Close Menu
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • काेसी
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Facebook X (Twitter) Instagram
Aayo Raibar
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • काेसी
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Aayo Raibar
पत्रपत्रिका

कर्णालीमा हुने राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति अनिश्चित

By आयो रैबार संवाददाता९ आश्विन २०८१, बुधबार ०६:१०
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

सुर्खेत।आगामी मङ्सिर २ देखि ९ गतेसम्म हुने भनिएको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न धूमधामले तयारी थालिएको छ । २० मङ्सिर ०७८ मा पूर्व मुख्यमन्त्री जीवनबहादुर शाहीले शिलान्यास गरेको रङ्गशालाको काम यति बेला अन्तिम चरणमा छ । काम सकिने अन्तिम तयारी गर्दै गर्दा विभिन्न कारण देखाउँदै मङ्सिरमा हुने भनिएको दशौँ राष्ट्रिय प्रतियोगिताको मिति र सम्भव भएसम्म स्थानसमेत सार्ने प्रपञ्च भइरहेको छ ।

यसमा केन्द्रीय सरकारका युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको प्रत्यक्ष संलग्नता देखिएको छ ।मन्त्री चौधरीले वीरेन्द्रनगरस्थित निर्माणाधीन रङ्गशालाको दैनिक कार्य प्रगति हेर्न काठमाडौँबाट इन्जिनियर नै खटाएका छन् । असोज मसान्तसम्म निर्माण सम्पन्न हुने, रङ्गशालाका कारण प्रतियोगिता नरोकिने र दैनिक कार्यप्रतिको रिपोर्टिङ प्रदेश खेलकुद विकास परिषद्ले गर्दा पनि चौधरीले कर्मचारी खटाएका छन् ।

जबकि उक्त रङ्गशाला केन्द्रले नभई प्रदेश सरकारले बनाइरहेको हो । काठमाडौँबाट आएका इन्जिनियरले १५ दिन सुर्खेतमा बसेर दैनिक कार्यप्रतिको रिपोर्ट हेर्दा दसैँसम्म रङ्गशालाको काम सम्पन्न भइसक्ने बताएका थिए । तर, ३० दिन बितिसक्दापनि मन्त्री चौधरीले प्रतियोगिता तोकिएकै समयमा हुनुपर्ने बताउनुको साटो अध्ययनबिनै होटेल बासका लागि ठाउँ नभएको भन्न थालेका छन् । चौधरीले बासका लागि ठाउँ नभएको भ्रम छर्दै प्रतियोगिता पछाडि धकेल्न षड्यन्त्र रच्ने काम गरिरहेको प्रदेश खेलकुद विकास परिषद्को भनाइ छ ।

खेलकुद विकास परिषद् तोकिएकै मितिमा प्रतियोगिता हुने दाबी गर्छ भने मन्त्री चौधरी विभिन्न कारण देखाउँदै तोकिएको मितिमा प्रतियोगिता नहुने भ्रम छर्दैछन् । सोमबार मन्त्री चौधरीले प्रतियोगिताको नयाँ मिति समेत घोषणा गरिसकेका छन् । उनले कर्णालीमा हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी फागुन महिनासम्म सञ्चालन गर्ने बताएका छन् । सप्तरीको राजविराजस्थित जिल्ला प्रशासन कार्यालयमा विभिन्न कार्यालय प्रमुखहरूसँगको छलफलमा भौतिक पूर्वाधार निर्माणको क्रममा रहेकाले प्रतियोगिता निर्धारित मितिमा गर्न नसक्ने उनको भनाइ छ ।

तर, खेलकुद विकास परिषद्का सदस्य सचिव विश्वामित्र सञ्जाल भने पूर्वाधारको काम असोजको अन्तिमसम्म सक्ने दाबी गर्छन् । उनी मंसिरमै प्रतियोगिता हुनुपर्नेमा दृढ छन्। खेल पूर्वाधारले प्रतियोगिताको मिति सार्नुपर्ने अवस्था नभएको उनको भनाइ छ । यता प्रतियोगिता सार्नकै लागि मन्त्री चौधरीले विभिन्न समस्याहरू देखाउँदै तोकिएको समयमा खेलकुद हुन नदिने ध्याउन्नमा छन् कहिले कर्णालीमा अतिथिहरूको चाप धेरै हुने हुँदा होटेलको अभाव देखाउँछन् त कहिले पूर्वाधार ।

