एजेन्सी । जर्मन क्लब बायर्न म्युनिखका फर्वाड रोबर्ट लेवान्डोस्कीले ‘द बेस्ट फिफा मेन्स प्लेयर’को उपाधि जितेका छन्। पोल्याण्डका ३२ वर्षे खेलाडी लेवान्डोस्कीले मेस्सी र रोनाल्डोलाई पछि पार्दै पुरस्कार पाएका हुन्।
अघिल्लो सिजन उनले बायर्नका लागि ४७ खेलमा ५५ गरेका थिए। बायर्नले गएको सिजन ट्रिबल पुरा गर्दा उनी टिमका महत्वपूर्ण सदस्य थिए। त्यस्तै गएको सिजन च्याम्पियन्स लिग, जर्मन लिग र कपमा उनी टप स्कोरर रहे।
त्यस्तै महिलातर्फ म्यानचेस्टर सिटीकी लुसी ब्रोन्जले ‘द बेस्ट फिफा वुमन प्लेयर’ को उपाधि जितिन्।
त्यस्तै लिभरपुलका योर्गेन क्लोपले बेस्ट कोचको अवार्ड फेरि पाउँदा बायर्न म्युनिखका गोलकिपर म्यानुअन निउरले बेस्ट गोलकिपरको अवार्ड जिते।
त्यस्तै टोटेनहमका कोरियन खेलाडी सन ह्युङमिनले उत्कृष्ट गोलका लागि दिइने पुस्कास अवार्ड हात पारे।