सुर्खेत । कालिकोटमा बिरामी बोकेको एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । जिल्लाको खाँडाचक्र नगरपालिका–११ चौखोलाबाट बिरामी बोकेर आएको एम्बुलेन्स खाँडाचक्र नगरपालिका–८ को सेरावाडामा एम्बुलेन्स बिहिबार राती दुर्घटना भएको हो ।
पृथ्वी रक्तदान वीर फाउन्डेसनद्वारा संचालित एम्बुलेन्स जिल्ला अस्पतालमा आउँदै गर्दा सेराबाडामा दुर्घटना परि चालक खगेन्द्र शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।
कर्णाली प्रदेश ०२००१ च ०१९२ नम्बरको एम्बुलेन्समा पुर्णरुपमा क्षति भएको र कर्णाली राजमार्गको सेरावाडामा साघुँरो मोडमा गाडीले सडकको लिक छोडर जानै लाग्दा चालकले ब्रेक लगाएर बिरामी र बिरामीका आफन्तलाई एम्बुलेन्सबाट निस्केर बाच्न सफल भएको स्थानीय वीरबहादुर मल्लले जानकारी दिए ।
एम्बुलेन्स सडकभन्दा करिब ३०० मिटर तल तिला नदीमा खसेको र घटनाका बारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।