• होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • काेसी
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Facebook Twitter Instagram
Aayo Raibar
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • काेसी
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Aayo Raibar
Home » अब कर्णालीका अस्पतालमा भेटिने छैनन् हरि डाक्टर सा’ब
समाज

अब कर्णालीका अस्पतालमा भेटिने छैनन् हरि डाक्टर सा’ब

आयो रैबार संवाददाताBy आयो रैबार संवाददाता१७ आश्विन २०७७, शनिबार १६:२०
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email
sharethis sharing button

काठमाडौं।बाँकेको भेरी अस्पतालमा अरू दिनजस्तै बिहीबार पनि चिकित्सकहरू कोरोना संक्रमितको सेवामा खटिइरहेका थिए । अस्पतालमा भर्ना भएका कोरोनाका बिरामीहरूको हेरचाहमा उनीहरू व्यस्त थिए । तर त्यही दिन मध्याह्न अस्पताल परिसरमा एकाएक सन् नाटा छायो । यो अस्पताल केही महिनादेखि कोरोनाका बिरामीले भरिने गरेको छ ।

कोरोना भएर आएका धेरै बिरामी निको भएर हात हल्लाउँदै घरतिर लाग्छन् त केही बिरामी कोरोनाविरुद्धको लडाईं हारेर सेतो कपडामा बेरिएर जंगलतिर लगिन्छन् । यसैगरी कोरोनासँगको लडाईं हार्ने एकजना बिरामी थिए : वरिष्ठ अर्थोपेडिक्स डा. हरि सापकोटा । १५ दिनदेखि कोरोनाविरुद्ध संघर्ष गरिरहेका सापकोटाको स्वास्थ्य बिहीबार बिहानैदेखि गम्भीर बन्दै गएको थियो । उनको स्वास्थ्य बिग्रिएपछि उपचारमा संलग् न चिकित्सकहरूको पनि चिन्ता बढेको थियो ।

अब भेटिने छैनन् प्यारा डाक्टर बिहीबार बिहानदेखि गम्भीर बिरामी परेका उनले सवा ३ बजे कोरोनाविरुद्धको लडाईं हारेर यो संसारबाट बिदा भए । यो लडाईं हारेसँगै अब उनलाई कर्णालीका जनताले देख् न पाउने छैनन्, उनको सेवा लिन पाउने छैनन् । फेरि बिरामीहरूको सेवामा फर्किने आशमा उनी अस्पतालको शैयामा थिए । तर उनले लडाईं हारे, अब उनी कर्णालीका अस्पतालमा फेरि भेटिइने छैनन् । पुराना कहलिएका डाक्टर सा’बलाई बचाउन अन्य डाक्टर सघन कक्षमा अहिलेसम्मका सबै उपाय लगाए । प्लाज्मा थेरापी विधि अपनाइयो ।

रेमडेसिभर औषधि पनि दिइयो । तर यी दुवै विधिले उनका लागि फेरि बिरामीको नाडी समात् ने सपनामा साथ दिएनन् । अन्तिम अवस्थासम्म बचाउने अस्पताल प्रशासन र चिकित्सकहरूको प्रयास सफल भएन, उनी सदाका लागि बिदा भए । प्रादेशिक अस्पताल सुर्खेतमा बिरामी चेकजाँचकै क्रममा उनलाई कोरोना संक्रमित भएको थियो । काठमाडौं जान मानेनन् उनलाई काठमाडौंका चिकित्सकहरू भन्दा सुर्खेत र बाँकेका साथीहरूमा बढी भरोसा र विश् वास थियो । त्यही भएर अवस्था गम्भीर भइसक्दा पनि उपचारका लागि काठमाडौं जान मानेनन् ।

‘काठमाडौंमा उपचार गर्न जानुपर्छ भन्दा पनि मान् नु भएन’, भेरी अस्पतालका एक चिकित्सक भन्छन्, ‘अरु संक्रमितलाई उपचार गरेजस्तै यहीँको उपचारले ठीक हुन्छ भन नुहुन्थ्यो ।’ नेपाल सरकारको ११ औँ तहका हाड जोर्नीका प्रसिद्ध डाक्टर थिए सापकोटा । सुदूरपश् चिम र कर्णाली प्रदेशका बिरामीका लागि सापकोटा भगवानसरह थिए । नेपालगञ्जमा त उनलाई नचिन् नेहरू कमै थिए ।

