• होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • काेसी
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Facebook X (Twitter) Instagram
Aayo Raibar
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • काेसी
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Aayo Raibar
Home » अनुसन्धानमा प्रभावकारी बन्दै सीसीटीभी क्यामेरा
फिचर

अनुसन्धानमा प्रभावकारी बन्दै सीसीटीभी क्यामेरा

आयो रैबार संवाददाताBy आयो रैबार संवाददाता२३ मंसिर २०७७, मंगलवार १४:२६
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
फाइल फाेटाे ।
Share
Facebook Twitter LinkedIn Pinterest Email

सुर्खेत ।तीन साताअघि  जिल्ला प्रहरी कार्यालय सुर्खेतको गेट नजिकै मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको ज्यान गयो । दुर्घटनालगत्तै मोटरसाइकल चालक फरार भए । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते बालकको अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो । तीव्र गतिमा आएको मोटरसाइकलले ठक्कर दिएर भागेपछि  ठक्कर दिने व्यक्ति  तत्कालै पत्ता लगाउन गाह्रो भयो ।

दोषीलाई कारवाही नभएको भन्दै मृतक बालकका आफन्तहरुले सडक अवरुद्ध गरे । सडकमा टायर बाल्नुको साथै नारा र जुलुस गर्न थाले । बालकलाई ठक्कर दिएर भागेकाहरूको मोटरसाइकल भने सीसीटीभी क्यामेरामा कैद रहेछ । दुर्घटना भएको दुई दिनपछि उनीहरूलाई प्रहरीले सीसीटिभी फुटेजको आधारमा चालकको हुलिया पत्ता लगाइ नियन्त्रणमा लियो । दोषीलाई कारवाहीको प्रक्रिया अगाडि बढाएपछि मृतक बालकका आफन्तले गरेको आन्दोलन स्थगित गरे । 

प्रहरीले अनुन्धानका क्रममा यामाहा कम्पनीका एफजेट मोडलका १५ वटा मोटरसाइकल नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको थियो । अनुसन्धानको क्रममा लु ६२ प ७००३ नम्बरको मोटरसाइकलको ठक्करबाट बालकको ज्यान गएकोे पुष्टि भयो ।

आँखा अस्पताल चोक र वीरेन्द्रनगर–१२ नेवारे पृतना नजिक नीजी घरमा जोडिएको सिसी क्यामेराको फुटेजको सहायताले चालकको हुलिया पत्ता लागेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दियो  ।

सवारी दुर्घटनासँगै होइन चोरी र लुटपाट  तथा आपराधिक घटना अनुसन्धान र  नियन्त्रण गर्न सीसी क्यामेरा प्रभावकारी बनेको छ । तीन साताअघि वीरेन्द्रनगर–२ बाङ्गेसिमलका जगतप्रसाद कँडेलको घर तोडफोड गर्ने एक व्यक्ति सीसीटीभी क्यामेराले रेकर्ड गरेको थियो । कार्तिक ३० गते साँझ कँडेलको घरबाट चोरी गर्ने ति व्यक्तिले एभरेष्ट बैंकको एटिएमबाट नगद ४० हजारसमेत निकालेको रेकर्ड सीसीटिभी क्यामेराले रेकर्ड गरेको हो ।

घरधनी कँडेलले बिहीबार प्रहरीमा सीसीटीभी क्यामेराको भिडियोसहित उजूरी दर्ता गराएका थिए । घरमा रहेको दराज फोडेर नगद, गहना र एटीएम कार्ड चोरी भएको भन्दै कँडेलले मुद्धा दर्ता गराएका थिए ।

उक्त घटनाको अनुसन्धानअघि बढाइसकिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए ।  ‘सीसी क्यामेराले अनुसन्धानमा सहज भएको छ,’ डीएसपी घर्ती भन्छन्, ‘जसले गर्दा अपराधी पक्राउ गर्न सफल भएका छौँ ।’ डीएसपी घर्तीले कतिपय ठाउँमा सीसीटीभी क्यामेराको डाइरेक्सन नमिलेको कारणले गर्दा असहज भएको बताए । ‘ठाउँको अप्रयाप्त भएकोले पनि क्यामेराको डाइरेक्सन नमिलेको हुन सक्छ, यसलाई मिलाउन जरुरी छ ।’ कर्णाली प्रदेशको राजधानी सुर्खेतको विरेन्द्रनगरमा बढ्दो जनघनत्वसँगै चोरीका घटनाहरू पनि बढेका छन् । 

आर्थिक वर्ष २०७६/०७७ मा वीरेन्द्रनगर नगरपालिकाले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको समन्वयमा वीरेन्द्रनगरका १३ वटा वडामा ५६ किलोमिटर अप्टिकल फाइवर र ८९ वटा सीसी क्यामेरा जडान गरेको छ । प्रदेश सरकारको शान्ति सुरक्षार्थ डिजिटल प्रविधि जडान कार्यक्रम अन्तर्गत नगरपालिकालाई मन्त्रालयको करिब ८० लाख  र वीरेन्द्रनगर नगरपालिकाको ४० लाख बजेटमा सीसी क्यामेरा जडान गरिएको छ । जडान गरिएका सीसी क्यामेराको कन्ट्रोल कक्ष जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । क्यामेरामा कैद भएका घटनाको निगरानी प्रहरीले राख्दछ ।

