काठमाडाैं । अस्ट्रेलिया विरुद्धको टी-२० क्रिकेट सिरिज भारतले एक खेल अगावै जितेको छ । आज घरेलु टोली अस्ट्रेलियालाई ६ विकेटले हराउँदै भारतले सिरिज एक खेल अगावै सिरिज जितेको हो ।
अस्ट्रेलियाले दिएको १ सय ९५ रनको लक्ष्य भारतले १९.४ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो । उसका लागि हार्दिक पाण्ड्याले २२ बलमा तीन चौका र दुई छक्कासहित अविजित ४२ रन बनाए ।
त्यस्तै, शिखर धवनले ५२, कप्तान विराट कोहलीले ४०, केएल राहुलले ३०, सञ्जु सामसनले १२ रनको योगदान दिए ।
बलिङमा एडम जम्पा, डानियल साम्स, एन्ड्रु टाय र मिचेल स्वीपसनले एक/एक विकेट लिए ।
त्यसअघि सिड्नीमा टस हारेर ब्याटिङको मौका पाएको अस्ट्रेलियाले २० ओभरमा ५ विकेट गुमाएर १ सय ९४ रन बनायो ।
उसका लागि कप्तान म्याथ्यू वेडले ५८, स्टिभ स्मिथले ४६, मोइसेस हेनरिक्सले २५, ग्लेन म्याक्सवेलले २२, मार्कस स्टोनिसले नटआउट १६ रन बनाए ।
बलिङमा टी नटराजनले दुई, शार्दुल ठाकुर, युजवेन्द्र चहलले एक/एक विकेट लिए । भारत र अस्ट्रेलियाबीचको अन्तिम टी-२० मंगलबार हुनेछ ।