एजेन्सी । रोनाल्डिन्होले ब्राजिली स्टार नेयमारलाई राष्ट्रिय टिमको आफ्नो उत्तराधिकारी बताएका छन् ।
सन् २००५ मा वालेन डी ओर जितेका रोनाल्डिन्हो ब्राजिली टिमका स्टार थिए । उनकै सहयोगमा ब्राजिलले सन् २००२ को विश्वकप र सन् १९९९ को कोपा अमेरिका उचालेको थियो ।
ब्राजिलले सन् २०१९ मा कोपा अमेरिका उचालेका थियो । तर नेयमार चोटका कारण ब्राजिली टिममा थिएनन् ।
फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)का स्टार नेयमार आईतबार बिहान कोपा अमेरिकाको फाईनलमा अर्जेन्टिनासंग १–० ले पराजित भए ।
रोनाल्डिन्होले २९ वर्षिया फरवार्डले ब्राजिली टिममा आफ्नो स्थान लिने बताउँछन् । उनले फ्रान्स फुटबलसंग भने, ‘हो । बिना विवाद, उनी मेरा उत्तराधिकारी हुन् ।’
‘उनी हाम्रा मुख्य खेलाडी हुन् । उनी ब्राजिलियनका स्टार हुन् ।’ उनले भने ।
‘उनले आफ्नो हिम्मत, बल छलाउने कला गुमाएका छैनन् । उनलाई मैदानमा देख्न हामीलाई खुसी हुन्छ ।’ रोनाल्डिन्होले भने ।
रोनाल्डिन्होले फरक प्रशंगमा केलियन एम्बाप्पेलाई केही सुझाव दिएका छन् । एम्बाप्पेले फ्रान्सको राष्ट्रिय टिम र पीएसजीमा पारेको प्रभावबाट प्रभावित छन् ।
उनले विश्व विजेता एम्बाप्पेलाई विश्वको सर्वोत्कृष्ट अवार्ड वालेन डी ओर जित्नका लागि आफ्नो बाटो पछ्याउन आग्रह गर्छन् ।
‘उनी मलाई रोनाल्डोको केही याद दिलाउँछन् । म यस बच्चालाई प्रेम गर्छु । उनी एक महान खेलाडी हुन् । धेरै प्रतिभाशाली छन् ।’ उनले थपे ।
‘उनीसंग वालेन डी ओर जित्ने सबै क्षमता छ । म नेयमार उनीसंग खेलेको हेर्न मन पराउँछु ।’ रोनाल्डिन्होले भने ।
‘शीर्ष खेलाडीको सन्दर्भमा पेरिसले धेरै राम्रो गरेको छ ।’ उनले थपे ।