• होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Facebook Twitter Instagram
Aayo Raibar
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Aayo Raibar
Home » पठनपाठन संचालन गर्दै क्वारेन्टाइन बनाइएका विद्यालय
कर्णाली

पठनपाठन संचालन गर्दै क्वारेन्टाइन बनाइएका विद्यालय

आयो रैबार डेस्कBy आयो रैबार डेस्क१२ आश्विन २०७७, सोमबार ०९:२८
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email


सुर्खेत । कोरोना भाइरसका कारण क्वारेन्टाइनका रुपमा प्रयोग भएका कर्णालीका हिमाली तथा पहाडी जिल्लाका विद्यालयहरुमा पठन पाठन सुरु भएको छ । 

कर्णालीका १० जिल्लामध्ये हुम्ला, जुम्ला, मुगु, डोल्पा, दैलेख, कालीकोट, सल्यान र रुकुमपश्चिमका केही विद्यालयहरुमा भदौ अन्तिम सातादेखि पठन–पाठन सुरु भएको हो । 

कर्णालीका अधिकांस विद्यालयहरुलाई ५ महिनासम्म क्वारेन्टाइनका रूपमा प्रयोग गरिएको थियो । 

लामो समयदेखि बन्द रहेका विद्यालयलाई १ असोजबाट नियमित सञ्चालनमा ल्याएको कालीकोट पचालझरना गाउँपालिका–५ बाझकोटको ज्ञानदोय माध्यमिक विद्यालयका प्रधानाध्यापक ममराज सेजुवालले बताए । 

‘लामो सयमदेखि बन्द रहेका विद्यालयहरुलाई पुनः नियमित सञ्चालनमा ल्याएका छौं,’ उनले भने, ‘विद्यालयमा बन्द रहँदा विद्यार्थीको पढाईमा अन्यौल थियो । अब त्यो हट्दै जान थालेको छ ।’

हुम्ला जिल्लाका तीन गाउँपालिकाका ५१ विद्यालयहरुमा पठन–पाठन सुरु भएको छ । उत्तरी नाम्खा र दक्षिणतिरका खार्पुनाथ र ताँजाकोट गाउँपालिकाका गरी ५१ विद्यालयमा साउन अन्तिम सातादेखि पढाइ सुरु भएको हो ।

लामो समयको बन्द रहेका गाउँपालिकाका सबै विद्यालयहरुमा पठन–पाठन सुरु भएको ताँजाकोट गाउँपालिका अध्यक्ष बाग्दल मल्लले बताए ।

मुगु जिल्लामा पनि ६ महिनापछि पठनपाठन सुरु भएको छ । मुगुका चार वटा स्थानीय तहले कोरोना संक्रमण नदेखिएको भन्दै विद्यालय खोल्ने निर्णय गरिएको हो । 
मुगुको छायाँनाथ रारा नगरपालिकाले १४ असोजबाट विद्यालय खोल्ने निर्णय गरेको नगर प्रमुख हरिजंग शाहीले जानकारी दिए । 

दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिका र भगवतीमाई गाउँपालिकाले पनि पठनपाठन सुरु गरेका छन् । 

थोरै विद्यार्थी भएको स्कुलमा सामाजिक दुरी कायम गर्ने र धेरै विद्यार्थी भएको स्कुलमा आलोपालो गरेर पठनपाठन सुरु गरिएको चामुण्डा विन्द्रासैनी शिक्षा शाखा प्रमुख नवीन शाहीले बताए । 

सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको अम्मरज्योति माध्यमिक विद्यालय नेवारेले आवश्यक सुरक्षा सावधानी अपनाएर पठनपाठन सुरु गरेको छ । 

प्रशासनले विद्यालय खोल्ने निर्णय नगरेको अवस्थामा कसरी विद्यालयमा पठनपाठन सञ्चालन गर्न सकिन्छ भनेर अभ्यास सुरु गरेको प्राधानाध्यापक खगेन्द्र थापाले बताए । 

विद्यालय सञ्चालन गर्ने अनुमति दिए कक्षा ९ र १० मा थोरै विद्यार्थी राखेर पठनपाठन सुरु गर्न सकिने प्राधानध्यापक थापाले जानकारी दिए । 

सल्यानमा १ सय ५५ विद्यालयमा क्वारेन्टाइन र आइसोलेसन निमार्ण गरिएको जिल्ला जिल्ला शाखा सल्यानले जनाएको छ ।

सल्यानको कुमाख गाउँपालिकाका २१ वटा विद्यालय क्वारेन्टाइनका बनाएको र ती विद्यालयमा निर्माण भएका क्वारेन्टाइन हटाएर निर्मलीकरण गर्दै आइरहेको कुमाख गाउँपालिकाका सूचना अधिकारी प्रकाश भण्डारीले बताए । 

‘निमुलीकरण गरेर विद्यालय सञ्चालन गर्ने तयारी थालेका छौं,’ उनले भने, ‘अबका केही दिनमा सबै विद्यालय सञ्चालन गर्छौं ।

Author

  • Avatar photo
    आयो रैबार डेस्क

    View all posts

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित समाचार

कर्णाली सहित ४ प्रदेशका पहाडी भू-भागमा आंशिक बदलीहुने, बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने

२१ माघ २०७९, शनिबार ०४:५६

ठुला दलले देशलाई निकास दिन सक्दैनन् : प्रभु साह

२१ माघ २०७९, शनिबार ०४:५३

‘कृषि तथा वन पैदावरमा आधारित मझौला उद्योगहरुलाई प्रदेश सरकारले पहिलो प्राथमिकतामा राखेर विकास गर्ने’

२१ माघ २०७९, शनिबार ०४:४१

Leave A Reply Cancel Reply

aayo raibar

निशान्त मिडिया प्रा. लि.

सुचना विभाग दर्ता नं.२२११/०७७/०७८
वीरेन्द्रनगर-३, सुर्खेत
अध्यक्ष/ प्रधान सम्पादक जीवन शाही
सम्पादक: शकुन्तला शाही
कार्यकारी निर्देशकः मञ्जु शाही

लेख, रचना तथा समाचारका लागि:
इमेलः newsaayoraibar@gmail.com

विज्ञापनका लागि

हामीसँग विज्ञापन गर्न इच्छुक हुनुहुन्छ भने यसका लागि हामीसँग विभिन्न प्याकेजहरु छन् । हामीलाई निम्न नम्बर र इमेलमा सम्पर्क गरेर यसबारे थप जानकारी लिन सक्नुहुन्छ ।

इमेलः advertising@aayoraibar.com,
मोबाइल नम्बरः ९८५८०३९९९७

हामीसँग काम गर्नुहाेस्

आयो रैबारले सुरुवातदेखि नै लेख्न चाहने र समाचारप्रति भोक भएकाहरुलाई विशेष प्राथमिकता दिँदै आएको छ । तपाईंलाई पनि टिममा रहेर काम गर्न मन छ भने हामीलाई इमेल गर्न सक्नुहुनेछ। इमेलमा तपाईं किन समाचारमा काम गर्न चाहनुहुन्छ भन्ने पनि खुलाउन नर्बिसिनुहोला ।

ईमेलः aayoraibar@gmail.com

© 2022 Nishant Media Pvt. Ltd. | Developed by Webpal

हाम्रो बारेमा / हाम्रो टीम / प्रयोग नीति / गोपनियताको नीति