काठमाडाैं।नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा अस्ट्रेलियाका देव वाटमोरलाई नियुक्त गरेको छ ।
एक दर्जन प्रशिक्षकको सूचीबाट क्यानले वाटमोरलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो । नेपाली टिमको प्रशिक्षक बन्नका लागि वाटमोरसहित पूर्वप्रशिक्षक पुबुदु दसानायके, भारतका अपूर्व देसाइलगायतले अन्तर्वार्ता दिएका थिए ।
नवनियुक्त वाटमोरले माघदेखि नेपाली टिमको प्रशिक्षकको जिम्मेवारी सम्हाल्ने क्यानले जनाएको छ । ६६ वर्षीय वाटमोर प्रशिक्षणमा सन् १९९६ मा श्रीलंकाले वानडे विश्वकप जितेको थियो । उनी यअसघि पाकिस्तान, जिम्बाब्वे, भारतीय यू-१९ टिमको प्रशिक्षकसमेत भइसकेका थिए ।