नगरपालिकाका प्रशासकीय अधिकृत दिपेन सुवेदीले आपराधिक घटना नियन्त्रणका साथै भविष्यमा नगरपालिकाबाट प्रदान गरिने सेवा–सुविधाहरू इन्टरनेटको सहायतामा लिन सकिने गरी अप्टिकल फाइबरसमेत जडान गरिएको बताए ।

त्यसैगरी नगरपालिकाका चौक तथा टोलहरुमा शंकास्पद गतिविधि गर्ने, बजारमा क्षेत्रमा मनलाग्दी गर्नेलाई कारवाही गर्न सीसी क्यामरा जडानले सहयोग पुग्ने सुवेदीले बताए । 

‘गत आर्थिक वर्षमा नगरपालिकाको बजार क्षेत्रमा सीसी क्यामरा जडान गर्न ४० लाख र प्रदेश सरकारले ६९ लाख बजेट विनियोजन गरेको थियो’  सुवेदीले भने ‘प्रदेश र नगरपालिकाको संयुक्त लागतमा एक करोड नौ लाख लागतमा अप्टीकल फाइबरसहित सीसी क्यामरा जडान गरिएको हो ।’

नगरका १३ वटै वडामा फाइबर तारसहित सीसी क्यामरा जडानमा उक्त बजेट खर्च भएको सुवेदीले बताए । ‘नगरपालिका र वडा कार्यालयहरुको काम प्रभावित नहोस् भन्ने हेतुले आन्तरिक नेटवर्क इन्ट्रानेटसफ्टवेर विस्तार गरिएको हो’ उनी भन्छन्, ‘यसले सीसी क्यामरा र इन्टरनेट नभएको बेला इन्ट्रानेटबाट १३ वटै वडाको काम सहजै गर्न सकिन्छ ।’

बजारमा कुनै घटना भएमा तत्कालै रेस्पोन्स गर्नेगरी प्रहरीको आफ्नै सञ्चार कक्ष र सीसी क्यामराको निगारानी टोलीले समन्वय गर्दै आएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख एसपी राजेन्द्रप्रसाद भट्टले जानकारी दिए । सीसी क्यामराले उपत्यकामा हुने अपराधिक घटना र सडक दुर्घटना रोक्नमा ठूलो टेवा पुग्ने एसपी भट्टले बताए ।इकागज

Author

  • Avatar photo
    आयो रैबार संवाददाता

    View all posts

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित समाचार

महिला हिंसाको स्वरुप फेरिँदै, मुख्य कारण आर्थिक

२३ मंसिर २०८०, शनिबार ०८:३८

कखरा सिकेर सपना साकार गर्ने बाटोमा पाका महिला

२३ मंसिर २०८०, शनिबार ०८:२९

मर्यादित महिनावारी कहिले ?

२३ मंसिर २०८०, शनिबार ०८:०७

Leave A Reply Cancel Reply

aayo raibar

निशान्त मिडिया प्रा. लि.

सुचना विभाग दर्ता नं.२२११/०७७/०७८
वीरेन्द्रनगर-३, सुर्खेत

अध्यक्ष/ प्रधान सम्पादक जीवन शाही
सम्पादक: शकुन्तला शाही
कार्यकारी निर्देशकः मञ्जु शाही

लेख, रचना तथा समाचारका लागि:
इमेलः newsaayoraibar@gmail.com

विज्ञापनका लागि

हामीसँग विज्ञापन गर्न इच्छुक हुनुहुन्छ भने यसका लागि हामीसँग विभिन्न प्याकेजहरु छन् । हामीलाई निम्न नम्बर र इमेलमा सम्पर्क गरेर यसबारे थप जानकारी लिन सक्नुहुन्छ ।

इमेलः advertising@aayoraibar.com,
मोबाइल नम्बरः ९८५८०३७७९७

हामीसँग काम गर्नुहाेस्

आयो रैबारले सुरुवातदेखि नै लेख्न चाहने र समाचारप्रति भोक भएकाहरुलाई विशेष प्राथमिकता दिँदै आएको छ । तपाईंलाई पनि टिममा रहेर काम गर्न मन छ भने हामीलाई इमेल गर्न सक्नुहुनेछ। इमेलमा तपाईं किन समाचारमा काम गर्न चाहनुहुन्छ भन्ने पनि खुलाउन नर्बिसिनुहोला ।

ईमेलः aayoraibar@gmail.com

© 2022 Nishant Media Pvt. Ltd. | Developed by Webpal

हाम्रो बारेमा / हाम्रो टीम / प्रयोग नीति / गोपनियताको नीति