सुर्खेत । नेपाल आदिवासी जनजाति महासंघ सुर्खेतको अध्यक्षमा जीवन कुमार शाक्य निर्विरोध निर्वाचित भएकाछन् ।
वीरेन्द्रनगरमा आज सम्पन्न महासंघको पाँचौं अधिवेशनबाट शाक्य अध्यक्षमा सर्वसम्मत अध्यक्षमा निर्विरोध निर्वाचितभएकाहुन् । अधिवेशनले उपाध्यक्षहरुमा अशोक राजी, हर्कबहादुर गुरुङ्ग र निर्मला गाहा रेश्मी मगरलाई चयन गरेको छ ।
त्यस्तै महासंघको सचिवमा भिमबहादुर गुरुङ्ग तथा कोषाध्यक्षमा जसवीर कुमाल चयन भएकाछन् भने सहसचिवहरुमा ललित गुरुङ्ग, खिमा सोती मगर र खड्गबहादुर तारामी मगर तथा सदस्यहरुमा मिलन श्रेष्ठ, इन्द्रबहादुर कुमाल, यामबहादुर गुरुङ्ग, दुर्गा चौधरी र विष्णु कुमाललाई अधिवेशनले चयन गरेको छ ।
अधिवेशनमा नेपाल आदिवासी जनजाति महासंघ कर्णाली प्रदेशका अध्यक्ष वीरबहादुर रावतले नवनिर्वाचित कार्यसमितिलाई बधाई दिँदै आदिवासी जनजातिका मुद्दाहरुलाई सँधै पछाडी पारिरहेको अवस्था भएकोले नयाँ कार्य समितिलाई ससक्त रुपमा प्रस्तुत हुन आग्रहगरेकाि थिए ।कार्यक्रममा निर्वाचन समितिका संयोजक महसंघका पूर्व अध्यक्ष मानबहादुर चौधरी अधिवक्ता डम्मर सिंजाली मगर नेपाल मगर संघ कर्णाली प्रदेश अध्यक्ष कृष्णा वंशी मगरले संयूक्तरुप नवनिर्वाचित कार्य समितिलाई कार्य सफलताको शुभकामना व्योफ गरेका थिए ।