पहिलोपटक अहमेदलाई एउटा कोठामा भेट्दा उनी डरले कामिरहेका थिए । उनको शरीरभरि रातो र कालो चिह्न थियो । त्यो चिनो उनका मालिकले कुटेको चोटको हुनुपर्छ । तर, यसबारेमा अहमेद स्वयंलाई थाहा छैन । उनलाई त कति वर्षको भएँ भन्नेसमेत थाहा छैन । अनुमान लगाउँदा अहमेद दश वर्षजतिको हुनुपर्छ । उनलाई मैले सुडानको खलवास भन्ने स्थानको एउटा स्कुलमा भेट्टाएको थिएँ । जहाँ उनीजस्तै अन्य २३ जना इस्लामिक विद्यार्थी शिक्षा लिइरहेका थिए ।
खलवास सुडानको अति नै विकट गाउँ हो । यहाँका सेखहरूका बारेमा मलाई हल्का थाहा थियो । उनीहरूले आफ्नो शक्तिको भरमा यौन शोषणदेखि मानवअधिकार हनन र आपराधिक क्रियाकलाप सजिलै गर्नेगरेको सुनेको थिएँ । यसपटक यस्तै क्रियाकलापको पर्दाफास गर्ने गरी म खलवास पुगेको थिएँ ।
सन् २०१८ देखि खलवासमा बसेर यो डकुमेन्ट्री बनाएको हुँ । सुडानको खलवास क्षेत्र र त्यहाँ इस्लामिक बालबालिकामाथिको हिंसा र शोषणसँग सम्बन्धित डकुमेन्ट्री बनाउने क्रममा मैले सबैलाई यो विषय गोप्य राखेँ । डकुमेन्ट्री बनाउँदा म आफैँ एक साक्षी भएँ । केही यस्ता बालबालिका पनि भेटाए भर्खर पाँच वर्षका मात्रै थिए । तर, उसको शरीरमा रातो चिह्नहरू थिए । खाना र पानीसमेत नपाउने त्यस्ता बालबालिकाले आफ्ना मालिक सेखहरूको सेवा निरन्तर गरिरहेका थिए ।
डकुमेन्ट्रीमा धेरै पात्र छुटेका छन् । सबैको कथा समेट्न सम्भव भएन । जो–जो पात्र मैले समेट्न सकिन उनीहरूले मलाई भन्ने गर्थे, ‘हामी कयौँपटक मालिकबाट बलात्कार र शारीरिक शोषणको सिकार भयौँ ।’ सुडानमा करिब ३० हजार खलवास छन् । सुडान सरकारको भनाइअनुसार उनीहरूले सरकार वा निजी क्षेत्रबाट रकम पाइरहेका छन् । विभिन्न राष्ट्रले सुडानका गरिब बालबालिकाको हेरचाहका निमित्त रकम पठाउने गर्छन् । विद्यालयमा कुरान पढाइन्छ । जहाँ बालबालिकाले सित्तैमा पढ्न पनि पाइरहेक छन् ।
धेरैजसो गरिब परिवारले मूलधारको शिक्षाभन्दा कुरान नै पढ्न उपयुक्त मान्छन् । सरकारले विद्यालय व्यवस्था नगरेकाले ग्रामीण क्षेत्रका विद्यार्थी केवल छुट्टीका दिनमा मात्र घर आउन पाउँछन् । सुडानका धेरैजसो स्कुल सेखहरूद्वारा नै सञ्चालित छन् । दुई वर्षको मेरो अनुभवमा धनी सेखहरूकै यहाँ आधिपत्य छ । केही वर्षयता सेखहरूको अत्याचार विभिन्न सामाजिक सञ्जालमा नआएका पनि होइनन् । तर, खलवासमा हुने गरेको अत्याचार, यौनशोषण तथा मानवअधिकारविरुद्धका घटना यहाँको सरकार र मानवअधिकार संगठनले बेवास्ता गरेको पाएँ । खलवासका केही विद्यार्थीले आपूmमाथि