पुख्र्याैली थातथलो भारतको आसामबाट आएको थियो उनको परिवार । बाँकेको खजुरामा २०२४ सालमा आएर बसेका थिए । उनले चिकित्सकीय उपाधि लिने क्रममा नेपालका विश्वविद्यालयदेखि रसियासम्म पुगेर पढेका थिए । बाँकेको महेन्द्र बहुमुखी क्याम्पसबाट आइएसी गरेका उनले वीरगञ्जबाट हेल्थ असिस्टेन्ट कोर्ष गरेका थिए । त्रिवि शिक्षण अस्पतालबाट अर्थोपेडिकको कोर्ष पूरा गरेका सापकोटाले रसियाबाट एमबिबिएस पढेर आएका थिए ।

सेवा गर्न सधैँ तत्पर पहिलोपटक दैलेख जिल्ला अस्पतालमा पुगेका थिए उनी । जिल्ला स्वास्थ्य प्रमुख भएर सरकारी सेवा सुरु गरेका थिए । उनले आफ्नो जीवनको धेरै समय पहाडी ग्रामीण क्षेत्रमा बिताए । दुर्गम मा सुविधा सम्पन् न अस्पताल खोल्ने सपना बोकेका थिए उनले । राजधानी बाहिरका बिरामीलाई पनि राम्रो उपचार दिनुपर्ने सोच साँचेका थिए । त्यसपछि उनले बाँकेको भेरी अस्पतालमा पाँच वर्ष काम गरे । जुन बेला नेपालमा गृहयुद्ध चलिरहेको थियो ।

२०५८ सालदेखि ०६१ सम्म उनले त्यहाँ सेवा गरे । मुलुकमा शान्तिको बिगुल बज् न थालेपछि उनी सुर्खेतको क्षेत्रीय अस्पतालमा सरुवा भए । हाड जोर्नी विशेषज्ञ उनले तराई देखि पहाडी क्षेत्रमासमेत जनताको धेरै सेवा गरे । कर्णालीको दुर्गम क्षेत्रमा राज्यको नजरमा अपहेलित थियो । स्वास्थ्य सेवा र शिक्षाको अभाव रहेको त्यो ठाउँमा अरु जान मान्दैन थिए तर उनी सधैँ अगाडि सर्थे सापकोटाकी श्रीमती बिएसी नर्सिङ थिइन् ।

उनको ८ वर्ष अगाडि सडक दुर्घटनामा मृत्यु भएको थियो । एक छोरा चिकित्सक र छोरी अष्ट्रेलियामा एमएससी गरिरहेकी छिन् । दुर्गममा अस्पताल खोल्ने सपना सापकोटाको निधनबाट परिवारले मात्रै नभइ राष्ट्रले पनि स्वास्थ्य क्षेत्रको एक असल योद्धा गुमाएको एकजना आफन्त बताउँछन् । कर्णालीको दुर्गम क्षेत्रमा अस्पताल खोल्ने धोको थियो उनको । त्यो सपना अधुरै छाडेर उनी बिदा भएका छन् । परिवारका सबै सदस्य मिलेर उनको सपना पूरा गर्ने संकल्प गरेका छन् । निष्ठावान् चिकित्सक दैलेख जिल्ला अस्पताल प्रमुख भएदेखि नजिकबाट डा. सापकोटालाई चिनेको भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रकाश थापा बताउँछन् ।

सरल, मृदुभाषी सापकोटाले समाज र राष्ट्रप्रति सदा निष्ठावान् भएर काम गरेको उनले बताए । ‘अस्पतालमा आउने सबै बिरामीले उहाँलाई रुचाउँथे,’ थापाले भने,’ बिरामीको सेवालाई पहिलो प्राथमिकतामा राख्नुहुन्थ्यो ।’ सापकोटाको मृत्युले प्रदेश ५,६ र ७ लाई मात्र नभई समग्र राष्ट्रलाई क्षति पुगेको उनले सुनाए । मुलुककै गनिने अर्थोपेडिक्स डाक्टर थिए उनी । कर्णाली प्रदेशको पहिलो अर्थोपेडिक्स डाक्टरका रुपमा उनको अर्को परिचय थियो ।

‘सहरका सुविधासम्पन् न अस्पतालभन्दा विकट जिल्लामा गएर बिरामीको सेवा गर्न रुचाउनु हुन्थ्यो,’ थापाले सुनाए,’ गरीब र अशक्त मानिसको उपचार गर्न सक्दा पो असल चिकित्सक भइन्छ भन् नुहुन्थ्यो ।’ डा. सापकोटाको उपचारका लागि स्वास्थ्य मन्त्रालयलाई पनि खबर गरिएको थियो । उनले नै काठमाडौं जान नमानेकोले भेरी अस्पतालमा उपचार गरिएको उनले बताए । काठमाडौंमा लगे पनि भेन्टिलेटरमा गरिने उपचार सुविधा बाँके र सुर्खेतमै पाइने भन्दै उनले त्यहाँ नजाने अडान लिएका थिए । थापाका अनुसार स्वास्थ्य बिग्रिँदै गएपछि भारतको दिल्लीमा उपचार गर्नेबारे पनि छलफल भएको थियो ।

