र संरक्षणमा चुनौती सिर्जना हुँदै आएको छ ।

विसं २०४० मा स्थापना भएको यो निकुञ्ज तीन हजार ५५५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ । डोल्पा र मुगु जिल्लाको हिमाली क्षेत्रमा मात्र फैलिएको निकुञ्जमा छ महिनाभन्दा बढी हिउँले ढाक्ने गर्दछ । 

यहाँ तल्लो हिमाली क्षेत्रदेखि लिएर उच्च हिमाली र हिमालपारि क्षेत्रको तिब्बती भूमिसम्मको भू–धरातल भएकाले हिउँ चितुवा, तिब्बती खरायो, चिरु, तिब्बती गधा, नाउरलगायत हिमाली क्षेत्रमा पाइने वन्यजन्तु पाइन्छन् ।  

निकुञ्जलाई डाँफे, मुनाल, चिरलगायत २०० प्रजाति पक्षी, छ प्रजातिका सरिसृप र ३२ प्रजातिका पुतलीले जैविक विविधतामा अझ धनी बनाएको छ । यहाँ पाइने हिउँ चितुवाको आहारविहारबारे वैज्ञानिक अनुसन्धानको नतिजाले निकुञ्ज हिउँ चितुवाका लागि सबैभन्दा उपयुक्त बासस्थान प्रमाणित भएको छ । 

काञ्जिरोवा दक्षिण (६,८६६ मि), सिकाल्पो खाङ (६,५५६ मि), वेज चुचुरो (७,१३९ मिटर) जस्ता हिमशिखर र कतिपय हिमनदीले यस निकुञ्जलाई अनुपम प्राकृतिक सुन्दरता थपेको छ । निकुञ्जको लगभग मध्य भागमा रहेको नेपालको सबैभन्दा गहिरो फोक्सुण्डो ताल छ । यसलाई सन् २००७ मा रामसारमा सूचीकृत गरिएको छ । एघारौँ शताब्दीमा निर्मित शे गुम्बाको यहीँ छ । 

निकुञ्जमा भएको महत्वका कारण चोरी, निकासी गर्नेको ठूलो जमात दैनिक पक्राउ परिरहेको छ । दुई महिनायता मात्र भारी मात्रामा हतियार र तस्कर पक्राउ परिसकेका छन् । तस्कारबाट हतियारदेखि जनावरका विभिन्न अङ्गसमेत फेला परेको निकुञ्जका प्रमुख सरोजमणि पौडेलले बताए । निकुञ्जको कार्यालय सुलिगाडमा रहेको छ । यो निकुञ्ज क्षेत्रको सबैभन्दा तल्लो भागमा रहेको छ । 

माथिल्लो भागमा अहिले हिउँले ढाकेको छ । हिमपातकै बीचमा वनरक्षक तथा स्थानीयवासीबीच सहकार्य भई संरक्षण समितिले नियमित हिउँमै गस्ती गरिरहेको छ । ज्यानको बाजी लगाएर भए पनि निकुञ्जको सुरक्षा गरिरहेका स्थानीयवासी धनु गुरुङले बताए ।

उच्च भागमा गस्ती गर्न मुस्किल हुने ठाउँमा वन विभागसँग निकुञ्जले ड्रोन क्यामरामार्फत गस्ती गर्नका लागि पहल थाले पनि ड्रोन नहुँदा सो कार्य असफल हुँदै आएको छ । त्यहाँ भएका हिउँ चितुवासमेत अहिले देखिएका छैनन् । 

कठिन भूगोलका साथै हिउँले गर्दा गर्न खोजिएको काम तोकिएकै मितिमा गर्न मुस्किल हुँदै आएको निकुञ्जका प्रमुख पौडेलले जानकारी दिए । मुगु र डोल्पाको माथिल्लो भागमा अक्सिजनसमेत पाउन मुस्किल हुने ठाउँमा निकुञ्ज संरक्षण गर्न हिउँमा गस्ती गर्न फलामको चिउरा चपाएझैँ हुने गर्दछ ।

माथिल्लो भागमा काम गर्ने कर्मचारी काम गर्दागर्दै धेरै पटक बिरामी हुँदा उद्धार गरी उपचारका लागि सदरमुकाम दुनै पुर्‍याएको कथा त छँदैछ, त्यसमा कर्मचारीको मनोबलसमेत कमजोर हुने गरेको छ ।
 
जङ्गली जनावरको त्रासका साथै नजिक गाउँ घर नभएको अग्ला अनकन्टार पहाड र चट्टानमा जो कसैलाई पनि काम गर्न सजिलो छैन । स्थानीय उत्पादनभन्दा आयातित अन्नमा भर पर्नुपर्ने बाध्यताको बीचबाट जीवन चलाइरहेका सर्वसाधारणसँग फरक भाषा अनि रहनसहन, वेषभूषासमेत फरक रहेको छ ।

नेपाली भाषाभन्दा आफ्नै भाषा बोल्ने यहाँका स्थानीयवासीसँग सहकार्य गरी काम गर्न अर्को चुनौती बनेको निकुञ्जका कर्मचारी बताउँछन् । चिसो मौसममा उपल्लो डोल्पामा रहेका प्रहरीचौकीसमेत दुनैस्थित सदरमुकाममा झारिँदै आएको छ । रासस

Author

  • आयो रैबार संवाददाता

    View all posts

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित समाचार

दशकौंदेखिको बहुप्रतीक्षित सपना साकार हुँदै

६ असार २०८२, शुक्रबार ११:२३

दैलेखमा ग्याँस भेटिए पछि प्रधानमन्त्रीद्दारा खुसी ब्यक्त

६ असार २०८२, शुक्रबार ११:०४

नदी नै जीवन, नदी नै पीडा

६ असार २०८२, शुक्रबार ०८:३२
aayo raibar

निशान्त मिडिया प्रा. लि.

सुचना विभाग दर्ता नं.२२११/०७७/०७८
वीरेन्द्रनगर-३, सुर्खेत

अध्यक्ष/ प्रधान सम्पादक जीवन शाही
सम्पादक: शकुन्तला शाही
कार्यकारी निर्देशकः मञ्जु शाही

लेख, रचना तथा समाचारका लागि:
इमेलः newsaayoraibar@gmail.com

विज्ञापनका लागि

हामीसँग विज्ञापन गर्न इच्छुक हुनुहुन्छ भने यसका लागि हामीसँग विभिन्न प्याकेजहरु छन् । हामीलाई निम्न नम्बर र इमेलमा सम्पर्क गरेर यसबारे थप जानकारी लिन सक्नुहुन्छ ।

इमेलः advertising@aayoraibar.com,
मोबाइल नम्बरः ९८५८०३७७९७

हामीसँग काम गर्नुहाेस्

आयो रैबारले सुरुवातदेखि नै लेख्न चाहने र समाचारप्रति भोक भएकाहरुलाई विशेष प्राथमिकता दिँदै आएको छ । तपाईंलाई पनि टिममा रहेर काम गर्न मन छ भने हामीलाई इमेल गर्न सक्नुहुनेछ। इमेलमा तपाईं किन समाचारमा काम गर्न चाहनुहुन्छ भन्ने पनि खुलाउन नर्बिसिनुहोला ।

ईमेलः aayoraibar@gmail.com

© 2022 Nishant Media Pvt. Ltd. | Developed by Webpal

हाम्रो बारेमा / हाम्रो टीम / प्रयोग नीति / गोपनियताको नीति