भएको दुव्र्यवहारको भिडियो वा अन्य प्रमाण प्रस्तुत गर्दा पनि प्रशासन सेखहरूका अगाडि चुप लाग्ने गरेको छ । मेरो प्रयास खलवासमा कसरी ससाना बालबालिकामाथि शोषण भइरहेको छ भन्ने देखाउने मात्र हो । म मेरो लाभका लागि यस्तो भिडियो वा कथा सेयर गर्न चाहन्नँ । त्यहाँ दुई वर्ष बस्दा मसँग धेरै कथा छ । प्रत्येक दिन खलवासका शिक्षकले विद्यार्थीलाई नकुटेको दिन हुँदैनथ्यो । यो उनीहरूको दिनचर्या नै भइरहेको छ ।

मलाई थाहा थियो खलवासको डकुमेन्ट्री बनाउने क्रममा मसँग नजिक वा सहयोगी कोही हुने छैनन् । तर, त्यहाँको वस्तुस्थिति संसारलाई देखाउनु जरुरी थियो । धेरैजसोले सुुडानमा पश्चिमेली शिक्षा र संस्कारले विकृति ल्याएको भनेका छन् । यहाँ पश्चिमेली धर्मले हमला गरेको आरोप छ । संयोगवश, यसै समयमा मैले बिबिसीसँग कन्ट्याक्ट पनि गरेँ । यद्यपि, अनुसन्धानका क्रममा केही महिना खलवासमै बिताइसकेको थिएँ ।
म आप्mनो रिस्कमै डकुमेन्ट्री बनाइरहेको थिएँ । पहिलोपटक खलवासको मस्जिदमा पुगेँ । यसलाई हाज एल भनिन्थ्यो । जहाँ मैले अपमानजनक घटना भइरहेको देखेँ । सबैजना घुँडाले टेकेर प्रार्थना गरिरहेका थिए । गोप्य रूपमा मोबाइलबाट भिडियो खिचिरहे । यत्तिकैमा ठूलो चिच्याहट सुनियो । मेरो मुटु एकक्षण रोकियो । मैले देखेँ, मेरोअगाडि एक बालक जसको खुट्टामा ठूलो फलामको साङ्लो बाँधिएको थियो । जनावरलाई जस्तै बालकमाथि कुटपिट चलिरहेको थियो । त्यसैवेला एउटा कुनाबाट अर्को कोही रोइरहेको आवाज सुनेँ । त्यो स्वर पछ्याउँदै गएँ । एउटा कोठाअगाडि अड्किएँ । एकजना बालक रोइरहेका थिए । उसको पनि खुट्टामा ठूलो फलामको साङ्लो बाँधिएको थियो । मैले छिटोछिटो भिडियो बनाउन सुरु गरँे । उनी नै थिए अहमेद । उसले मलाई भने, ‘म घर जान चाहन्छु ।’ अहमेदलाई त्यहाँबाट बाहिर निकाल्ने वाचा गरेँ । उति नै वेला मस्जिदमा मैले सेखको स्वर सुनेँ । त्यसपछि म भागेँ ।
त्यो दिन त्यतिकै भयो । अर्को दिन स्टोरी फलो गर्न म पुनः मस्जिद गएँ । मैले बालबच्चासँग कुरा गर्ने प्रयास गरेँ । उनीहरूसँगको रेकर्डिङ कसैले थाहा नै पाएनन् । अनौठो के भयो थियो भने एकजना युवाले यो सबै गतिविधि नियालिरहेका थिए । अलि पाका ती विद्यार्थी एकाएक बाहिर गए । फर्केर आउँदा उसले सेखलाई बोलाएर ल्याएछ । ती सेख मस्जिदका इन्चार्ज रहेछन् । अब के चाहियो, विनाअनुमति मैले किन बालकहरूसँग प्रश्न सोधेको भनी झपार्न थाले ।