डा. सापकोटाको नाममा संक्रामक अस्पताल बनाउन सरकारसँग पहल गरिने थापाले बताएका छन् । उनको योगदानलाई सम्मान गर्न र सम्झिरहन सरकारसँग यो माग राखिने उनले जानकारी दिए । ‘शहीद घोषणा गरौँ’ तीन दशकदेखि कर्णाली प्रदेशमा अनवरत स्वास्थ्य सेवा दिएका विशेषज्ञ चिकित्सक सापकोटाले कोभिडविरुद्धको लडाईँमा ज्यान गुमाए ।

सापकोटाको निधनले राष्ट्रलाई ठूलो क्षति भएको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. रविन खडका बताउँछन् । डा. सापकोटालाई ’स्वास्थ्य शहीद’ घोषणा गरिनुपर्ने कुरा उनले उठाएका छन् । कोभिडविरुद्ध लडाईंको अग्रमोर्चामा खटिने चिकित्सक, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई उच्च मनोबलका साथ अगाडी बढिरहन पनि उनले समयमा प्रोत्साहन भत्ता दिनुपर्ने बताएका छन् ।

कर्तव्यनिष्ठ चिकित्सक गुमायौँ : 
स्वास्थ्य मन्त्रालय स्वास्थ्य मन्त्रालयले सापकोटालाई एक कर्तव्यनिष्ठ चिकित्सकका रुपमा सम्झिएको छ । स्वास्थ्य मन्त्रालयको प्रवक्ता डा. जागेश्वर गौतमले स्वास्थ्य क्षेत्रमा रहेर तीन दशक इमानदारीका देश र जनताको सेवामा सापकोटाले गरेको बताए । ‘कोभिड–१९ को रोकथाम तथा नियन्त्रणमा सक्रिय रही कार्यरत रहेको अवस्थामा उहाँलाई हामीले गुमाएका छौं’, उनले भनेका छन्, ‘एकजना कर्तव्यनिष्ठ चिकित्सक गुमाउनु पर्दाको पीडा वर्णन गर्न सकिँदैन ।’ (थाहाखबरबाट)

Author

  • Avatar photo
    आयो रैबार संवाददाता

    View all posts

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित समाचार

अस्पताल पुर्‍याए बाँच्छन् सर्पदंशका बिरामी

१५ जेष्ठ २०८०, सोमबार ०४:१२

इजाजतबिना सवारी साधन चलाउनेमाथि यातायात व्यवस्था कार्यालयको निगरानी

१५ जेष्ठ २०८०, सोमबार ०४:०४

गणतन्त्र दिवसका अवसरमा ५०१ जनाको कैद सजाय माफी

१५ जेष्ठ २०८०, सोमबार ०३:४१

Leave A Reply Cancel Reply

aayo raibar

निशान्त मिडिया प्रा. लि.

सुचना विभाग दर्ता नं.२२११/०७७/०७८
वीरेन्द्रनगर-३, सुर्खेत
अध्यक्ष/ प्रधान सम्पादक जीवन शाही
सम्पादक: शकुन्तला शाही
कार्यकारी निर्देशकः मञ्जु शाही

लेख, रचना तथा समाचारका लागि:
इमेलः newsaayoraibar@gmail.com

विज्ञापनका लागि

हामीसँग विज्ञापन गर्न इच्छुक हुनुहुन्छ भने यसका लागि हामीसँग विभिन्न प्याकेजहरु छन् । हामीलाई निम्न नम्बर र इमेलमा सम्पर्क गरेर यसबारे थप जानकारी लिन सक्नुहुन्छ ।

इमेलः advertising@aayoraibar.com,
मोबाइल नम्बरः ९८५८०३९९९७

हामीसँग काम गर्नुहाेस्

आयो रैबारले सुरुवातदेखि नै लेख्न चाहने र समाचारप्रति भोक भएकाहरुलाई विशेष प्राथमिकता दिँदै आएको छ । तपाईंलाई पनि टिममा रहेर काम गर्न मन छ भने हामीलाई इमेल गर्न सक्नुहुनेछ। इमेलमा तपाईं किन समाचारमा काम गर्न चाहनुहुन्छ भन्ने पनि खुलाउन नर्बिसिनुहोला ।

ईमेलः aayoraibar@gmail.com

© 2022 Nishant Media Pvt. Ltd. | Developed by Webpal

हाम्रो बारेमा / हाम्रो टीम / प्रयोग नीति / गोपनियताको नीति