बिबिसी । कम्युनिस्ट पार्टीले यो साता आफ्नो सातौँ पुनर्गठन दिवस मनाइरहेको छ ।
राज्यले उसका गतिविधिमाथि प्रतिबन्ध लगाएको पृष्ठभूमिमा सो पार्टीका क्रियाकलापमाथि निगरानी राख्नु स्वाभाविक नै भएको नेपाल प्रहरीका प्रवक्ता कुबेर कडायत बताउँछन् ।
विगतमा उक्त पार्टीले काठमाण्डू उपत्यकामै मान्छेको ज्यान जाने गरी बम विस्फोट गराएको दृष्टान्त पनि छ ।
गत वर्ष प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टीले ुआफ्ना हिंसात्मक गतिविधि नसच्याए सरकारले नियन्त्रण गर्नेु चेतावनी दिएका थिए ।
हिंसात्मक गतिविधि गर्नेलाई वामपन्थीकै सरकार भए पनि नछोडिने भन्दै प्रधानमन्त्रीले मान्छे मार्ने गतिविधि गर्नेलाई राजनीतिक दल भन्न नमिल्ने टिप्पणी गरेका थिए ।
चन्दको पार्टीबाट कस्तो खतरा छ ?
बेलाबखत ठाउँठाउँमा विस्फोट गराई भौतिक संरचनाहरूमा क्षति पुर्याउँदै आएको चन्द नेतृत्वको नेकपाबाट अझै सुरक्षा खतरा रहेकोमा नेपाल प्रहरीदेखि सुरक्षा मामिलाका जानकारसम्म सहमत देखिन्छन् ।
तर सो पार्टीबाट ठूलै सुरक्षा खतरा चाहिँ नरहेको नेपाल प्रहरीका प्रवक्ता कडायतले सोमवार बीसीसी न्यूज नेपालीसित भने ।
जनतालाई धम्की दिने यस्ता कुरा पनि सुरक्षासँगै जोडिन्छन् । त्यसैले ठूलै मात्रामा सुरक्षा चुनौती त छैन तर सामान्य हिसाबले भन्दा पनि सुरक्षामा त्यसको केही असर त पर्छ नै, उनले थपे ।
चन्दको नेकपाबाट सुरक्षा खतराको तहबारे प्रवक्ता कडायतको भनाइसँग नेपाली सेनाका पूर्वउपरथी विनोज बस्न्यात पनि सहमत देखिन्छन् ।
शान्ति सुव्यवस्थाका लागि चुनौती हो तर राष्ट्रिय सुरक्षामै खतराको रूपमा त्यसलाई म देख्दिनँ, उनले भने ।
पूर्वगृहसचिव सूर्य सिलवाल विद्यमान विधिसँग असहमति राख्ने कुनै पनि समूह वा पार्टी खतराको रूपमा रहने बताउँछन् ।
ूएकैजना मान्छेको पार्टीले केही समयसम्म अप्ठ्यारो पारेको अनुभव त हामीसँगै छ नि। त्यसो भएर सरकार अथवा उसका सुरक्षा अङ्गहरू सक्रिय हुनु वा सतर्क हुनु स्वाभाविक प्रक्रिया नै हो, उनी थप्छन् ।
ठूल्ठूला घटना ृहिंसात्मके नगराए पनि ससाना घटना गराएर राज्यलाई आफ्नो उपस्थिति जनाइरहने सम्भावनालाई नकार्न नसकिने पूर्वगृहसचिव सिलवालको ठम्याइ छ ।
हेमन्तप्रकाश ओली भन्छन्, ‘नख्खुमा विस्फोट हामीले नै गराएका हौँ’
दश वर्षसम्म सशस्त्र द्वन्द्वसँग जुझेको राज्यले अब कुनै पनि नाममा थप हिंसाका गतिविधि झेल्न नसक्ने सुरक्षा मामिलाका जानकारहरूको तर्क छ ।
पूर्वगृहसचिव सिलवाल र नेपाली सेनाका पूर्वउपरथी बस्न्यात दुवैजना चन्द नेतृत्वको नेकपासँग सम्बन्धित अहिलेको समस्यालाई सम्बोधन गर्न ढिलाइ गर्न नहुने सुझाउँछन् ।