म त्यहाँबाट बल्लतल्ल फुत्किएर मुख्य सडकसम्म पुगेँ । हामी बिबिसीकर्मीलाई मस्जिदले जानकारी दिएको थियो, ‘मस्जिदमा नयाँ इन्चार्ज सेख आएका छन्, जसले विद्यार्थीमाथि केही पनि गर्दैनन् ।’ तर खलवासमा सेख भनेको जस्तो थिएन । उनीहरूले बालकबालिकामाथि जे पनि गर्न सक्थे । फेरि म एउटा अति नै गोप्य मिसनका लागि सुडान आएको थिएँ । परिवारलाई सुडान आएको थाहा थियो । तर, कहाँ र कस्तो किसिमको रिपोर्टिङ भन्ने जानकारी थिएन ।
एक किसिमले म भित्री रूपमा डराएको थिएँ । शेखहरूले ममाथि जे पनि गर्न सक्थे । मलाई मारेर शवसमेत सहजै लुकाउन सक्थे । तर, जस्तो समस्या भए पनि एक पत्रकारको धर्म यो नै थियो, आँखाले देखेको अत्याचारको पर्दाफास गर्नुपर्छ । यही धर्म पालना गरी सेखहरूविरुद्ध लड्ने र उनीहरूको शोषणसम्बन्धी संसारलाई जानकारी दिने संकल्प लिएँ । मैले उनीहरूका नराम्राबारे सबै थाहा पाइसकेको थिएँ र प्रमाणका रूपमा भिडियोसमेत थियो ।
त्यो मस्जिद यस्तो सम्झनाका रूपमा रह्यो, जहाँ मैले आफ्नो युवा अवस्थामा भोगेको घटना झलझली सम्झना दिलायो । मस्जिदमा बालबालिकामाथि कुटपिट गर्ने वा महिला बालिका बलात्कार हुने सामान्यजस्तै थियो ।
पुरानो दिनको सम्झना

म १४ वर्षको हुँदा खल्वा (मस्जिद)मा पाइला टेकेको थिएँ । त्यसदिन म निकै उत्साहित भएको थिएँ । परम्परागत लुगा लगाउन पाएको थिएँ । कहिले बिहान हुन्छ र संस्कृति झल्कने पोसाक लगाएर स्कुल जाने हतार हुन्थ्यो । मैले सुनेको थिएँ, स्कुलमा सेख र शिक्षकबाट डर मान्नुपर्छ । सेख र शिक्षकहरूले प्रत्येक सेसनमा गाली गर्ने तथा कुटपिट गर्थे । यदि हामी सुत्यौँ वा आँखा मात्र बन्द गरेको अवस्थामा पनि सेखले कोर्रा लगाउँथे । कोर्रा शरीरमा बर्साउँदा त्यसको पीडा असह्य हुन्थ्यो ।
म करिब एक महिना खल्वामा बसेँ । यसक्रममा मैले धेरै कोर्रा खाएँ र खुट्टामा साङ्लो पनि बाँधे । जब म घर फर्किएँ । मैले मेरो अभिभावकलाई यी सबै घटनाबारे भनेँ । उनीहरूसँग पुनः खल्वामा जादिनँ भनेँ, तर स्कुल छाड्ने बताउँदा आमाबुबाले राम्रो मान्नुभएन । यद्यपि, उहाँहरूले मलाई स्कुल जान कर भने गर्नुभएन ।
अरविक जर्नालिस्टसँग सहकार्य
हज एल डालीमा मैले सेखको जुन रूप देखेँ त्यसपछि आत्मविश्वास बढाउन समय लाग्यो । विशेषतः सेखहरूको दबदबाबीचमा खलवासमा डकुमेन्ट्री बनाउन गाह्रो परिरहेको थियो । मैले खलवासमा भएका सबै घटनाको प्रमाण अनुसन्धान पत्रकारिता गर्ने अरब रिपोटर्सलाई दिएँ । जसले मलाई बिबिसी अरबिकसँग सहकार्य गर्न मद्दत ग¥यो । बिबिसी लन्डनमा रहेका सम्पादकले मलाई खलवासको डकुमेन्ट्री बनाउन प्रोडुसरका रूपमा नियुक्त दिए । यस काममा सिरियामा रहेका मोद्दउह अक्बिकसँग सहयोग लिनु भनिएको थियो । हामी दुवै अरविक भाषा राम्रोसँग बोल्न सक्छौँ । यसकारण पनि काम गर्न सजिलो भएको हो ।