त्यति मात्रै होइन सोमबार मन्त्री चौधरीले मङ्सिरमा जाडो हुने भएकोले प्रतियोगिता तोकिएको मितिमा नहुने घोषणा समेत गरे । ‘१०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मङ्सिरमा सञ्चालन गर्ने तय गरेका थियौँ, तर पूर्वाधार निर्माणमा अपेक्षित प्रगति नभएपछि अब यो फागुनमा गर्नेछौँ,’ उनले भने। खेलाडीहरूलाई तयारीमा जुट्न आग्रह गर्दै उनले कर्णाली प्रदेशमा मङ्सिर, पुस र माघ महिनामा अत्यधिक जाडो हुने भएकाले फागुनमा प्रतियोगिता आयोजना गर्ने योजना बनाइएको स्पष्ट पारे ।

मन्त्री चौधरीले चिसो मौसममा बसोबासको समस्या हुने भएकाले फागुनमा चिसो कम हुने भएकोले उक्त समयमा प्रतियोगिता आयोजना गर्ने बताएका छन् । ‘अहिलेकै अवस्थामा प्रतियोगिता गर्ने अवस्था छैन,’ उनले थपे । उनले प्रतियोगिताको मिति तोकिएपछि कर्णालीमा छुट्टै तरङ्ग पैदा भएको र मन्त्री चौधरीको व्यापक रूपमा आलोचना समेत भएको छ । कर्णालीका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताबारे आफ्नो कुनै पनि तर्क नभएको बताउँछन् ।

‘हाम्रो भन्दा पनि केन्द्रले के गर्छ भन्ने कुरा हो, किनकि आयोजक केन्द्र सरकार हो । केन्द्रले फागुनमा भन्छ फागुनमै हुन्छ, मङ्सिर मा भन्छ मंसिरमै हुन्छ,’ उनी भन्छन् । मन्त्री भण्डारीले प्रदेश सरकारले मितिका बारेमा केही भन्न नसक्ने बताए । २०७९ कात्तिक २ गते पोखरामा बसेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बोर्ड बैठकले दशौं संस्करणको राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीमा आयोजना हुने निर्णय गरेको थियो । यो समाचार आजको सिद्धदर्शन दैनिकमा प्रकाशित छ ।

Author

  • आयो रैबार संवाददाता

    View all posts

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित समाचार

दशकौंदेखिको बहुप्रतीक्षित सपना साकार हुँदै

६ असार २०८२, शुक्रबार ११:२३

दैलेखमा ग्याँस भेटिए पछि प्रधानमन्त्रीद्दारा खुसी ब्यक्त

६ असार २०८२, शुक्रबार ११:०४

नदी नै जीवन, नदी नै पीडा

६ असार २०८२, शुक्रबार ०८:३२
aayo raibar

निशान्त मिडिया प्रा. लि.

सुचना विभाग दर्ता नं.२२११/०७७/०७८
वीरेन्द्रनगर-३, सुर्खेत

अध्यक्ष/ प्रधान सम्पादक जीवन शाही
सम्पादक: शकुन्तला शाही
कार्यकारी निर्देशकः मञ्जु शाही

लेख, रचना तथा समाचारका लागि:
इमेलः newsaayoraibar@gmail.com

विज्ञापनका लागि

हामीसँग विज्ञापन गर्न इच्छुक हुनुहुन्छ भने यसका लागि हामीसँग विभिन्न प्याकेजहरु छन् । हामीलाई निम्न नम्बर र इमेलमा सम्पर्क गरेर यसबारे थप जानकारी लिन सक्नुहुन्छ ।

इमेलः advertising@aayoraibar.com,
मोबाइल नम्बरः ९८५८०३७७९७

हामीसँग काम गर्नुहाेस्

आयो रैबारले सुरुवातदेखि नै लेख्न चाहने र समाचारप्रति भोक भएकाहरुलाई विशेष प्राथमिकता दिँदै आएको छ । तपाईंलाई पनि टिममा रहेर काम गर्न मन छ भने हामीलाई इमेल गर्न सक्नुहुनेछ। इमेलमा तपाईं किन समाचारमा काम गर्न चाहनुहुन्छ भन्ने पनि खुलाउन नर्बिसिनुहोला ।

ईमेलः aayoraibar@gmail.com

© 2022 Nishant Media Pvt. Ltd. | Developed by Webpal

हाम्रो बारेमा / हाम्रो टीम / प्रयोग नीति / गोपनियताको नीति