हामीले खलवासको नक्सा राख्यौँ । अनुसन्धान गर्ने क्रममा कसरी प्रमाण सुरक्षित राख्ने र आफू स्वयं कसरी सेखबाट बच्ने भन्ने व्यापक छलफल भएको थियो । सबैभन्दा ठूलो खेल भनौँ वा कार्य नै गोप्य रूपबाट भिडियो रेकर्डिङ गर्नु थियो । यो कार्यका लागि हामीलाई बिबिसीबाट राम्रै प्रविधि प्राप्त भएको थियो ।
अफ्रिकी महादेशको सुडान ठूलो राष्ट्र हो । अनुसन्धान क्रममा ठुल्ठूला पहाड, रातो समुद्र तथा आँखाले नै नभ्याउने मरुभूमि देख्यौँ । मैले सम्भवतः तीन हजार माइल्सको यात्रा गरेँ । हो, कतिपय स्थानमा बसयात्रा भयो । यसैक्रममा एक यस्ता परिवारसँग भेट भयो जसको छोरालाई नराम्रो व्यवहार गरिएको थियो ।
कतिपयको त सेखहरूको अत्याचार सहन नसकी निधन भएको सुनेँ । खलवासमा शोषणका कारण कति बालबालिकाको निधन भयो भन्ने गणना नै छैन ।
खलवासमा सेखहरू अति नै शक्तिशाली भएको पाएँ । अझ उनीहरू आफ्नो समुदायभित्र कसैले आरोप वा दोष लगाए, त्यसलाई विभिन्न प्रयोगबाट समाधान गर्छन् । यद्यपि मुद्दा अदालतसम्म पुगे पनि सेखहरूले आफ्नो शक्तिको भरपुर दुरुपयोग गर्छन् । प्रमाण हुँदाहुँदै पनि कमजोर परिवार मुद्दा छाडेर जान्छन् । कसैमाथि कारबाही भएमा सेखले भगवान्को कारबाही भन्ने गर्छन् ।
सुडानमा डकुमेन्ट्रीको प्रभाव
सुडानमा यो डकुमेन्ट्रीको प्रभाव अति नै भयो । हामीले समस्या परेका परिवारहरूबीच रही कथा बनाएका थियौँ । यो क्रममा सेखहरूले हामीलाई राम्रो आर्थिक प्रलोभन पनि देखाएका थिए । स्थानीयहरू यो भिडियो हेरी भावुक भएका थिए । विश्वभरबाटै मिश्रित कमेन्ट्स पाएँ । सोसल मिडियामा यसले हंगामा नै मच्चायो । धेरैले खल्वासमा यस्ता सबै गतिविधि बन्द गर्नुपर्ने जोड दिए । कतिले इस्लामिक धर्मविरोधी डकुमेन्टी भने पनि । अझ बिबिसीले इस्लामिक धर्मविरोधी प्रचार गरेको भनी आरोप लगायो । तर, हामीहरूले उठाएको आवाज यति बलिया भयो कि सुडान सरकारले खलवासमा भइरहेको घटना ध्यानाकर्षण भएको जानकारी दियो ।
अझै पनि सुडानको खलवासमा भएका घटना आँखाअगाडि नै आउने गर्छ । साङ्लोले बाँधेको, दुव्र्यवहार र बलात्कृत बालबालिका सम्झँदा मन दुःखी हुन्छ । जबसम्म सरकारले धर्मसँग जोडिएको कुसंस्कार र मान्यता परिवर्तन गर्दैन । त्यसवेलासम्म सुडानमा दिनहुँ यस्तै घटना भइरहन्छ ।
फतेह अल (बिबिसी इस्लामिक रिपोर्टर)